Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

April 18, 2008

निर्वाचनको यो परिणाम

ऐतिहासिक रुपमा पहिलो पटक नेपालमा संविधानसभाको निर्वाचन सम्पन्न भएको छ ।  निर्वाचनको परिणाम पनि  करीब करीब आइसकेको छ । केही स्थानमा निर्वाचन हुन बाँकी रहे पनि अधिंकाश ठाउँमा निर्वाचन भइसकेको छ । निर्वाचनको परिणामले माओवादीलाई ठुलो दलको रुपमा स्थापित गराएको छ । अहिलेको चुनावी परिणामले सवैलाई आश्चर्य तुल्याएको छ ।

दस वर्ष भन्दा बढी हतियारको लडाई लड्दै आएको माओवादी पहिलो पटक संविधानसभाको निर्वाचनमा सहभागी भएर बहुमत हासिल गरेको छ । निर्वाचनको यो परिणामले विश्व समुदाय समेत अचम्ममा परेको छ । यस्तो परिणाम आउँला भनेर स्वयं माओवादीले समेत कल्पना गरेको थिएन ।
तर जनलहर अप्रत्यासित रुपमा उर्लिएर माओवादी तर्फ गइदियो । यो परिणामबाट माओवादी समेत दंगदास देखिएको छ । माओवादी नेतृत्वले समेत आफनो पक्षमा यस किसिमको जनलहर आउला भने सोचेको मात्र हैन कल्पना समेत गरेको थिएन । तर वास्तविकता अर्कै भइदियो । निर्वाचनको परिणामले माओवादी मुलुककै सवैभन्दा ठुलो दलको रुपमा स्थापित हुन पुग्यो । पहिलो र दोस्रो दलको दर्जा पाएका काग्रेस र एमालेलाई यो परिणामले पछि धकेलेर छाड्यो । 

प्रत्यक्ष निर्वाचनमा उत्साहजनक परिणाम नआउने देखेर नै माओवादीले समानुपातिक निर्वाचन प्रणालीको मागलाई अघि सारेका थिए । (more…)

December 26, 2006

बुद्घको नाम बदनाम नहोस्


तपस्वी रामबहादुर बमजन दस महिनापछि महेन्द्र राजमार्गको निजगढ-पतलैया खण्डको आठकिलो भन्ने ठाउँबाट ५ किलोमिटर उत्तर जंगलमा धारिलो तरबार सहित सिकारीहरूले तपस्यारत अवस्थामा फेला पारेका छन् । पुष्ट शरीर, लामो कपाल भएका बमजन यसपटक मिजासिलो रूपमा देखिएका छन् र तरबार बारेको सञ्चारकर्मी र सर्वसाधारणको जिज्ञासालाई विनम्रता पूर्वशान्त पारेका थिए । तपस्या स्थलमा कोलाहल हुन नदिन र अनुयायीहरूलाई १०/१५ हात परबाट दर्शन गर्न र त्यहाँदेखि ५ किमी पश्चिमस्थित ऐतिहासिक हलखोरीया दह छेउ बस्ने इच्छा उनले व्यक्त गरेका छन् । अझै अन्न नखाएको र जंगली जडिबुटी मात्र खाई बारा, पर्सा र रौतहटको जंगलमा तपस्या गरिरहेको पनि बताए ।
कान्तिपुर दैनिक (more…)

October 16, 2006

अझैं पनि राजतन्त्र र हतियार….मै सिमित !

आश्विन ३०,

देश र देशवासीको चिन्ता नगरी हतियार व्यवस्थापन र राजतन्त्रलाई नै लिएर महिनौ देखिको शिखर वार्ता फेरी पनि विना निष्कर्ष भएको छ । अझ यसपाली त सधैं झै अर्को वार्ता कहिले हुने हो त्यो पनि घोषणा भएको छैन । भनौ!! वार्ता विना निष्कर्ष अनिश्चितकालसम्मको अर्को सुचना नआएसम्मको लागि स्थगित भएको छ र वार्ता पछि पत्रकार सम्मेलनको आयोजना पनि भएन । (more…)

