Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

October 2, 2006

कोरियामा दशैं तिहार -२

आश्विन /१६ गतें/विजया दशमी/टिका,

नेपालीहरुको महान चाड बडा दशैंको अवसर पारेर कोरिया स्थित विभिन्न संघ सस्थाहरु द्वारा आन्याङमा आयोजना गरिएको ” दशैं र तिहार उत्सव ” हिजो अक्टुबर १ तारिख गरिएको थियो । बिभिन्न कार्यक्रम सहित आयोजना भएको सो ऊत्सवमा नेपालीहरुको साथैं कोरियनहरुको पनि सहभागिता थियो । त्यहाँका केहि झलक म तल भिडियोमा राखेको छु, हेर्नुहोला ।


(more…)

September 27, 2006

‘यसपाली त आमा, जमारा अलि धेरै राख्‍नुहोस् ।’

आश्विन ११ गतें,

‘यसपाली त आमा, जमारा अलि धेरै राख्‍नुहोस् ।’ छिमेकको ठुली काकीलाई छोराहरुलें पठाएको पत्रमा मैले भुल्न नसक्ने एउटा वाक्य यो पनि थियो । हो , यसपाली साँच्चैनै जमारा अलि धेरै राख्‍नु पर्ने हुन्छ, किनकी काकीका सबै छोराहरु यसपाली घर आउने रे । १० वर्ष अघि जङ्गल पसेका जेठा छोरा , नेपाली सेनामा रहेका माईला र खाडी मुलुक काम गरिरहेका कान्छो छोरा सबै दशैमा घर आउने भएका छन् । दस वर्ष देखि एक-अर्कासँग नचाहेर पनि शत्रु बन्दै आएको दाजु-भाई यसपाली बिना कुनै रोकटोक, बिना कुनै डर त्रास, निश्चित भएर आमा बुबाको आशिक थाप्न घर आँउदै छन् । हतियार काँधमा बोकेर जङ्गल-जङ्गल चाहार्दै मृत्युको भयमा बाँचिरहेका माओवादी , कतिबेला एम्बुसमा पारिने हो भनि त्रासमा बँसिरहेका नेपाली सेना अहिलेको उधारै शान्तिमा भएपनि निश्चित छन् , धुक्क छन् ।

हो ! यसपालीको दशैंमा साँच्चै नयाँ जोश ,जाँगर नयाँ उमङ्ग छ । देशको कुना कुनामा दशैं छाएको छ । कसैलाई फुर्सद छैन । देशको कुना-कुनामा खसी, भेडा,च्याङ्ग्रा, टिका जमारा, सेल रोटीका मनमोहक सुगन्धले माहौल मादक र मनोरञ्जनपूर्ण बनाएको छ । गाँउ र शहरको कुना कुनामा रोटे पिङ्ग, लिङ्गे पिङ्गमा केटा केटी देखि लिएर बुढा पाकाहरु समेत देखिएका छन् । बजारै भरि नयाँ-नयाँ फेसनका लुगाफाटाहरु ‘दशैं Discount’ मा किनबेच गर्नेहरुको हातमा नेपाल राष्ट्र बैंकका नयाँ नोट, गल्ली गल्लिमा ” झण्डी बुर्जा”का खेलहरु , ठाँउ-ठाँउमा नयाँ नयाँ भाग्यशाली चिट्ठा उपहारका टिकटहरुको किनबेच , शहर देखि गाँउ जानेको भिड, गाँउfदेखि शहर आउँनेको घुईचो, व्यस्त सडकहरु….. प्रत्येक पाईला पाईलामा खुशीको सन्देश लिएर गाँउ-गाँउ पसेको छ दशैं, शहर-शहर पसेको छ दशैं । (more…)

September 23, 2006

शुभकामना

आश्विन ६ गते,

सर्वप्रथम नेपालीहरुको महान चाड बडा दशै २०६३ सालको मेरोनेपालका सम्पुर्ण पाठकवर्गहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु । आज घटस्थापना अर्थात ‘जमारा राख्‍ने दिन’ बिहान १०:३९ मिनेटको शुभ साईत पारेर नेपाल भरी जमारा राखिएको छ । शुभकामना कार्डको लागी Play मा क्लिक गर्नुस् ।



(more…)

February 14, 2006

वैलेंटाइन्स डे

feb १४ प्रेमी-प्रेमिकाको दिन, ‘प्रेम दिवस’ ,
वैलेंटाइन्स दिवस यानी प्रेम गर्नेंहरुको त्योहार तर साथै विवादले घेरिएको एक दिन। भनिन्‍छ यो दिन तपाई जो कसैंलाई पनि अपने प्यारको मायाको इज़हार गर्नको लागी छुट हुन्‍छ अरे ! - साथीभाई अनि जो कसैलाई, जसलाई तपाई मन पराउनु हुन्‍छ तर यस विषयमा विभिन्‍न मानिसहरु को आफ्‍नै-आफ्‍नै विचार छ । कसैले यसको समर्थन गर्छन भने कसैले विरोध । कसैले यसलाई प्यार मोहब्‍बतको दिन मान्‍छन्‌ भने कसैले यसलाई आफ्‍नो संस्कृतिको विनाश , कसैको लागि त यो व्यावसायीकरणले घेरिएको दिन हुन्‍छ ।
तर आज भोली यो दिन नयाँ जमाना अनुसार नै मनाउन थालेका छन्‌ विभिन्‍न तरिकाले, आज भोली मोबाइल बाट sms पठाएर , र आजभोली त मोबाइलमा ‘लव टिप्‍स’ मतलब मायाको चिन्‍ह जस्‍तै ‘पानको पात’ पनि दिन्‌ लागिएको छ ।

कसैको मायाको डोरी यसै दिन कस्‍सिन्‌ पुग्‍छ भनें कसैले यसै दिनमा विवाह गरेर आफ्‍नो विवाहलाई यादगार बनाउछन्‌ ।

तर आजभोली अलि विचार गरेर मायाको इज़हार गर्नु पर्छ ।
जे होस्‌ वैलेंटाइन्स दिवस माया गर्नेहरुको चाड हो ।

December 31, 2005

नव वर्ष २००६ को हर्दिक मंगलमय शुभकामना

A Very Very Happy New Year 2006 To You All , This New Year brings a lots of Happiness in your life.

New Year

December 25, 2005

A Merry Christmas

A Merry Christmas and Happy New Year too

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users