Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

March 14, 2009

White day’s tips !

Happy white day

When a GIRL is quiet … millions of things are running in her mind.
When a GIRL is not arguing … she is thinking deeply.
When a GIRL looks at u with eyes full of questions … she is wondering how long you will be around.
When a GIRL answers ” I’m fine ” after a few seconds … she is not at all fine.
When a GIRL stares at you … she is wondering why you are lying.
When a GIRL lays on your chest … she is wishing for you to be hers forever.
When a GIRL wants to see you everyday… she wants to be pampered.
When a GIRL says ” I love you ” … she means it.
When a GIRL says ” I miss you ” … no one in this world can miss you more than that.

Life only comes around once make sure u spend it with the right person …. so

Find a guy … who calls you beautiful instead of hot.
Who calls you back when you hang up on him. who will stay awake just to watch you sleep.
Wait for the guy who … kisses your forehead.
Who wants to show you off to the world when you are in your sweats.
Who holds your hand in front of his friends.
Who is constantly reminding you of how much he cares about you and how lucky he is to have you.
Who turns to his friends and says, ” That’s her!! ”

If you open this you have to repost it, guy or girl, or you will have bad luck for the rest of your life!!!!!
If I don’t get this back I guess your not my friend.
If you have a lot of love for someone. copy and send this to your whole list. In 5 minutes your true love will call or message you. Tonight at midnight your true love will realize they like you.
Something good will happen to you at approx. 1:42pm tomorrow, it could be anywhere. So get ready for the biggest shock of your life. If you break this chain, you will be cursed with relationship problems for the most important time of your life. Send this to 15 people in 15 minutes.

(This is not a Joke.)

September 24, 2006

हाम्रो बाध्यता

आश्विन ८ गतें,

सर्वप्रथम विगत लगभग १ महिना देखि कंम्पनीमा लगातार कामको चाप बढेकोले ब्लगमा निरन्त्रता दिन नसकेको जानकारी गराउन चाहान्छु । प्रवासी भुमिमा पाइला टेकेको पनि ३ वर्ष पुरा हुन् लागेको र बस्ने मन हुँदा-हुँदै पनि स्वदेश फर्कनु पर्ने बाध्यता एउटा तितो सत्य हो । हामी नेपाली एक चोटी विदेश गएपछि स्वदेश फर्कने चाहाना सायदै कमैको होला भन्नेमा दुई मत छैन । मुखलें जे भनें पनि मनलें विदेशमै बसेर टन्न पैसा कमाउने र सकेसम्म उतै घरजाम गर्ने विचार धेरैको नहोला भन्न मिल्दैन , तर सबैमा यो कुरा लागु हुन्छ भन्ने पनि छैन ।

हामी नेपालीको यस्तो गर्नु बाध्यता पनि हो , तर यो बाध्यतामा हामी नेपाली आफ्नै कारणले गर्दा भएको हो । दु:ख कष्ट गरेर विदेश जान्छौ अलिकत पैसा कमाउँछौ , अलिकत सीप ज्ञान सिक्छौ र सोच्छौ “नेपाल जानें एउटा घर किन्ने ,एउटा राम्रो केटी हेरेर घरजाम गर्‍यो , बैंक ब्याँलेन्स , मोटर कार…….. आधा घर भाडामा दियो बस् त्यति भए हात मुख जोड्न पुगी हाल्छ ।” यहि नै सत्य हो ,…फेरी खोई त्यो विदेशमा सिकेको सीप ? त्यो दु:ख कष्ट ? आफ्नो घरमात्र सबथोक, देशको विकासको लागी केहि गर्नु पर्दैन । हामीले त दु:ख गर्‍यौ , अनि हाम्रो सन्ततिहरुलाई के नि ? उनिहरुलाई पनि फेरी उहि ‘विदेश’ , उहि दु:ख कष्ट, यहि सिकाउने ? होईन ! हामीहरुले यो चलन बढल्नु पर्छ , आखिर कहिलेसम्म हामी विदेश धाँउने , कति गर्ने अर्काको गुलामी ? त्यसैले हामीले यसबारे राम्ररी सोच्नु पर्छ । बस् आजलाई यत्ति भन्दै बडा दसैको फेरी पनि शुभकामना र यो राशिफलको फोटोहरु तल राख्दै छुँ । यो फोटो मलाई राम्रो लागेर मात्र राखेको हो ।

मेष राशि
मेष राशि ^

वृष राशि
वृष राशि ^

मिथुन राशि
मिथुन राशि ^

बाँकि फोटो भित्र (more…)