September 3, 2006

राष्ट्रपति हत्याको टीवी ‘ड्रामा’

भाद्र १८,

ब्रिटेनको एक टीवी चैनल ‘चैनल फोर’लें अमरीकाको राष्ट्रपति जॉर्ज बुशको हत्या गरिएको एउटा टीवी ड्रामा बनाएको छ । टीवी ड्रामाको नाम ‘डेथ ऑफ ए प्रेसीडेन्ट’ हो । यस ड्रामामा राष्ट्रपति जॉर्ज बुशलाई गोली हानेर हत्या गरिएको देखाइएको छ । आतंकवाद विरुद्ध युद्धको प्रभावलाई देखाउन बनाइएको उक्त ड्रामा ९० मिनेटको छ र सन् २००७मा शिकागो भ्रमणको बेला हत्या गरिएको देखाइएको छ । आगामी महिना टोरन्टोमा यस फिल्मको ‘प्रीमियर-सो’ हुनेछ र त्यस पछि ब्रिटेनकै अर्को चैनल ‘चैनल मोर फोर’मा पनि देखाइने छ, तर टेक्ससमा रिपब्लिकन पार्टीले यस ड्रामाको कडा विरोध गरेको छ । यस ड्रामाको कारणले राष्ट्रपतिको हत्याको प्रयास हुन् सक्ने पनि सम्भावना बताइएको छ । राष्ट्रपतिको विरुद्ध भावना बोकेका मानिसहरुको कमि नरहेको र यस ड्रामाले तिनीहरुलाई प्रोत्साहन दिने तत्व हुन् सक्ने बताउदै यस ड्रामाको प्रसारणमा रोक लगाइने भनिएको छ , तर ‘चैनल मोर फोर’का प्रमुख पिटर डेल यो ड्रामा ‘डेथ ऑफ ए प्रेसीडेन्ट’को पुरा भाग हेरेपछि मात्र यसलाई एउटा राम्रो कामको नाम दिइने कुरामा विश्वास गर्नुहुन्छ । हामीले उक्त ड्रामा हेर्ने मौका त पाउँछौ/पाउँदैनौ तर यो त हेर्न सकिन्छ नि !! (more…)

September 2, 2006

वार्ता विफल बनाउने प्रयास

काठमाण्डौ/भाद्र १७,

नेपाली सेनाको एक टुकडीद्वारा नेकपा माओवादी अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई लगायत अन्य वरिष्ठ नेताको हत्या प्रयास भएको माओवादी प्रवक्ता कृष्णबहादुर महराले शुक्रबार राजधानीको वसन्तपुरमा आयोजित नेवाः मुक्ति मोर्चाको सम्मेलनलाई सम्बोधन गर्दै रहस्य खुलासा गरेका हुन् र उक्त योजनामा अमेरिकाको सहयोग रहेको पनि बताउनु भयो । वरिष्ठ नेताको हत्या गरी वार्ता असफल पार्ने योजनामा खटिएको सेनाको कमान्डो टोलीलाई माओवादीले तत्काल कव्जामा लिइएको र उनीहरूले सो योजना स्वीकारेको दाबी गर्दै केही दिनमै पक्राउ परेका सेनालाई सार्वजनिक गर्ने तर उक्त योजनामा खटिएका सेनाहरू कुन दर्जाका हुन् भन्ने विषयमा केही बताउनु भएन। जन-आन्दोलनको सफलतापछि वार्ता विफल बनाउने प्रयास एंव देशमा बिभिन्न किसिमको लुटपाट, डकैती र अन्य अपराधिक घटनाहरु भएकोले यसको सम्बन्ध दरबार सँग रहेको पनि अनुमान गरिएको छ भनें सो सम्बन्धमा गोप्य रुपमा जाँचबुझ पनि गरिएको छ भन्ने कुरा बुझिएको छ । (more…)

August 13, 2006

नेपालमा फेरी शान्ति आओस्

श्रावण २६,

[सानो छँदा एक वाक्य पढेको थिए, नेपाल शब्दको पुर्ण रुप भनेर :
N - Never
E - ends
P - peace
A - and
L- love
अर्थात ‘नेपालमा शान्ति र मायाको कहिल्यै अन्त हुदैन ।’ आशा गरौ यो पंक्ति फेरी सत्य भएर आओस् ।]

