Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

December 6, 2006

मजाले हाँस्नुहोस् !

Filed under: Jokes

१.
राम- यो मेरो एकदम इमान्दार कुकूर हो । यसले दैनिक मलाई कान्तिपुर पत्रिका लिएर दिन्छ ।
अर्जुन(साथी)- जाबो पत्रिका लिएर दिनुलाई पनि इमान्दारिता भन्छन् ?
राम- किन नहुनु त ?। छिमेकीकोबाट पत्रिका उठाएर ल्याउनु कति ‘रिक्स’को कुरा हो , जो त्यहिले कहाँ सक्छ ।

*******************************
२.
चारजना साथी पिकनिक जाने बिचार गर्दै थिए । सबैले खानेकुरा घरबाटै लिएर जाने निधो गरे ।
पहिलो : म मिठाई लैजान्छु ।
दोस्रो : म दाल-तरकारी ल्याउछु ।
तेस्रो : म रोटी, परौठा बनाएर ल्याउछु ।
चौठो (जुन अलि कंजुस थियो ): म आफ्नो दुबै भाईलाई लिएर आउछु ।

******************************* (more…)

October 29, 2006

हाँस्नुस् र हसाँउनुहोस् !

Filed under: Jokes

कार्तिक १२ गते,

(गफाडीहरुको गफ गर्दै)
पहिलो : मैलें उमलिरहेको चिया गिलासमा हाल्न साथ पिएर सिध्याउछु ।
दोस्रो : ह्या !! त्यो त के तातो, मैले त चिया पकाएको भाडाबाट सिधैं मुखमा खन्याउँछु । तेस्रो पनि कम थिएन भन्छ :
मैलें जति तातो त तिमीहरुले खानै सक्दैन । मैले त चिया-पत्ती, चिनी पानी सबै मुखमा हाल्छु र आफैं चुल्हामा(गैस) बस्छु ।

************************

दुई बच्चाहरु झगडा गरिरहेका थिए । एक जना भलाड्मी मान्छेलें तिनीहरुलाई नछुट्याएर उल्टो भन्दै थिए ,’ दाँतमा हान, दाँतमा !!’ । वास्तवमा ति भलाड्मी मान्छे दाँतको डाँक्टर रहेछ ।

************************ (more…)

September 7, 2006

हाँस्ने पालो !!

Filed under: Jokes

भाद्र २२,

तीन देशको प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका , जापान अनि नेपाल ।
अमेरिकाका प्रधानमन्त्री भन्नुहुनछ : हाम्रो देशको मान्छेहरुले आकाश छुने जहाज बनाएका छन् ।
नेपाल र जापानका प्रधानमन्त्री एकै साथ(अच्चम मान्दै) : आकाश छुने जहाज !!
अमेरिकाका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र ।
जापानका प्रधानमन्त्री : हाम्रो देशका मान्छेहरु उफ्रेर चन्द्रमा छुन् सक्छन् ।
नेपाल र अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): चन्द्रमा छुन् सक्छन् !!??
जापानका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र । अब पालो नेपाली प्रधानमन्त्रीको (के भनौ- के भनौ भन्ने सोच्दा-सोच्दै) हाम्रो देशको मान्छेहरुले नाकले खाना खान्छन् ।
जापानका प्रधानमन्त्री अनि अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): नाकबाट !!??
नेपाल प्रधानमन्त्री : होइन-होइन अलि तल बाट ।

***********************************

एउटा केटा अमेरिका गएपछि एउटा यस्तो दवाई पाएछ, कि त्यो दवाई खाँएभनें मान्छेको उमेर घटेर बुढो पनि भर्खरको देखिने रहेछ । उसले त्यो दवाई किनेर आँफुले पनि खायो र अलिकत नेपालमा आफ्नो आमालाई पनि पठाई दिएछ । आमाले त्यो दवाई खाएर भर्खरको तरुनी भएछन् । (more…)

July 24, 2006

एकछिन हाँसौ ल !

Filed under: Jokes

चुट्किला १.

