Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

April 18, 2008

निर्वाचनको यो परिणाम

ऐतिहासिक रुपमा पहिलो पटक नेपालमा संविधानसभाको निर्वाचन सम्पन्न भएको छ ।  निर्वाचनको परिणाम पनि  करीब करीब आइसकेको छ । केही स्थानमा निर्वाचन हुन बाँकी रहे पनि अधिंकाश ठाउँमा निर्वाचन भइसकेको छ । निर्वाचनको परिणामले माओवादीलाई ठुलो दलको रुपमा स्थापित गराएको छ । अहिलेको चुनावी परिणामले सवैलाई आश्चर्य तुल्याएको छ ।

दस वर्ष भन्दा बढी हतियारको लडाई लड्दै आएको माओवादी पहिलो पटक संविधानसभाको निर्वाचनमा सहभागी भएर बहुमत हासिल गरेको छ । निर्वाचनको यो परिणामले विश्व समुदाय समेत अचम्ममा परेको छ । यस्तो परिणाम आउँला भनेर स्वयं माओवादीले समेत कल्पना गरेको थिएन ।
तर जनलहर अप्रत्यासित रुपमा उर्लिएर माओवादी तर्फ गइदियो । यो परिणामबाट माओवादी समेत दंगदास देखिएको छ । माओवादी नेतृत्वले समेत आफनो पक्षमा यस किसिमको जनलहर आउला भने सोचेको मात्र हैन कल्पना समेत गरेको थिएन । तर वास्तविकता अर्कै भइदियो । निर्वाचनको परिणामले माओवादी मुलुककै सवैभन्दा ठुलो दलको रुपमा स्थापित हुन पुग्यो । पहिलो र दोस्रो दलको दर्जा पाएका काग्रेस र एमालेलाई यो परिणामले पछि धकेलेर छाड्यो । 

प्रत्यक्ष निर्वाचनमा उत्साहजनक परिणाम नआउने देखेर नै माओवादीले समानुपातिक निर्वाचन प्रणालीको मागलाई अघि सारेका थिए । यो यथार्थतालाई माओवादीले समेत बुझेको हुनुपर्छ । संविधानसभाको निर्वाचन अघि माओवादीका जिम्मेवार नेताले निर्वाचनको परिणाम राम्रो नआए महाविद्रोह र दस मिनेटमा सत्ता कब्जा गर्ने डर त्रास देखाएका थिए । यी यस्तै त्रासदीपुर्ण वातावरणले जनता निकै त्रसित भए । कतै फेरी माओवादीले विद्रोह गरेर पुन पहिलाकै अवस्थामा जाने त हैनन भन्ने एक खालको भय र आतंक सृजना भयो ।

जसको फलस्वरुप जनता सजक  र सचेत भए । अव पनि माओवादीलाई सत्ताको दाबेदार बनाइएन भने मुलुक फेरी द्धन्द्धको चपेटामा पर्ने देखेर माओवादीलाई अभिमत जाहेर गरे । माओवादीले अहिले यो परिणाम ल्याउनुको पछाडी जनमानसमा छाएको एक खालको भय र त्रासको वातावरण पनि कारक बनेको छ । यति मात्र हैन कतिपय गाउँ गाउँमा हामीलाई भोट नदिए दुरबीनले देखिन्छ भन्यो । कतिपय ठाउँमा त वाइसियल लगाएर अन्य दलका कार्याकर्तालाई गाउँ पस्न दिएन ।

माओवादीले चुनावी परिणाम आफनो पक्षमा पार्न यस्ता अनेकौ हत्कण्डा मच्चायो । धेरै ठाउँमा एमाले र कांग्रेस कार्याकर्ता वाइसियलबाट कुटिएका समाचारहरु छापाहरुमा आए । राजधानी देखि रौतहट सम्म बमबिस्फोट हत्या बलात्कार सम्मको घटनामा जिम्मेबार ठानिएका अपराधी बबन सिंहले रौतहटबाट चुनाव जिते । के कारण जनताले उसलाई मत दिए । उ कुनै राजनीतिक एजेन्डा भएको र राजनितिक व्यक्तित्व पनि हैन । यसको पछाडी जनमानसमा छाएको त्रासकै उपज हो । त्रासकै कारण जनताले उनलाई मत दिए । माओवादीले पनि धेरै ठाउँमा तर्साउने काम भने गरेका हुन । अहिले परिणाम माओवादीको पक्षमा आउनुमा पनि यस्तै घटनाहरुको नतिजाले बल पुर्‍याएको न भन्ने  राजनितिक विश्लेषकहरुको भनाई पाइन्छ ।

