Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

January 22, 2007

विवाहित पुरुष

Filed under: कविता

दुई पटरीको बिचमा फंसेको छ जवान

दुई पटरीको बिचमा फंसेको छ जवान,
सासु- बुहारीको गृह- युद्घमा शहिद भएको छ जवान,

जसले जन्मायो,
हुर्कायो, जवान बनायो,
सबैकुरा बुझ्न सक्ने
यस लायकको बनायो,
जसको काँखमा खेलेर
आफ्नो आधा जिवन बितायो,

के भयो आज यदि ममताको मोल आफ्नो माग्यो त !?

जिवन साथी बनायौ जसलाई,
जो सँग आधा जिवन बिताउनु छ,
आफ्नो खुशिहरु,
आफ्नो दु:खको क्षण,
आफ्नो सपनाहरु साकार गर्नु छ,
गरेका ति वाचाहरु,
जसलाई मिलेर पुरा गर्नु छ ।

के भयो उसले आज आफ्नो अधिकार माग्यो त !?

आमा….

श्रीमती त तेरो आज आएको ,
यो उम्र पुरै तैंले म सँग बिताएको ,
कुनै आपत पर्दा,
मेरै ममताको छाया तैले पाएको।

श्रीमति….

आमा त तिम्रो अस्ताउन लागेको घाम हुन्,
भोली छोडी जाने छिन्,
फेरी कुनै आपत विपत पर्दा,
भोली साथ दिने मै नै हुँ ।

आमा….

नगरे विश्‍वास यसलाई ,
यसले के साथ देलाँ,
छोडेर आएको आफ्नो बाबु- आमालाई,
तेरो कसरी साथ देलाँ ?

श्रीमति….

के सोच्दै हुनु हुन्छ ?
के अझै ममा विश्‍वास छैन ?
सँगै जिउँने- मर्ने वाचाहरु,
के यति चाँडै बिर्सनु भयो ?

बेचारा जवान चुपचाप,
कसलाई दिने सुख, कसलाई दु:ख ?
दिन- दिनैको यो झन्झट,
कसरी ठिक पार्ने यो टाउको दुखाई ?

गर्ने श्रीमती सँग सम्बन्ध- विच्छेद ?
कि गर्ने गृह- त्याग अनि
खरानी घसी बन्ने साँधु- सन्यासी ?
या फेरी आत्महत्या ??

हो यो सोह्रै आना सत्य हो
दुई पटरीको बिचमा फंसेको छ जवान,
सासु- बुहारीको गृह- युद्घमा शहिद भएको छ जवान।।

2 Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2007/01/22/p-340/trackback/

  1. you are right
    dherai ko ghar ma yestai hunchha / bhairako chha
    maile dheko chhu dherai ko ma yesto problem

    Comment by Keshab Ghimire — October 30, 2007 @ 12:59 pm

  2. kabeta sarai ramro raicha . ani blogs pane ramro kripaya mero blog ko pani nam rakhdenuhola.
    http://khaskhas.blogsome.com

    Comment by Rajesh Budhathoki — November 27, 2007 @ 11:58 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users