नयाँ नेपालका तीन वर्तमान महाशक्तिशाली पार्टी भनौ वा मानिस भनौ दृष्य वा अदृष्य मन्त्री, माओवादी र राजा हुन् । वर्तमान नेपाललाई बनाउन र बिगार्नमा यि महासयहरुको ठुलो योगदान छ । अहिले देशमा अशान्ति, लुटमार ,मारकाट, हडताल,जुलुस, बन्द,धर्ना वा छोटकरीमा एउटा देशलाई विकासोन्मुखको हरेक पाइलाहरुको अवरोध पुर्‍याउनमा कुनै न कुनै रुपमा हात रहेको छ । हरेकले कुनै पनि बेला नेपाललाई कुन् खोल्सामा लगेर फाँल्ने हो अनुमान गर्न सकिन्न। कसैको भर छैन, बस् मौकाको मात्र कमी छ, आफ्नो हातमा स्टेरिङ्ग आउन मात्र बाँकि छ। सबैलाई इन्डोनेशियाको भुकम्प झै आ-आफ्नो अपमानको बदलाको भावना फुटाउन मात्र बाँकि छ ।

भित्र भित्रै ठुलो शाक्ति संचय गरिरहेको र बाहिर अदृष्य रुपमा देशमा तहल्का मच्चाउनेहरु को के भर ? ‘आज मेरो हातमा पावर छ कसैलाई कुर्सीमा बसाल्छु, कसैको खुट्टा तानी कठघरामा उभ्याउछु, दोष मेरो पनि छ के थाहा भोली मेरोपनि त्यही हालत हुने हो कि ?’ भन्ने सोच बसिसकेको छ । मेरो बिचारमा त सबैलाई एक-एक गरि सबैलाई कानुनको कुर्सीमा उभ्याएर सोध्नु पर्छ,’ कसले देशलाई खोक्रो बनायो ? कसले जन्मायो माओवादी ? कसले बनायो नेपाली जनतालाई जन्मनु भन्दा अगाडी हजारौको ऋणी ? ‘ त्यति मात्र हैन धेरै कुराहरु छन् सोध्नु पर्ने । भोलि यदि केहि गरी राजा वा माओवादीको हातमा सरकार आयो भने (सकेसम्म नआउला) भोली गिरिजालाई कठघरामा उभ्याइनेछ , प्रश्न त के हो सोध्नलाई सबैलाई थाहा नै छ । अब मानौ माओवादीको अहिलेको अवस्था नभई एक आतंककारी घोषित हुन्थ्यो भने के हुन्थ्यो ? अहिले पो आफ्नो दममा कसैलाई औलामा नचाँएर जसो तसो जडा गाड्न सफल भयो । अझै पनि गाह्रो छ माओवादीलाई , केहि गरि सत्तामा आईहाले पनि के नेपाली जनताको छातीमा पाइला राखेकोलाई सरकार मान्लान् त ?? ल ठिकै छ बाहिरी मनले माने पनि के नेपाली जनताले भित्री मनले स्वीकार्ला ? सोचनिय छ । कसैले मान्लान् कुरा भिन्दै छ तर के त्यो नेपाली बाँउले मान्ला जसको उल्टो आँफैले माओवादीकै कारण आफ्नो छोराको रक्ताम्य शरिरलाई आगो दियो ? बाँउ मारेको छोराले त झन् पक्कै पनि मान्दैन होला । राजाले त पाउनु पर्ने धेरै कुरा पाई सक्यो तर पनि अझै अपुग छ र पुर्‍याउन पनि सकिदैन । (more…)

