आदरणिय दाजु ,
ढोग छ, साथैं धेरैं-धेरैं सम्झाना पनि । तपाई जहाँ भएपनि आशा छ आराम कुशल नैं हुनु हुन्छ होला। हामी स-परिवार पनि आरामैं भन्नुपर्यो । दुई दशक पनि नाघि सक्यो , वन पसेकाहरु पनि घर फर्किन लागिसकें तर तपाईको अझैं आत्तो-पत्तो छैंन, किन यस्तो ? गर्भमा छाडेर जानु भएको छोरा २० वर्षे लक्का जवान भै सक्यो । प्रत्यक्ष नदेखेको छोराले फोटो समाई ‘मेरो बुबा’ भनेंर भन्दा मेरो मुटु धेरैं चोटी नटुक्रिएको होइन, अघि-पछि मलाई नैं बुबा मानेर एक-दुई कुरा राख्दा मेरो मन गर्वलें नफुलेको पनि होइन र कसैंले औंला उँठाउदा उ चुपचाप मनको पिडा मनमा लुकाएर एकान्तमा धरधरी रोएको मैंले नदेखेको पनि होइन, धन्य ! त्यो छोरा र धन्य ति तपाईको जिवन साथी ! तपाईको आशैं-आशामा आफ्नो अमुल्य जिवन त्यसैं बिताई रहनु भएको छ । तपाईको वापसीको लागि व्रत-तिर्थ कुनैं पनि छोड्नु हुन्न, अजा-पुजा कहिल्यैं छोड्नु भएन , स्वास्थानी व्रतमा भोक-भोकैं बसेको ‘मात्र र मात्र’ तपाईको पर्खाईमा । तपाईको आशैं-आशामा बुबा त धेरैं अगाडी संसार छाड्नु भयो, बुबालाई आफ्नो सास रहुन्जेल सम्म त ‘मेरो छोरो आवश्य आउछ’ भन्ने चाहाना त पुरा भएन भएन तर कठैं मेरी आमैं ! ‘मेरो छोरा एक दिन आउँछ-आउँछ’ भन्नु हुन्छ । तपाई घर छोडेर गए देखि बाट अहिले सम्म तपाइलाई खोज्दा-खोज्दा नपाए पनि अझैं हार मान्नु भएको छैंन , ज्योतिषहरु देख्नैं हुन्न, झोलामा लिएर हिडेको तपाईको ‘चिना’ निकाली हाल्नु हुन्छ । कसैंले ‘मैंले तपाईको छोरालाई फलानो ठाँउमा देखेको थिए’ भन्नैं हुन्न उसैंलाई लिएर त्यो ठाँउमा तुरन्त पुग्नु हन्छ तर तपाईको केहि अत्तो-पत्तो हुदैंन । बुढेसकालमा तपाईलाई खोग्दैं हिड्नु हुन्छ । फोटोमा तपाईलाई हेर्दै हातलें छुएर आखाँ भरीको आँशु लुकाउदैं नपुछेको मैंले नदेखेको पनि होइन, बुबा बित्नु अघि तपाईले पठाएको पत्र पढ्दा बुबाको आँखामा पहलो पटक आँशु नदेखेको पनि होइन। पत्रमा ‘एक चोटि आवश्य आउछु’ भन्नें हरफहरु मैंले पढ्दा सबैंको मुहारमा खुशी छाएको क्षण अझैं बिर्सेको पनि छुँइन, उक्त पत्रमा इण्डियाको हुलाकको छाप भएकोलें धेरैं चोटी तपाइलाई खोज्न बाबा-आमा इण्डिया नजानु भएको पनि होइन, मेची-महाकाली नधाएको पनि होइन, तर सबैं व्यर्थ, पैसाको त के मुल्य, आफ्नो सुख-चैंनको पनि वेवास्ता गरि दिन रात नभनी तपाईलाई खोज्दा अहिलेको समयमा तपाईलाई नपाउँदा हाम्रो मनमा, हाम्रो जिवनमा के बितिरहेको छ होला भन्नें जो कसैंले पनि अनुभव गर्न सक्छ । दुई वर्ष अगाडी तपाईलाई गाँउको कसैंले मलेशियामा देखेको खबर पाए पछि मैंले सम्पर्क नम्बर खोजी कयौं पटक फोन गर्दा तपाई अन्तै गएको सुन्दा मेरो मन छिया-छिया नभएको पनि होइन, तर के गर्नु हाम्रो परिवारलें तपाईलाई नबिर्से पनि तपाईलें बिर्से पछि कसको के लाग्छ र !?
