जीवन र जगतको उतम उपहार यो मानव जीवन हो । परिर्वतनशिल यो जीवन हरेकसंग छ । सबै जन्मन्छन्, हुर्कन्छन् र एक दिन मर्दछन् । मानव, रुखपात, हाति र कमिला सबैसंग यस्तै जीवन छ । सबैमा उस्तै र एकै यो प्राण रुपि स्वास रहेको छ । यस जगतका सृष्टिकर्ता परमप्रभुले कसैमाथी अन्याय गर्नु भएको छैन । हेर त न्यायगत समानतामा सबैलाई उहि र उस्तै अदृष्य प्राण रुपि स्वास सानो देखी ठुलो सम्म बराबर अशमा प्रदान गर्नु भएको छ । आजका हामी तमाम मानव पनि यहि समानता र अधिकारका कुरा गर्छ यसैको अप्राप्तीमा क्रान्ति, युद्ध, हत्या हिंसा सम्म गर्र्छौ । चाहे पुरुष हौ या नारी हुन् सबैमा भगवानले उस्तै र उतिकै उहि प्राण रुपि स्वास समान रुपमा प्रदान गर्नु भएको छ । साथै तमाम गरिव र धनी मानवहरुमा पनि परमप्रभु स्वास उतिकै मात्रामा विराजमा हुनु हुन्छ । यसैले धनि, गरिव, नारी, पुरुष, किरा, जनवार, पन्छि सबैलाई जिवन्त रुप दिने परम प्रभुलाई नकसैले देख्छ । नकसैले बाड्न सक्छ । तर सबै चराचर जगतले जिवन रहे सम्म समान रुपमा चाहेर र नचाहेर पनि ग्रहण गरिरहेकै हुन्छ । उहि यो समान अंशको स्वास रहे सम्म रहने हामी अरुकै अधिनका क्षणिक जीवन धारी मानव कदापी ठुलो सानो र उच्च निच हुनै सक्दैनौ । जव हामी स्वयमले आफ्नो अधिनमा यो जीवन उत्पती गर्न, चलाउन र अन्य गर्न सकौला तव मात्र उच्च र महान अनि सानो र ठुलो भन्न मिल्छ । यो हाम्रो जीवन अरु कसैले स्वयम हामीलाई नसोधीकन लिएर आएको छ र केहि दिन परिक्षामा राखेर नसोधीकन लिएर जान्छ भने यो दुई दिन अरुले प्रदान गरेको जीवनमा हामी मानव के को घमण्ड गरिरहेका छौ - न यो हाम्रो हो न अमर रहन्छ । न हामीले कमाएको धन भोली साथमा लान सकिन्छ । हामीसंगै जाने त हामीले गरेका धर्म र पापहरु हुन् । जुन कार्यका साक्षि स्वयम हाम्रो आफैसंग भएको पबित्र आत्मा हो ।
यसलाई चिन्नु नचिन्नु आ आफ्नो खोजीमा निर्भर पर्छ । यसै प्राण स्वरुप मानव जिवनमा भगवानले उमेरको क्रमिकतासंगै चैतन्य स्वरुप चेतना पनि प्रदान गर्दै रहनु हुन्छ । जुन अरु चराचर उत्पतिमा प्रदान गरिएको छैन । यसैले यस चराचर जगतको उतम प्राणि मानव हुन पुगेको हो । जुन कुरा प्राण रुपी मानवसंग आत्मा स्वरुप भएर बसेको छ । जुन आत्माले हाम्रो शरिर सुतेँ पनि, जागाँ बसे पनि हर राम्रा नराम्रा र घटित कार्य टिपीरहेको हुन्छ । हामी निदाएको बेलामा हाम्रै आँखाले नदेखे पनि र अरुको आँखा छले पनि हामी स्वयम भित्रको आफ्नो आत्मा कहिल्यै ढाँट्न र छल्न सक्दैनौ । जस्तो कि हामी निदाएको बेलामा पनि राम्रोसंग सुते नसुतेको र सपनामा देखेको कुरा समेत भोली पल्ट हामीलाई जागाँ अवश्थामा त्यहि मानव आत्माले बताई दिन्छ । ल हेर त हामी मानव सुते पनि एक अदृष्य शक्ति जिवीत जिव हामीसंग रहेछ । यसैले त उसले हामी सुते पनि सबै देखेको र जानेको छ । भोली पल्ट हरेक बिहान रात भरि सुतेको, नसुतेको र सपनाको कुराहरु बताई रहेछ । यस्तै हामी आफु चोखो देखीन अरुले नदेखेका कयौ कुराहरु होइन भनि भन्छौ तर आफ्नै आत्माले स्वयम हामीलाई भन्छ तैले फलानालाई ढाटिस् । (more…)