July 24, 2006

मिस युनिवर्स २००६

L.A./24th July,

अमेरिकाको लाँस ऐन्जेलमा आयोजित ‘मिस युनिवर्स’ प्रतियोगिता संसार भरिको ८६ देशहरुबाट आएका सुन्दरीहरुको साथमा हिजो आइतबार आयोजना गरिएको थियो । ‘मिस युनिवर्स’ प्रतियोगितामा प्यूर्तो रिकोकी जुलेका रिवेरालाई ‘मिस यूनिवर्स २००६’ चुनिएकी छिन् । १८ वर्षिय जुलेकालाई ‘मिस यूनिवर्स २००६’ को मुकुट सहित २.५ लाख यु.यस.डाँलरको पुरस्कार पनि प्रदान गरिएको छ । त्यस्तै दोस्रो स्थान (1st रनर अप) जापानकी कुरारा चिबाना र तेस्रो स्थान (2nd रनर अप) स्विजरलैण्डकी लारिएन गिलेरनलें प्राप्त गरेकी छिन् । यस प्रतियोगिताको १८० देशहरुमा सिधा प्रशारण गरिएको थियो ।

Miss universe 2006

‘मिस यूनिवर्स २००६’ जुलेका रिवेरा ^

बाँकि फोटो भित्र…> (more…)

July 16, 2006

द.कोरियामा अविरल वर्षा

सउल/१६ जुलाई,

द.कोरियामा शुक्रवार देखि आज आइतवार सम्म परेको अविरल वर्षाको कारण गएको बाढि-पहिरोमा परी लगभग ३१ जनाको मृत्यु हुनको साथै १८ जना बेपत्ता भएको समाचार छ । वर्षाको सबभन्दा बढि प्रभावित परेको द.कोरियाको उत्तरी भेगमा पर्ने ‘गाङ्गवन’ भन्ने क्षेत्रमा गएको तीन दिनमा ५००मि./मि. (२० इन्च भित्र) भन्दा बढि पानी परेको समाचार त्यहाँका समाचार स्रोतलें जनाएको छ । कोरिया टेलिभिजनको मुख्य समाचारमा रहेको त्यहाँको बाढि-पहिरोलें अनेकौ घरहरु, गाँउका खेत र सडक बगाएपछि बाटो अवरुद्ध हुनको साथैं दुई हजार भन्दा बढि नागरिकहरु घरविहिन भएका छन् । कम्तिमा पनि १०० वटा भन्दा बढि कार पहिरोलें क्षतिग्रस्त भएको छ भनें लगभग पँचास हजार मानिसहरुको घरको बिजुली, खाने-पानी, टलिफोन सेवा र इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ । पुलिस,सेना र उद्धार टोलीले बाढि-पहिरोबाट घाइतेहरुलाई निकाली सुरक्षित स्थानमा पुर्‍याइरहेका छन् भने उद्धारको लागी हेलिकप्टर समेत प्रयोग गरिएको छ । राजधानीमा नदी छेउमा रहेको सडकहरु सुरक्षाको लागी बन्द गरिएको छ । स्थानिय मौसम विभाग अनुसार बिहिवार सम्म पानी पर्ने सम्भावना बताइएको छ ।

बाढिले प्रभावित क्षेत्रहरु :

korea 1

राजधानी सउलको केन्द्रमा रहेको ‘हान’ नदीको बाढिको प्रभाव

‘हान’ नदिमा पर्ने टोङ्बु हाईवेमा बाढि प्रभाव …बाँकि फोटो भित्र >> (more…)

July 9, 2006

विश्वकप फाइनल आज

9th July,

विश्वकप फुटबलको रहर पनि सिध्धिन लाग्यो । हिजो भएको तेस्रो स्थानको लागी भएको खेलमा आयोजक राष्ट्र जर्मनीले पोर्चुगललाई ३:१ लें पराजित गरी आफ्नो चित्त बुझाएको छ । २००२को कोरिया जापान विश्वकप फुटबलमा दोस्रो स्थान सम्ममा पुगेको जर्मनीले यस पल्ट आयोजक राष्ट्र हुनको फाइदा उठाउछ भन्नें धेरैले अनुमान गरेका थिए तर सेमिफाइनलमा इटाली सँगको खेलमा हारेपछि तेस्रो स्थानको लागी पोर्चुगल सँग भिडेको थियो । यसपालीको विश्वकपमा गएको वर्ष जस्तो नरहेपनि नयाँ राष्ट्रलें इतिहास रच्नें मौका पाएका छन् । तीन पल्ट विश्वकप हात पार्न सफल इटाली र १ विश्वकप हात पार्न सफल फ्राँस, आज केहि छिन पछि भिड्नें छन् । कोरिया समयानुसार जुलाई १० तारिखको बिहान तीन बजें मात्र शुरु हुनें विश्वकप २००६को फाइनल जर्मनीको बर्लिन स्थित स्टेडियममा हुनें छ । विस्तृत जानकारीको लागी यहाँ क्लिक गर्नुहोस् ।

फाइनल खेल हुनें स्टेडियम
फाइनल खेल हुनें स्टेडियम

विश्वकप २००६को Logo

खोई कस्लें जित्नेहो??

