Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

September 30, 2006

कोरियामा दशैं तिहार- १

आश्विन/१४ गतें (कालरात्री),

नेपालीहरुको महान चाड बडा दशैंले घर-घरको दैलो टेकेको छ । प्रत्येक नेपालीहरुको मुखबाट मात्र दशैंको कुरा सुन्न सकिन्छ , स्वदेशमा होस् वा विदेशमा । कोरियाको प्रवासी भुमिमा रहेरपनि सकृय नेपालीहरुद्वारा सगंठित विभिन्न संघ-सस्थालें प्रत्येक वर्ष झैं यस वर्षपनि दशैं धुमधामले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ । दशैंको नवमीको दिन अक्टुबर १ तारिखमा आन्याङको प्रवासी मजदुर गृह (जन जिन सेन्टर)मा “दशैं र तिहार” उत्सव कोरिया स्थित बिभिन्न संघ-सस्थले आयोजना गरेको छ । त्यस्तै बडा दशैं र कोरियाली चाड “छुसक” को अवसर पारेर अक्टुबरकै ५ , ६ र ७ तारिख क्रमश: स्याङ्जा प्रदेशी युवा क्लबका “आँधी खोला साँझ” , मगर समाजका “रमाईलो सांस्कृतिक सौगात” र लमजुङ्ग परिवारका “मह अभिन्नदन” को आयोजना गर्ने भएको छ ।

विस्तृत जानकारी ( कार्यक्रमको समय, ठाँउ,कलाकारहरु, टिकट दर र सम्पर्क आदि)को लागी सम्बन्धित फोटोहरुमा क्लिक गर्नुहोस् ।

(more…)

August 27, 2006

‘पोइल जान पाम्’को भिडियो

भाद्र ११,

गृह जिल्ला दाङवाटै गायिका एवं समाचार वाचिका कोमल ओलीको ‘पोइल जान पाम्’ नामक गीति एल्वम प्रतिवन्ध लगाउन माग गर्दै महिला पत्रकार मंच दाङले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी उक्त एल्वम सार्वजनिक रुपमा वहिष्कार गर्न आम जनसमुदायमा अपिल गरेको थियो । यो आवाज उठेपछि उनको एल्वम सर्बाधिक विवादमा फ़सेको छ । चाड पर्वलाई हतियार बनाएर पैसाका लागि महिलाहरुलाई होच्याउने, अपहेलित गर्ने, आत्मसम्मान र स्वाभिमानमा चोट पुराउने तथा किशोरीहरुको बालमस्तिष्कमा विकृत सन्देश भरिदिने गीतलाई प्रतिवन्ध लगाउन जोडदार माग भएको थियो । महिला अस्मितामाथि प्रहार गर्ने गीतको निन्दा गर्दै उक्त गीतको प्रचारप्रसार, विक्री वितरण नगरीदिनुहुन आम जनसमुदाय, संचार संस्था, व्यापारी लगायत सबैमा मंचले अनुरोध गरेको छ ।

तीज आउनुअघि नै तीजगीतका नाममा बजारमा आएको त्यो एउटा उत्ताउलो गीतको शब्द रत्यौलीको जस्तो छ, जुन खुला समाजले पचाउन गाह्रो पर्छ । कोमल वलीको कोकिल स्वरले भिजेको त्यो गीतले तीजको मौलिक पहिचानमाथि घोडा चढेको छ, उसले तीजगीतमार्फ् भगवान् शिवसँग ‘यसपालि त पोइला जान पाम्’ भनेर रोइकराइ गरेकी छ । गीतमा जसरी पनि यसपालि त पोइला जान पाऊँ भन्ने शब्दलाई दोहोर्‍याई-तेहेर्‍याई पाम् पाम् पाम् भनेर थपडी मार्दै प्रस्तुत गरिएको छ । फुर्सद डट कम बाट लिएको यो ‘पोइल जान पाम्’ भन्ने भिडियो हेर्नलाई भित्र आउनुहोला । (more…)

