Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

October 14, 2008

म ऐना हेर्दिन

Filed under: कविता

भन्दा भन्दै
सुन्दा सुन्दै
हेर्दा हेर्दै,
मैले आफैंलाई किन बुढो सम्झें ?
मलाई याद छ
पहिलो पटक जब
जुंगा रेखि देखें ओंठ माथि
दोस्रो पटक जब
फुच्चेहरुले अंकल र दाई भन्न थाले
तेस्रो पटक जब
कसैको सुन्दरतामा फसें
चौथो पटक जब
बेहुला बनें, बिहे गर्न
पाँचौ पटक जब
नानीको पापा बनें
छैठौ पटक जब
पहिलो पटक, बाजे बनें

यी प्रत्येक पटक मैले आफुलाई
बुढो सम्झें, अनुभव गरें,
समय, !!
केवल मेरो भागको समय
मुट्डीको बालुवा झैं

सररररर !!! फुस्केर गई रहेछ
थाहा छ, समय बालुवा हैन
हिजो जस्तै लाग्छ
कसैले बोलाएको
ऐ फुच्चे ?, ऐ नानी ?, ऐ बाबु ?, ऐ केटा ?
आफैंलाई ऐनामा नियाल्छु
केही परिवर्तनहरु देख्छु,
कपाल, छालाको रंग र चमकमा
आफैलाई ढाँट्न पनि सकिन्न!

झनै अचेल त,
कान, बाजे अनि ऐ बा ? जस्ता शब्दहरुले
जिस्क्याई जिस्क्याई बोलाए जस्तो लाग्छ

यी नाता र साइनो मिठो शब्दहरु पनि
नियास्रो र झर्को लाग्छ
झ्याई किरीको झ्याइझ्याई जस्तै

हिजो भर्खरै मात्र पाएँ
छोरीको चिट्ठी अनि साथमा हलुका नरम तर खैरो, फुस्रो एक जोड जुत्ता पनि
प्यारो मेरो बाबा
……………………!
……………………!
अनि चिल्लो पिरो अमिलो कम खानु
छयांग रक्सी बियर छुदै नछुनु
धेरै दुःखनगर्नु
इत्यादि………….

बेला बखत
यस्तै कुराहरुले जिस्क्याउँछ, खिसी गर्छ
तँ त अब बुढो भइस भन्छ
र फेरी नियास्रो लाग्छ
र फेरी ऐना हेर्छु

सोध्छु, मत साँच्चिक्कई बुढै पो भएछु की क्या हो ?
आफैलाई संतुस्ट गर्न
पुरानो यौटा गीतको केही हरफ गुन्गुनाउँछु
जीवन गयो बैंशत गएन लैलै…………
उमेर गयो मन अझै तरुनो लै लै …………
यो जीवनलाई सलाम !
यो बैशलाई सलाम !

संजोग !!!
उता, बैठक कोठामा रेडियोले फुक्छ !
76 वर्षिय मिन बहादुर शेरचनले सगरमाथा चढ्यो
एक छिन म उ सँग तुलना गर्छु……….
अबदेखि म ऐना हेर्दिन!
From:Nepaljapan.com

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2008/10/14/p-339/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users