August 4, 2006

राजाको सम्पती विवरण

काठमाण्डौं/१९ शुक्रवार,

हिजो भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभुनारायण चौधरीले प्रतिनिधिसभा घोषणा भएको झण्डै दुई महिना पछि प्रतिनिधि सभाको प्राकृतिक स्रोत र साधन समितिमा राजा र राजपरिवारका सदस्यको नाउँमा झण्डै ३४,००० रोपनी जग्गा रहेको बताएका छन् । उक्त जानकारी दिंदै उनले शाही सम्पत्तीका बारेमा थप विवरण देशभरीबाट संकलन गर्ने काम भैरहेको बताए। विवरण अनुसार राजाको स्वामित्वमा रहेको नागार्जुन जंगल (लगभग २०,००० रोपनी), सुर्खेत जिल्लामा झण्डै ३५ विगाहा र ललितपुर तथा भक्तपुरमा पनि सयौं रोपनी जमिन रहेको उल्लेख छ। अधिकारीहरू चाहिं राजपरिवारका नाउँमा रहेको सम्पत्तिको प्रारम्भिक विवरण मात्रै भएको र राजपरिवारको चल-अचल सम्पत्ति यो भन्दा कयौं गुणा बढी हुनसक्ने र आउँदो साउन २८ गते पूर्ण विवरण पेशहुने बताइएको छ । भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभुनारायण चौधरीले दिएको दरबारका विभिन्न सदस्यहरुको नाममा रहेको सम्पतीको प्रारम्भिक विवरण चाँहि यस प्रकार छ : भित्र >> (more…)

July 30, 2006

नेपाली सेनाको बिग्रदै गएको छवि

काठमाण्डौ/१४ श्रावण,

कुनै फिल्मी तरिकाले भनौ वा माओबादी तरिकाले भनौ एउटै हो, राती लगभग २ बजे ४० जनाको हाराहारीमा सैनिकहरु २ वटा भ्यानमा सैनिक पोसाकमै आएर वडा प्रहरी कार्यालय दरबारमार्ग घेराउ गरी त्यहाँ कार्यरत प्रहरी निरीक्षक रामबहादुर केसी, सहायक निरीक्षक धर्मेन्द्र राय र जवान डिल्लीराम तामाङलाई अपहरण गरी महाराजगंजस्थित भैरवनाथ गणको ब्यारेकमा लगेर प्रहरीलाई पानीमा चोपल्दै कुटपिट गर्नुका साथै करेन्ट लगाएर चरम यातना दिईन्छ र लगभग २ घण्टाको यातना पछि घाइते प्रहरीहरुलाई बिहान ४ बजेतिर महाराजगंजस्थित वडा प्रहरी कार्यालयको टोली बोलाएर जिम्मा लगाईन्छ । यस्तो गर्ने अरु कोहि नभएर भैरवनाथ गणका क्याप्टेन रविन्द्र विक्रम राणा हुन् । स्मरण रहोस् यही ठाँउमा यसअघि माओवादीको आरोपमा पक्राउ गरिएका ४९ जनालाई समेत यसरी नै सोही गणमा हत्या गरिएको थियो ।

ठमेलको संचयकोष भवन अगाडि सडकमा अवरोध हुने गरी एउटा रातो गाडी राखिएपछि निरीक्षक केसीको नेतृत्वमा रहेको कार्यदलले बाटो अवरुद्ध हुने गरी गाडी रोक्नुको कारण माग्दा एक रेष्टुरेन्टबाट रक्सी खाएर निस्किदै गरेका सादा पोशाकमा रहेका क्याप्टेन राणा र उनका साथी विकेन्द्र सिंह विष्टले प्रहरीमाथि हातपात गरेको थियो । सोहि क्रममा राणा फरार भएपनि विष्टलाई पक्राउ गरेर वडा प्रहरी कार्यालयमा सोधपुछ भैरहेको बेलामा बा १ झ ८३०२ र ६२८३ नम्बरको दुई वटा भ्यानमा आएर अपहरण गरेका थिए। उक्त घटनाको कारबाही स्वरुप भैरवनाथ गणका क्याप्टेन रविन्द्र विक्रम राणालाई प्रधानमन्त्रीको निर्देशनमा निलम्बन गरिएको छ र घाइते प्रहरीहरुको आज बिहान वीर अस्पतालमा उपचार गरिएको थियो ।