(पुरानो कथामा आधारित तर आधुनिक सिंह ) रानीवनमा जनावरहरुको भेला बसेको थियो । सिंहको दैनिक लापरवाहीको हल निकाल्दै एउटालें भन्यो,’ हामी पालै-पालो प्रत्येक दिन राजा सिंहको भोजनको लागी जानें ।’ सबैलें हुन्छ भनें र सिंहको पनि सहमति भयो । अब दैनिक आ-आफ्नो पालोमा सिंहको भोजनको लागी क्रममा एक दिन आयो खरायोको पालो । खरायो ढिलो सिंहको अगाडी पुग्यो रिसाउदै सिंहले कारण सोध्दा खरायोलें नजिकैको इनारमा देखाउदै ‘त्यहाँ अर्को सिंहले मलाई रोकेको थियो।’ भन्दा सिंहले इनारमा हेर्दै भन्यो,’ त्यो त मैले ४ कक्षामा पढेको कथा हो । मलाई मुर्ख बनाउन खोज्छस् ।’

*********************************************************************
चुट्किला २.

सस्तो भाडामा पाएको कोठामा एक रात बसे पछि भोलीपल्ट,
भाडामा बस्ने मान्छे : साउजी तपाईले मलाई कस्तो कोठा दिनु भयो ? रात भरी मुसाको Race हुदो रहेछ ।
साउजी : यति सस्तोमा के घोडाको Race हेर्ने विचार छ ??

*********************************************************************
चुट्किला ३.

सिनेमा हलको गेटकिपरको दाँत दुखेर डा.कोमा गएछ ।

डा. : तपाईको कुन दाँत दुखेको छ ?
गेटकिपर : माथिको बालकोनीको तेस्रो न.को दाँत दुखेछ डा. साँप…।

*********************************************************************
चुट्किला ४.

आँखाको डा.ले आँखा जाँच गरेपछि एकदमै कमजोर जस्तो लागेर बिरामीलाई एउटा किताब हातमा दिएर पढ्न लगाउछन् । अक्षर पनि नदेखेपछि केहि सिप नलागेर एउटा थाल देखाउदै सोध्छन् ….

डा. : यो देख्‍न सक्नु हुन्छ ??
बिरामी : अलि-अलि..
डा. : के हो ??
बिरामी : ठाय्क्कै भन्न त सक्दिन तर ५० पैसा हो कि एक रुपैयाको सिक्का हो ।

*********************************************************************
भित्र पनि छ … (more…)

June 27, 2006

आमाको आशिसमा

अषाढ/१३ गतें,

कठोर मुटु, पत्थर मुर्ति, न भगवान न अल्हामा छु ,
जित्न हिंडेको संसार म, आमा तिम्रै आशिषमा छु ।।

मेरी प्यारी सान्नानीलाई, पिर नमानी बस्न भन्नु,
सुखका ती दिन साथै, लिई आउने कोशिसमा छु ।

न्यास्रो लाए आँगनीमा, निस्कीएर हेर्नुस् आमा,
गोधुली की क्षितिज पारी, त्यतैं कतै झिसमिसमा छु ।

बुढ्यौलीमा तिम्रा पनि, आँखा कमजोर भए होलान्,
नियालेर हेर्नुस् फोटो, साथी-भाईकैं छिसमिसमा छु ।

गोली लागेनी पोल्दैन् छाती, ढुक्क भए हुन्छ आमा,
म त हरेक पल-पल केवल, तिम्रै धड्कन शतिसमा छु ।।

चुट्किला

कंजुस

एउटा कन्जुसहरुको घरमा बाबु मरे पछि अन्तिम क्रिया गर्न शव लैजाने विषयमा छोराहरु छलफल गर्दै थिए।
पहिलो छोरा : शव बाहनमा लैजानुपर्ला ।
दोस्रो छोरा : ठेलागाडामा लगे पनि भईहाल्छ नि !
तेस्रो छोरा : मर्ने मरिहाल्यो बाँधेर घिस्याउदै लैजाउँन ।
छोराहरुको कुरा सुनेर असहृय भएको शव जुरुक्क उठेर भन्यो ‘धत्तेरिका कन्जुसहरु ! खैं मेरो जुत्ता र टोपी ल्याउ म आफै हिँडेर जान्छु ।’
(more…)

May 17, 2006

नहाँस्नु ल !