 यो भय र त्रासकै कारण माओवादीले बहुमत ल्यायो भनेर भन्न चाही नमिल्ला । धेरैलाई हेर्‍यौ पटक पटक, माओवादीलाई हेरौ यसपटक भन्ने माओवादीको यो नाराले पनि त्यतिकै प्रभाव जमायो । पटक पटक काग्रेस र एमालेलाई सत्तामा पुर्‍याएर हेरेका आम जनताले उनिहरुबाट उपलब्धी खास नपाएको गुनासो बारम्बार गरिरहन्थे । निश्चित रुपमा काग्रेस र एमाले १० वर्षको सशस्त्र द्धन्द्धमा  गाउँघरमा कहिल्यै जान सकेनन । उनिहरु केवल शहर केन्द्रीत रहे ।  जनताका लागि उनिहरुले गतिलो राजनिति गर्न सकेनन । चुनावी आएपछि मात्र जनताको घरदैलो छिर्नै नेताहरुको हर्कतलाई जनताले राम्रो संग बुझे । बुझेनन् मात्र राम्रो सबक पनि सिकाएर छाडे ।

उनिहरुलाई मत दिदा दिदै दिक्क भएका जनताको सहानुभुति यसपटक माओवादीलाई गयो । माओवादीले पनि हाम्रो निति र सिद्धान्तले चुनाव जितेको भनेर घमन्ड नकसे हुन्छ । जनताले त्यसलाई आधार मानेर माओवादीलाई मत दिएका निश्चित रुपमा हैन । काग्रेस र एमालेलाई पटक पटक  हेरिसकेका जनताले एकपटक माओवादीलाई हेर्न चाहेका छन् । यथार्थपुर्ण रुपमा विश्लेषण  गरेर हेर्दा के भन्न सकिन्छ भने जनताले माओवादीलाई परीक्षणको रुपमा लिएका छन् । जनताले लिने परीक्षामा माओवादी सफल हुने हुन या हैनन त्यो भने असली रुपमा अव हेर्न बाकी नै छ ।  अव झन माओवादीलाई जिम्मेबारी संगै चुनौती थोपरिएको छ ।  सवै पक्षको भावना बुझेर काम गर्न  माओवादीलाई उति सजिलो भने छैन । बाहिर बसेर देशलाई स्वीजरल्याण्ड बनाउछ भने पनि सत्तामा बसेर सवै कुरा गर्न गारो त्यतिकै छ । । माओवादीले जुन रुपमा जनमानसमा आश्वासन बाडेको छ त्यसलाई व्यवहारिक रुप दिन अब धेरै मुस्किल छ । यसका लागि माओवादीले एमाले र काग्रेसको सल्लाह र सहयोग भने लिनै पर्ने हुन्छ । 

माओवादी अहिलेको अवस्था सम्म आउनुमा नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योगदानलाई पनि हामीले मुल्याङकन गर्नुपर्छ । पछिल्लो क्रममा माओवादीलाई राजनैतिक मूलधारमा ल्याउनुमा कोइरालाको योगदानलाई जुनसुकै पार्टिले उच्च मूल्याङकन गर्नु पर्ने देखिन्छ । पार्टिको हारलाई कोइरालाले पनि आत्मसमिक्षा भने गर्नुपर्छ । मूल रुपमा आम नेपाली जनताले काग्रेस र एमालेलाई सरकारमा जान म्यानडेड अहिले दिएका छैनन । निर्वाचनको परिणामले पनि यही दर्शाएको छ । यो वास्तविकतालाई बुझेर काग्रेस र एमाले आत्मआलोचना गर्नुपर्छ । जनताको भावनाको कदर गर्नुपर्छ । अहिले परिणाम आफनो पक्षमा नआउनु राजनीतिक हारको रुपमा लिनु हुदैन । पार्टि भित्रका कमी कमजोरीहरुलाई केलाएर अघि बढ्दा फाइदा हुन्छ ।  एमाले र काग्रेस अहिले हतास मनस्थितिमा पुगी हाल्नु पर्ने अवस्था छैन । जनताले फेरी काग्रेस र एमालेलाई सुध्रने मौका दिएका हुन भन्ने कृरा बुझ्नुपर्छ ।

आकस्मिक रुपमा आएको परिणामलाई माओवादीले पनि सोही अनुरुप लिएर चल्न सकेनन भने जनताले निश्चितै रुपमा खबरदारी गर्नेछन् । माओवादीले यो जीतलाई जनताको विजय सम्झनुपर्छ । अहिले आएको निर्वाचन परिणाम आश्चर्यजनक छ त्यो सवैमा जगजाहेर छ । तर अहिले जीत हारको सवाल भन्दा पनि संविधान बनाउने महत्वपुर्ण कुरा हो ।  यसका लागि माओवादीले सवै दलहरु संग सहकार्य गरेर जानु बाहेक अर्को विकल्प छैन ।

श्रोत(copyright) : नेपालजापान.कम
लेखक: शिव शर्मा

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2008/04/18/p-364/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users