सुन्दरीलें कसलाई सपोर्ट गरेकाहुन् खेलाडीलाई?? होइन होला दर्शकलाई होला । हैं ?
सुन्दरीलें कसलाई सपोर्ट गरेकाहुन् खेलाडीलाई?? होइन होला दर्शकलाई होला । हैं ?

मलाई किन यस्तो घोरिएर हेरेकी कोरियन सुन्दरी??

दाँत देखाएको हो कि ?? अर्कैं??

केहि फोटोहरु भित्र पनि छ । (more…)

June 24, 2006

कोरिया को सपना टुट्यो

Update आयोजक राष्ट्र जर्मनीले स्विडेनलाई खेल शुरु भएको १२ मिनेट भित्रमैं २ गोल गरी २:०ले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

24th June,

फिंफा विश्‍व कप २००२ कोरिया/जापानमा राम्रो प्रर्दशन गरी सेमीफाइनल सम्म पुग्न सफल आयोजक राष्ट्र कोरिया हिजो भएको स्विट्जरलैंण्ड सँग खेलमा २-० ले पराजित भए पछि कोरियाको सपना टुटेको छ । एशिया बाट नैं आशा लिएर खेलमा अगाडी आएको कोरिया हिजोको पराजित पछि दोस्रो चरणमा समेत ठाँउ पाएन र विश्‍व कप बाट नैं बाहिरिएको छ । स्विट्जरलैंण्डको फिलिप सेन्डरॉस २३औं मिनटमा गरेको हेडर गोल र ७७औं मिनटमा एलेक्जेण्डर फ्राईको विवादित गोलले कोरियाको सपना टुटेको थियो ।

कोरियाको प्रत्येक खेललाई कोरियाको राजधानी स्थित City Hall भन्ने ठाँउमा लाइभ प्रशारण गरिदैं आएको थियो । हिजो म सहित मेरा एक जना साथी पुष्पराज डंगोल त्यहाँ गएका थियौं । खेल कोरिया समय अनुसार २४ जुनको बिहान ४:०० बजें शुरू भएको थियो, हामी त्यो तारिखमा रातीको १२:०० नैं पुगेका थियौ तर पनि बस्न् ठाँउ त के उभिने ठाँउ पनि थिएन । त्यहाँ स्वदेशी मात्र नभई विदेशीहरु पनि उपस्थित थिए। खेल शुरु हुने बेलामा अध्यारो भएकोले फोटो खेलको अन्तमा मात्र केहि फोटो खिचेको छु साथीले भिडियो पनि खिचेको थिए तर खैं के नमिलेर १० मिनेटको भिडियोको साइज पनि ५८०MB को भएकोले राख्‍न मिलेन पछि Try गर्ने छुँ । खेल समाप्‍त भए पछिका केहि फोटोहरु तल राख्दैं छुँ ।

pretty girl

Aree

Areee

Jokers

Foreigner

म सँगै गएको साथी पुष्पराज डंगोल

अनि आज बाट दोस्रो चरणको खेल जर्मनी र स्वीडेन बीच र अर्जेन्टिना र मेक्सिको बीच हुनेछ । विस्तृत जानकारीको लागी यहाँ क्लिक गर्नुहोस् । खेलको Highlights भिडियो हेर्न लागी यहाँ क्लिक गर्नुहोस् ।
बाँकी समय तालिका तल :

१६औं राउण्ड

खेल तारिख तारिख   टिमहरु   समय  
49 24 June 2006 Munich GER:SWE 17:00
50 24 June 2006 Leipzig ARG:MEX 21:00
51 25 June 2006 Stuttgart ENG:ECU 17:00
52 25 June 2006 Nuremberg POR:NED 21:00
53 26 June 2006 Kaiserslautern ITA:AUS 17:00
54 26 June 2006 Cologne SUI:UKR 21:00
55 27 June 2006 Dortmund BRA:GHA 17:00
56 27 June 2006 Hanover ESP:FRA 21:00