August 24, 2006

सुरुङ्ग खनेर ६ जना कैदीहरु फरार

काठमाडौ/८ भाद्र,

कुनैं हिन्दी फिल्ममा सजिलै सँग जेल तोडेर ,गार्डहरुलाई पिटेर वा अन्य केहि गरी कैदीहरु भागेको प्राय: देख्‍न सकिन्छ तर वास्तविक जिवनमा पनि यस्तो घटना भएको छ । हिजो कपिलवस्तु कारागारबाट राति १५ फिटको सुरुङ्ग खनेर ५८ जना कैदी मध्ये ६ जना कैदी फरार भएका छन् । आज बिहान कारागारका कर्मचारीहरुले ढोका खोलेर हेर्दा मात्र यो कुरा थाहा भएको थियो । २५ कर्मचारीहरु भएको कारागारमा यत्रो सुरुङ्ग खन्दा पनि थाहा नपाउनुमा कारागारका कर्मचारीको पनि मिलोमतो भएको शंङ्का जो कोहिले पनि गर्न सक्छ । उक्त सुरुङ्ग खन्न भित्र बाट मात्र हो वा बाहिरबाट पनि खनिएको थियो, उक्त कुरा खुल्न आएको छैन । फरार हुनेमा टेकबहादुर थापा, अतिश राई, आइते परियार, नारायण नेपाली, दिनेश विक र सुर्य परियार रहेका छन् भनें ५८ जना कैदी मध्ये बाँकि रहेको ५२ जनालाई नभागेको अनुशासित भन्दैं पुरस्कार प्रदान गरिएको थियो र कारागारबाट भागेको कैदीको खोजी तीब्र बनाइएको छ।

August 18, 2006

पेन्टी भित्र १.४४ कि.ग्रा.हिरोइन

चीन/१८ अगस्त,

छिमेकी राष्ट्र चीनको शांघाई विमानस्थलमा हिजो बिहिबार एउटा महिलालाई १.४४ किलोग्राम हिरोइन (लागु पदार्थ) सहित पुलिसले पक्राउ गरेको छ । चीनको एउटा दैनिक पत्रिका ‘चाइना डेली’ अनुसार बुहानमा बसोबास गर्ने ४२ वर्षिय वांग झिक्विनले आफ्नो सामानको एउटा बक्समा १५ वटा पेन्टी (underwear) भित्र १.४४ कि.ग्रा.हिरोइन लुकाएर लैजान लाग्दा पक्रेको थियो । एक गुप्तचरको द्वारा पाएको खबरको भरमा उक्त महिलालाई पक्रिएको थियो भने हिरोइन लुकाएको सबै पेन्टी हिरोइनले भिजेको थियो । महिलालाई अदालतमा उभ्याइएपछि महिलाले त्यो सामान आफ्नो नरहेको र कसैले आँफुलाई फसाउने षढयन्त्र गरेको हो, बाताएकी छिन् भनें उक्त महिला दोषी ठहरिएमा चीनको कानुन अनुसार मृत्युदण्ड दिईने कुरा पनि ‘चाइना डेली’ खुलासा गरेको छ ।

July 31, 2006

राष्ट्रिय गानको छनोट

काठमाण्डौ/श्रावण १५,

प्रतिनिधिसभा घोषणा कार्यान्वयन सुझाव समितिमा राष्ट्रिय गान उपलब्ध गराइ दिनका लागी अन्तिम म्याद श्रावण ७ गते सम्ममा मात्र ३७ वटा गीत प्राप्त भएको थियो तर गएको एक सातामा थप ३७ वटा थपिएर राष्ट्रिय गानका लागि प्रस्ताविन गीतको संख्या ७४ पुगेको छ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आवश्यक कारबाहीका लागि पठाइएकेको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्र कवि माधवप्रसाद घिमिरे, धर्मराज थापालगायत धेरै युवा कविबाट राष्ट्रिय गानका रचनाहरू प्राप्त हुन आएको छ र राम्रो गीत, रचनाहरु अझै स्विकार्य हुने पनि जानकारी गराइएको छ । राष्ट्रिय गानको चयन इतिहासकार, राजनीतिक वैज्ञानिक, साहित्यकार, नागरिक समाजका प्रतिष्ठित व्यक्तित्वहरू, सङ्गीतज्ञ र गायकहरू समेतको समितिबाट हुनेछ ।