Filed under: Jokes

सपना
(दुई साथीहरु राम अनि श्याम…एक आपसम सधै जिस्किरहन्थें …एका बिहानै)

राम; थाहा छ मैले आज एक सपना देखे..
श्याम : के सपना ? कस्तो सपना ?? भन् न ।
राम: सपनामा तँ र म हिड्दै थियौं कि हामी दुबै चिप्लेर लड्यौ तर तँ चाहिँ गोबरको पोखरीमा र म चाँहि दुधको पोखरीमा खस्यौं।
श्याम: थाहा छ मैले पनि सपना देखे ।
राम: के ? कस्तो सपनामा??
श्याम: मैले पनि ठ्याक्कै त्यैं तेरो सपना देखे तर मेरो सपना अलि लामो थियो । के भने नि तँ र म पोखरीमा खसे पछि बाहिर निस्केर मैंले तलाई चाट्न थाले भने तँ चाहिँ मलाई चाट्न थालिस् ।

क्याम्पसका दिनहरु

(क्याम्पसमा एक अर्कालाई जिस्काउने, खसाल्ने अनि छड्के कुरा गर्नु साधारण कुरा हुन् । यहाँ त्यस्तै एउटा कुरा म चुट्किलामा पेश गर्न लागेको छु :)

तीन चार जना केटी विधार्थीहरु बसी रहकी थिइन् । उता बाट तीन चार जना केटा विधार्थीहरु आउँदै थिए कि अचानक एउटा केटा त्यही भएको एउटा कुकुरको अगाडी लड्छ । केटीहरु हाँस्छन् र एउटीले भन्छिन् : बल्ल आफ्नो दाईलाई ढोग्यो ।
त्यो केटा मुस्काउदै केटीहरु को अगाडी आएर भन्छ : भाउजुलाई पनि ढोगौ कि ??

March 16, 2006

Jokes

Filed under: Jokes

फोटो
रात पर्न लागेको थियो । रिमझिम पानी परेको थियो , दुई जना जड्‍याहा मातेर हिडिरहेका थिए , अचानक एउटा जड्‍याहा चिप्‍लेर लड्‍न पुग्‍छ , ठीक त्‍यसै बेला बिजुली चम्‍कन्‍छ । अनि अर्को जड्‍याहाले भन्‍छ :’ हे ! हे ! भगवान पनि कस्‍तो मात्‍तेको ? त पनि लड्‍ने, फोटो पनि खिच्‍ने, हैं ? ‘

गफ
तीन जना गफाडीले गफ छाडीरहेका थिए ।
एउटा भन्‍छ : ‘ मेरो बुबा त एक घण्‍टा सम्‍म पानी भित्र बस्‍न सक्‍नु हुन्‍छ ।’
दोस्रो भन्‍छ : ‘ मेरो बुबा त झन्‌ एक दिन सम्‍म पनि भित्र बस्‍नु भएको थियो । ‘
तेस्रोले भन्‍छ : ‘ तिमीहरुको बुबाको के कुरा मेरो बुबा त पानी भित्र छिरेको एक वर्ष भै सक्‍यो तर अझै निस्‍कनु भा’ छैन ।’

(नोट : तेस्रोको बुबा डुबेर मर्नु भएको थियो ।)

January 9, 2006

joke

Filed under: Jokes

एउटा बच्‍चा भखर्र साईकल सिक्‍दै थियो ,
सिक्‍दै जाँदा खुट्‍टा छोडेर आमालाई देखाउदै : आमा !आमा मेरो खुट्‍टा छैन्‌।( मतलब खुट्‍टा छोडेर चलाएको)फेरी एक छिन पछि हात छोडेर: आमा !आमा मेरो हात छैन्‌ ।अनि फेरी अलि टाढा गएर साईकल बाट लड्‌छ अनि भन्‍छ: आमा ! आमा मेरो दाँत छैन्‌ ।

December 23, 2005

पत्नीको अनुपस्थितीको फाइदा

Filed under: Jokes

पत्नीको अनुपस्थितीको फाइदा उठाएर पतिले एकदिन घरमा एउटी महिलालाइ लिएर आए । भोलिपल्ट ती महिला गए पछि आफनो नोकरलाइ पचास रुपैया दिएर चुप रहनु भने। उक्त पचास रुपैया मालिकलाइ नै फर्काउदै नोकरले भन्यो, “सय रुपैया दिनोस हजुर । मालिकनीले त सय रुपैया दिनु हुन्थ्यो ।”

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users