जुन २३ सम्मको खेल नतिजा

युक्रेन १ : ट्युनिसिया ०
साउदि ० : स्पेन १
स्विस २ : कोरिया ०
टोगो ० : फ्रान्स २
(more…)

June 3, 2006

माओवादीको खुलामञ्चमा ऐतिहासिक आमसभा

काठमाडौं/जेठ २०,

दस वर्षदेखि सशस्त्र संघर्ष गर्दै आएको माओवादीले शुक्रबार पहिलो पटक राजधानीको खुलामंञ्चमा माओवादीका १२ भन्दा वढी केन्द्रीय नेताहरूको सहभागितामा अत्यन्तै व्यवस्थित र संयम भएर शान्तिपूर्ण ढंगले विशाल जनसभा गर्‍यो । बेथान, प्रताप र वासु स्मृति बिग्रेडमा कार्यरत प्रायः जनमुक्ति सेना तथा कमान्डहरू उपस्थित थिए । उनीहरूको परिचालन विशेष कमान्डका इन्चार्ज अनन्तले गरिरहेका थिए । केही सञ्चारकर्मी बाहेकले सार्वजनिक रूपमा अनन्तलाई अरूले अनुमान गर्नै सकेनन् । महराले भाषण गरिसक्दा पनि अरू वक्ता छन् भन्दा कोही थप ठूला नेता आउँछन् कि भन्ने शंकामा माओवादी अध्यक्ष प्रचण्ड सभामा आउँछन् कि भन्ने भान धेरैलाई भयो । प्रचण्डको फोटो अंकित राजधानी छाएको पोस्टरले गर्दा धेरैको अनुमानमा यही थियो, प्रचण्ड त आएनन् तर प्रचण्डका बुवा मुक्तिराम दाहाल मञ्चमा आएका थिए । (more…)

May 6, 2006

जन-आन्दोलनका फोटोहरु

Filed under: Photos

6th May,
२०४६ सालको जन-आन्दोलनको बारेमा त खासैं थाहाँ छैन मलाई, त्यसबेला म सायद सानैं थिए र इण्डियाको कुनैं विधालयमा अध्यनरत थिए , तर जे-जति कुरा सुनेको थिए लाग्थ्यो त्यस बेला पनि आन्दोलन निकै चर्केको थियो रे , तर कस्तो अभाग्य यस पल्ट पनि म आफ्नो देशमा छैन, तर पनि इनर्टरनेट मिडिया मार्फत सुने देखें र प्रत्यक्ष अनुभव गरें । निंरकुश शासकहरुको हिंसक दमन र नेपाली जनताको स्वंतन्त्रता प्राप्‍तिको जोश , निंरकुश शासकहरुलाई जडैं देखि उखलेर फाल्नें जोश । ति दमन अनि जोशहरुलाई म यस ब्लग मार्फत फोटोको रुपमा ढिलैं भएपनि राख्‍न गैं रहेको छु । जुन् फोटोहरु भविष्यको लागि सुरक्षित हुनेछ । यहाँ राख्‍न लागेका यि फोटोहरु मैलें Yahoo, chitwan.com, merosansar, hknepal अनि अन्य साइट एंव ब्लग बाट कपी पेस्ट गरेको हुँ , ति विभिन्न साइट बाट निकालेको हुँदा म ति साइट प्रति आभार प्रकट गर्नका साथै क्षमा चाहान्छु । फोटोहरु हेर्नलाई भित्र आउनुहोस्:- (more…)

January 15, 2006

आकाश छुने रहर:विश्‍वका १० सब भन्‍दा अग्‍ला भवनहरु

विश्‍वका दश आकाश छुने भवनहरु:मानिस एक चेतनशील प्राणी भएकोले उ हरेक कुरामा सधैं अगाडी हुन्‌ चाहन्‍छ र छ पनि!,नभएको कुरा पाउन चहान्‍छ ,नदेखेको कुरा देख्‍न चाहन्‍छ र नगएको ठाँउमा जान्‌ चाहन्‍छ । सायद त्‍यही भएर मानिस सधैं अगाडी छ । त्‍यसैं क्रममा मानिसले बनाएका हरेक कुराको छनोट हुन्‍छ, त्‍यही छनोटमा पर्न गएका विश्‍वका सबभन्‍दा अग्‍ला दश आकाश छुने भवनहरु यस प्रकार छन्‌ : (more…)

December 22, 2005

Miss Thai..2005

Filed under: Photos

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users