July 28, 2006

थप तीन महिना युध्दविरामको घोषणा

काठमाडौ/श्रावण १२,

नेकपा माओवादीले एक विज्ञप्ति प्रकाशित गरी तीन महिना अगाडि घोषणा गरेको एकपक्षीय युध्दविराम आज सकिएपछि थप तीन महिनाको म्याद बढाई युद्धविरामको घोषणा गरेकोछ। माओवादीका अध्यक्ष प्रचण्डद्वारा आज शुक्रबार जारी विज्ञप्तिमा आठ बूँदे सहमतिको मर्म अनुसार शान्ति वार्ता अगाडि बढाउन युद्धविरामको घोषणा गरिएको भनिएको छ। शान्ति र गणतन्त्रका लागि उर्लिएको ऐतिहासिक जनआन्दोलनको मर्म र भावनाअनुसार संविधान सभा मार्फत् शान्तिपूर्ण ढंगले नयां नेपालको निर्माण गर्ने उद्देश्य सहित माओवादीले एकपक्षीय रुपमा गरेको तीन महिने युद्धविरामको अवधि आज पुरा भएको र शान्ति प्रक्रियामा विभिन्न बाधा अडचन आइरहेको बेलामा युध्दविरामको अवधि तीन महिनाका लागि थप गरिएको हो।

July 22, 2006

नेपालमा एक जिल्ला थप

श्रावण ६,

माओवदीले शनिवार आयोजित एककार्यक्रममा बैतडी र डडेलधुरा जिल्लाको सदरमुकाम देखि टाढा पर्ने गा.वि.स.हरुलाई मिलाएर एउटा छुट्टै नयाँ जिल्लाको घोषणा गरेको छ। राज्यबाट उपेक्षित रहँदै आएको मेलौली क्षेत्रका २१ वटा र सो क्षेत्र सँग जोडिएको डडेलधुराको तीन वटा गा.वि.स. हरुलाई मिलाई माओवदीले बनाएको नयाँ जिल्ला ‘सोराड’ नामकरण गरिएको छ । दुवै जिल्लाको सदरमुकाम देखि निकै टाढा र विकटमा रहेको ‘सोराड’ जिल्लाको घोषणालाई लिएर राजनैतिक दलहरु र नागरिक समाजले अझैसम्म कुनै प्रतिक्रिया जनाएको छैन । यस अघि बैतडीमा एक नगरपालिका सहित ६२ गा.वि.स. र डडेलुरामा पनि एक नगरपालिका सहित १९ गा.वि.स. थियो । यसरी माओवदीले घोषणा गरेको नयाँ जिल्ला सहितनेपालमा अब ७६ जिल्ला हुन् पुगेको छ ।

July 21, 2006

दैनिक बढेको चोरी-डकैती

काठमाण्डौ/श्रावण ५,

जनआन्दोलनको सफलता पछि राजधानीमा दैनिक बढेको चोरी-डकैती र लुटमारलें नेपाल प्रहरीलाई हैराननै पारिसक्यो । हिजो राती ठमेलको किचन रेस्टुरेन्टबाट सात राउण्ड गोली लोड गरिएको इटालीमा बनेको लेखिएको पेस्तोल सहित राजधानीमा गुण्डागर्दी गर्दै हिड्नें एक टोलीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गणेश लामा, रमेश श्रेष्ठ, रमेश राई, गौरीलाल,श्यामकाजी, सञ्जीव डंगोल र सुमनमान सिंह रहेका छन् घटनामा संग्लन अन्यको व्यापक खोजीकार्य भैरहेको छ भनें, आज दिउँसोमात्र टेकुको बागमती चैम्बरको चौथो तल्लामा अवस्थित कन्टिनेन्टल मार्केटिङ प्रालिको काउन्टरबाट हतियारधारी समुहले पेस्तोल देखाई २० लाख नगद र २ लाख बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान शाखाले एउटा विशेष टोली बनाई खोजी कार्य सुरु गरेको छ।

July 19, 2006

पूर्व कप्तानद्वारा आत्महत्या

19th July,

सन् १९९३मा छिमेकी राष्ट्र भारतको सर्वश्रेष्ठ फुटबल खिलाडीको पुरस्कार पाएको भारतीय फुटबल टीमको पूर्व कप्तान वी.पी. सत्यनलें हिजो चेन्नाईमा तीव्र गतिमा आइरहेको रेलगाडीको अगाडी हामफाली आत्महत्या गरेको खबर थाहा हुन् आएको छ । उनको छेउमा पाएको एक अग्रेजी पत्र अनुसार धेरै जुवा-तास खेल्नें र रक्सी पिउनें गरेकोले आफ्नो पैसा, इज्जत र आत्मसम्मान गुमाएकोले आत्महत्या गर्नु परेको लेखिएको थियो । एक स्थानिय बैंकमा सहायक म्यानेजरको काम गरिरहेको सत्यनको श्रीमति र छोरा-छोरीसमेत छन् ।