म यस ब्लग मार्फत तपाईलाई धेरैं त भन्दैंन तपाईलें एकचोटी बस् तपाईलाई हाम्रो परिवार बीच सम्झिमात्र दिनु , तपाईलें कर्तव्य पुरा गर्नुपर्ने ठाँउहरुलाई जिम्मेवारी तवरलें हेरी दिनु, बुढी भएकी जन्म दिनें आमाको त्यो आशलाग्दो अनुहार सम्झिदिनु, हामी भाई-बहिनीहरुको सम्झाना नआएपनि त्यो तपाईको मुहार त कें तपाईको छाँया सम्मको अनुभव नगरेको छोराको न्यास्रो अनुहार सम्झि दिनु, गाँउ-घरको साथीहरुलाई नसम्झें पनि हुन्छ तर तपाईलाई सर्वस्श ठाँनेंर जन्म-घर र जन्म दिनें आमा-बुबा छाडी सातौं जुनि बिताउनें कसम खाई तपाई सँग भागेर आएकी तपाईकि श्रीमतिलाई सम्झिदिनु जसलें एउटा पत्रलाई आफ्नो सर्वस्श ठानि सिरानी मुनि राखेंर तपाई आउनें आशामा दिन काटिरेहेकी छिन् र अनि आफ्नो जन्मभुमि ‘नेपाल’लाई पनि सम्झनु जुन् देशको माटोमा तपाईखेलेर ठुलो हुनु भयो, जहाँ गएपनि तपाईको शरीरबाट अझैं पनि जन्मभुमि सुगन्ध ताजैं छ होला त्यसलाई सम्झनु, देश प्रतिको तपाईको कर्तव्य सम्झनु, तपाई सँगै वनवास भएका काकाको छोरा फर्केको पनि कत्ति भैं सक्यो, भगवान राम-लक्ष्मण पनि १४ वर्षमा फर्किनु भएको थियो तर तपाई !? वन पसेका नेपालका कठित माओवादी पनि अहिलें घरको खोजिमा फर्केका छन् भने तपाईको र मेरो मुटु पनि एउटैं रगतको हो यत्ति कठोर त नहुनु पर्ने !? ‘अब त फर्की आँउ छोरा’ भनि बसेको आमाको हृदयलाई छिया-छिया नबनाउनुहोस्, सबैं पाईन्छ तर आमा पाईदैंन भन्नें कुरा बुझि, अब साँचिक्कैं दाजु ‘प्लिज’ फर्कनुहोस् । संसारको जुनसुकैं कुनामा भएपनि, जस्तो स्थिति-परिस्थिति भएपनि सबैं बन्धन तोडेर घर आईदिनुस् । तपाईको प्रति हाम्रो परिवारमा अझैंपनि त्यँही ठाँउ छ, कुनैं शंका छैंन्, कुनैं रिस-राज छैंन्, तपाईलाई आउनमा केहि रुकावत छ भनें, कसैंलाई अप्ठाय्रो पर्छ भनें नि-संकोच हामीलाई भन्नु , घर-जाम गरेर बस्नु भएको छ भनें पनि स-परिवार आउनु, तपाईलाई स्वागत गर्ने हाम्रो इच्छा पुरा हुनेछ । आखिर कहिले सम्म तपाई आफैं-आफैं सँग लुक्नु हुन्छ ? यस्तो वनवास किन् ?
बस् यो ब्लगको शब्दलाई तपाईलें कहि बाट हेर्नु भयो भनें वा कसै मार्फत थाहा पाउनु भयो भनें र तपाईको मन बदिलियो भनें हाम्रो यो अपुर्ण परिवार पुरा हुनें छ, यहि आशामा मेरो मनको भारी ‘मेरोनेपाल’को चौतारीमा बिसाउँदैं आजलाई विदा चाहान्छु । तपाई जहाँ भएपनि आमाको आशिष र हाम्रो मायाले कहिल्यैं न छोडोस्।
तपाईको भाई-टंक सेरचन
र सेरचन परिवार
***************************************************************
मेरो ठेगाना-
पात्लेखेत-५, म्याग्दी, धौलागिरी, नेपाल
उक्त ठेगानाको मेरो दाजु मन प्रसाद सेरचनलाई (वहाँको फोटो म पछि राख्नें छुँ ) कसैंले देखे सुनेंमा कृपया मेरो ई-मेल meronepal2@gmail.com वा मेरो फोन न. ८२-१०-५८११-२९३९ (कोरियाको)मा सम्पर्क गरि दुखित परिवारलाई सहयोग गरीदिनु हुन् विनम्र अनुरोध गर्दछु । धन्यवाद !