ब्लग, ब्लगिङ र ब्लगर …..वास्तवमा यि शब्दहरु मैले नेपालमा छँदा पढेको त के सुनेको पनि थिएन । शुरुमा यि शब्दहरु मेरो लागि केहि अप्ठ्यारो र अनजान थिए तर हाल साधारण भएको छ । मेरो ब्लगिङ यात्रा त तपाईहरुलाई थाहा नै छ । ब्लगिङको बारेमा कुरा गर्नु पर्दा मेरो पुरानो अनुभव त हुने कुरै आएन, जे मनमा आयो लेखिदिन्छु । केहि राम्रो लाग्यो, अनौठो लाग्यो त्यो म यस ब्लगमा राखिदिन्छु । कम्प्युटरको बारेमा कम ज्ञान, कम शिक्षा, टाइपिङ् स्पिड पनि कम …. अरु धेरैं कमजोरी हुँदा हुँदै पनि केहि सिक्दैं ब्लगिङ गर्दै छु ।
ब्लगिङ गर्दै जाँदा म बल्गसम, ब्लगस्पट, ब्लगर र माइस्पेसका विभिन्न ब्लगहरु पनि पढ्ने गर्छु र ति ब्लगहरुबाट केहि सिक्ने र राम्रो ब्लग पाए भनें यसमा पस्कने पनि गर्दछु । त्यस्तै आज यहाँ मैले एउटा ब्लग भेटे जसमा एउटा राम्रो ब्लगरमा हुनुपर्ने गुणहरु लेखिएको थियो, मलाइ राम्रो लाग्यो र त्यसलाई नेपालीमा अनुवाद गरि प्रस्तुत गर्दै छु ।
* एउटा राम्रो ब्लगरलें आफ्नो पाठकहरुको इज्जत गर्नुपर्छ, उसले पाठकहरुको प्रतिक्रियाहरुको उत्तर दिनुको साथै पाठकहरु सँग गरेको वाचा पुरा गर्नुपर्छ र वाचा पुरा गर्नु नसकेमा कारण खुलाउनु पर्छ ।
* एउटा ब्लगरले आफ्नो ब्लग लेख्ने बेलामा पहिलो वाक्यमै पाठकहरुको मन जित्ने खालको कुराहरु लेखि बाँकि पनि पढौ-पढौ लाग्ने खालको बनाउनु पर्छ । शुरुमैं , ‘ म धेरै दिन देखि व्यस्त थिए, ब्लग लेख्नलाई केहि विषय थिएन वा केहि लेख्न आएन, जाँगर लागेन ।’ यस्तो लेखे भने पढ्नेलाई पनि वाक्क लाग्न सक्छ ।
* राम्रो ब्लगरले सकेसम्म सरल शब्दहरु, स्पष्ट र सोझो व्याकरणको प्रयोग गर्नु पर्छ जसले गर्दा पाठकहरुलाई कुनै पनि कुराहरु बुझ्नलाई अप्ठ्यारो नहोस् ।
* एउटा राम्रो ब्लगरले स्वच्छ हृदयलें प्रत्येक ब्लगको लिंकलाई आफ्नो ब्लगमा स्थान दिनु पर्छ, चाहे उक्त ब्लग आँफु भन्दा सानो वा ठुलो, नयाँ वा पुरानो होस् ।
* राम्रो ब्लगरले नयाँ पुस्तक पढ्नुको साथैं , नयाँ कुरा सिक्ने-सिकाउनलाई हमेशा तैयार हुनुपर्छ ।
* एउटा राम्रो ब्लगरले सधै ब्लग समुहको सदस्य सम्झेर एक-अर्कालाई सहयोग गर्नुको साथैं नयाँ ब्लगरहरुलाई स्वागत गरि उत्साह बढाउने र ब्लगिङको तरिकाहरु आँफुले जानेको सिकाउनु पर्छ ।
यो त भयो मैले एउटा राम्रो ब्लगरमा हुनुपर्ने गुणको बारेमा नेपालीमा अनुवाद गरेको सानो लिस्ट, तर यि बाहेक पनि अन्य गुणहरु पनि होलान् , तपाईहरुले जानेको, मैले नजानेको वा यसमा उल्लेख नगरेको, त्यसैले कृपया केहि छ भनें वा थाहा भएमा मलाई भनि दिनु हुन्छ कि ? धन्यवाद !!