July 15, 2006

पहिरोले गाँउनै सखाप पार्‍यो

कास्की/अषाढ ३१,

आजको समाचारको हेडलाइनमा रहेको कास्की जिल्लाको दाङसिङ गा.वि.स.(म्याग्दी-मुस्ताङ जाने बाटोमा रहेको गाउँ) मा गएको पहिरोलें ९ वटा घर पुरेर त्यसमा वसोबास गर्दै आएका परिवार मध्ये १७ जनालाई पुरेको( मृत फेला पारेको) र लगभग १५ जना बेपत्ता भएको खबर छ । हिजो राती आएको अबिरल वर्षापछि दाङसिङ गा.वि.स.को उल्लेरी नेपाने गाउंमा गएको पहिरोले ९ वटा घर पुर्ण रुपले बगाएको थियो भनें २० भन्दा बढि घरलाई क्षतिग्रस्त बनाएको थियो । पोखरादेखि लगभग ५० कि.मी. पश्चिम उत्तरमा पर्ने सो गाँउमा गएको पहिरोले त्यस गाँउको दर्जनौ चौपायाहरु पनि बगाएको छ । उद्धार कार्यको लागी पोखरा, छिमेकी जिल्ला पर्वतबाट उद्धार टोली, सुरक्षाकर्मीहरू, रेडक्रसका टोली, कास्कीबाट माओवादीको एक टोली र नजिकका स्थानीय बासिन्दाहरू समेतको सहयोग रहेको छ।

आधुनिकरणले गर्दा वन जंगल विनाश भएपछि अषाढ-श्रावण महिनामा प्रत्येक वर्ष अनेकौले ज्यान गुमाउनुको साथै लाखौको सम्पत्ति नाश हुदै आईरहेकोलें सबैको ध्यान वृक्षारोपण तिर पनि लागे यो समस्या अलिकत भएपनि हल हुनें थियो होला । “एउटा रुख काटौ तर त्यसको बदलामा दुई वटा रुख रोपौ ।”

July 12, 2006

मुम्बईमा बम बिस्फोट

12th July,

छिमेकी इण्डियाको मुम्बई शहरमा हिजो मंगलबार साँझ सातवटा लोकल ट्रेनहरुमा अज्ञात आंतकवादी समूहले श्रृंखलाबद्ध एकपछि अर्को गरी ७ वटा ठूला ठूला बम बिस्फोट गराउंदा १ सय ७४ जनाको मृत्यु भइसकेको छ भने मृतकको संख्या बढ्न सक्ने बताएका छन्। साँझ ६:२४ देखि सुरुभएको बम धमका ११ मिनेटभित्र ७ वटा लोकल स्टेशन खार, माहिम, माटुंगा, मीरा रोड, जागेश्वरी, बोरीबली र बान्द्रास्थित स्टेशन तथा रेलहरूमा लगात्तर विस्फोट भएका थिए। प्रहरी अधिकारीले दिएको पछिल्लो जानकारी अनुसार १ सय ७४ जनाको मृत्यु भएको छ भने करिव ४ सय भन्दा बढी घाइते भएको बताइएको छ। घटनापछि मुम्बई शहर आतंकित र त्रासित बनेको थियो र केही क्षेत्रहरूमा टेलिफोन सेवाहरुसमेत अबरूद्घ भएका थिए।

July 8, 2006

मनी ट्रान्सफरका म्यानेजर टाप

नेपालगन्ज/२४ अषाढ

एक प्रसिद्ध अन्तराष्ट्रिय मनी ट्रान्सफरका रुपमा चिनिने प्रभु मनी ट्रान्सफरका नेपालगन्जमा रहेको शाखा कार्यालयका म्यानेजर लेखबहादुर केसीले करिब २५ लाख रुपैयाँको पैसाको कुम्लो बोकेर फरार भएका छन् ।बागेश्वरी-५ मनकामनापुर गाउँ घर भई नेपालगन्ज बस्दै आएका केसी परिवारसहित बिहीबार बिहानै भागेको कार्यालयले जनाएको छ । म्यानेजरले गरेको अनियमिताका बारेमा प्रधान कार्यालयमा छानबिनकै लागि आफू काठमाण्डौं गएको मौका पारेर म्यानेजर पैसा लिएर भागेको नेपालगन्ज इन्चार्ज बिन्दु शेरचनले बताए । गत वर्ष केन्द्रबाट पठाइएको ६ लाखमध्ये ४ लाख रुपैयाँको तथ्यांक लेखापरीक्षणमा नदेखिएपछि त्यसको छानबिनका लागि इन्चार्ज शेरचन अषाढ १२ गते काठमाडौं जानुभएको थियो । बिहीबार इन्चार्ज फर्कने थाहा पाएपछि म्यानेजर केसी भागेको बताइएको छ ।

July 7, 2006

आफ्नो टाउकोको हड्डी हातमा

२३ अषाढ,

Sambhu Roy
इण्डियाको कोलकतामा शम्भु राय नामक एक व्यक्तिलें आफ्नो टाउकोको एक भाग हड्डी बाहिर निकालेर देखाउदा त्यहाँ रमिता नैं बनेको छ । टाढा टाढा बाट शम्भु रायको टाउको हेर्न मान्छेहरुको अस्पतालमा भिड हुन्छ । एउटा जिवित मान्छेको टाउकोको एक भाग हड्डी बाहिर आएको देख्दा त के सुन्दा पनि आङ सिरिङ्ग हुन्छ । रायको अघिल्लो साल बिजुलीको झट्का लागेको थियो जस्ले गर्दा रायको टाउको जलेको थियो , उपचार गर्दा गर्दै केहि महिना पछि टाउकोको हड्डीको सो भाग बाहिर आएको हो बनेर डाँक्टर भन्छन् । अहिले रायलाई कुनै किसिमको खतरा छैन, हड्डी निस्केको ठाँउ बाट अर्कै नयाँ हड्डी पलाउन लागेको छ । अहिले अस्पतालमा भएको शम्भु आफ्नो टाउकोको हड्डी हातमा लिएर ‘ यसलें मलाई चर्चामा ल्यायो , मेरो नाँउ कमायो , यसलाई म सधैं आँफु सँग राख्छु ।’ भन्दैं हिड्छन् ।

July 6, 2006

परीक्षामा फेल भएपछि आत्महत्या

२२ अषाढ,

सप्तरीको राजविराजकी १६ वषिर्या सुनिता चौधरी र सुनसरीकी १७ वषिर्या निलम दंगालले विधार्थी जिवनको Iron Gate एसएलसी परीक्षामा फेल भएपछि आज आत्महत्या गरेका छन् । सुनिता चौधरीले किटनाशक औषधि सेवन गरेर र निलम दंगालले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको खबर छ ।

पोखराको अमर सिंह माविबाट एसएलसी दिएका १७ जना दृष्टिविहीन विद्यार्थी मध्येबाट १६ जना प्रथम र एक जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन् र पाल्पाको जमघडा माविबाट ३ दृष्टिविहीन विद्यार्थी पनि प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । २०६२ सालको नियमित तर्फ जम्मा १ लाख ४ सय ५४ जना विद्यार्थी जम्मा ४६.५१% प्रतिशत उत्तिर्ण भएका छन् । यस वर्ष विशिष्ट श्रेणीमा ४ हजार जना परेका छन् भने प्रथम श्रेणीमा ४१ हजार नौ सय ८३ जना उत्तीर्ण भएका छन् । यसैगरी दोस्रो श्रेणीमा ५३ हजार सात सय ७७ जना र तृतीय श्रेणीमा ४ हजार ८ सय ९४ जना विद्यार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्ष देखि एसएलसीको बोर्ड प्रथा हटाइएको छ ।

July 5, 2006

SLC को नतिजा आज

अषाढ २१ गतें,

सानो ठिमी भक्तपुर परीक्षा नियन्त्रण कार्यालयले जनाए अनुसार एस.एल.सी. परीक्षाको नतिजा आज बुधबार सांझ ६ बजे पछि प्रकाशित गरिने भएको छ। यस पटकको परीक्षामा ३ लाख ३२ हजार भन्दा बढि बिद्यार्थीहरु सामेल रहेका छन्। बिद्यार्थीहरुको सुविधाको लागि राति १२ बजेमात्र प्रकाशित गरिदैं आएको परीक्षाको परिणाम यसपल्ट बेलुकी ६ बजे पछि गर्न लागिएको जनाएको छ। चैत १४ गते देखि भएको परिक्षाको परिक्षाफल गएको वर्षहरु झैं चाँडै प्रकाशन गरिने भनिएपनि यसपल्ट आन्दोलनका कारण ढिला भएको हो भनिएको छ । परीक्षाफल गोरखापत्र, www.moe.gov.npwww.doe.gov.np वेब साइटहरू र दुरसंञ्चार, टेलिफोन एवं मोवाईलवाट पनि परीक्षाफल थाहा पाउन सकिने छ।

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users