नेपालमा अहिले नेपाली सेनाको छवि प्रहरीको भन्दा पनि गिरेको अवस्था छ र यसको लागी कही न कही दरबार सँग सम्बन्ध रहेको विज्ञहरु बताउछन् ।

June 20, 2006

शिखर बैठक पछि माओवादी गतिविधी

काठमाडौं/असार ६,

माओवादी अध्यक्ष प्रचण्ड र अर्का नेता डा. बाबुराम भट्टराई डोटीका विभिन्न स्थानमा कडा सुरक्षा बीच भैरी कर्णाली र सेती महाकाली क्षेत्रीय ब्युरोले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कार्यकर्ता प्रशिक्षणमा व्यस्त रहनु भएको छ । प्रशिक्षण स्थलमा ठुलो संख्यामा सैन्य पोशाकमा माओवादी सेना रहेको बताइएको छ ।

यसैबीच पर्वतमा माओवादी संयुक्त क्रान्तिकारी जनपरिषद पर्वतका उपप्रमुख बिष्णु लामिछाने जवर्जस्ती पर्वत जिल्ला विकास समितिका स्वघोषित कार्यवाहक सभापति बनेका छन्। स्वघोषित सभापति बनेका लामिछानेले पदभार ग्रहण गर्दै जातिय, वर्गिय, लैंगिक र क्षेत्रिय हिसावले काम गर्ने बताएका छन्। उनीहरुले कार्यालयको मुख्य प्रवेशद्वारमा जनपरिषदको झण्डा समेत गाडेका छन्। जनसरकार प्रमुख काम विशेषले बाहिर गएकाले लामिछानेलाई कार्यबाहक सभापति तोकिएको र उनको निर्णय मान्न कर्मचारी निर्देशन दिएका छन् । पर्वतका कार्यवाहक सभापति लालकाजि गुरुंगले माओवादीको यस कार्यलाई सात दल र माओवादीबीचको सहमति विपरित कार्य भन्दै विरोध जनाएका छन्।

उता माओवादीले नवलपरासी जि.वि.स.का पूर्व सदस्य बलवन्त यादवलाई बरासी बजारबाट अपहरण गरेका छन् । शाही सरकारका पालामा जिल्ला विकास समितिमा मनोनित यादवले जि.वि.स.मा अनियमितता गरेकाले छानविनका लागि उनलाई कब्जामा लिइएको बताइएको छ ।

May 23, 2006

यसरी त भएन नि!!

जेठ ९ गते,

विश्वमा इतिहासमा बेलायत पछि नेपालमा प्रथम पटक संसदको पुर्नस्थापना भएपछि देशमा दुई दशक देखि भै रहेको गृहयुद्घ समाप्‍तीको लागी सरकार पक्ष र माओवादी पक्ष दुबैतिर बाट युद्घ विराम भएपनि वार्ता अझैं हुन् सकेको छैन् । त्यसका लागी दुबै पक्ष दोषी देखिएका छन् । नेपाली जनताले सक्दो चाँडो देशमा शान्ति स्थापना भएको हेर्न चाहान्छन्, किनकी गएका दिनहरुमा भएको वार्ता भङ्ग पछिको देशको नाजुक अवस्थालाई सबैंले सम्झे-बुझेका छन् , दुबै पक्ष तिर बाट युद्घ विराम भएपनि माओवादी द्वारा सोमबार रौताहतमा भएको बम विष्फोटको घटनाले पुन: विचार गर्नुपर्ने अवस्था आएको छ । रौताहत ने.का.का सदस्य जोगन्द्र सहनीको घरमा भएको उक्त बम विष्फोटमा सहनीकी श्रीमति घाइते भएकी थिइन भनें दुबै छोरालाई अपहरण गरि भोलिपल्ट बिहानैं छाडेका थिए । एकातिर युद्घ विरामको घोषणा, वार्ताको तैयारी अवस्था अर्को तिर जथाभावी बम विस्फोट, इच्छा अनुसार चन्दा दिए लिने भन्ने अनि बे-लगाम चन्दा माग्दै हिड्ने , माओवादी तर्फले यस्तो गर्नु त भएन नि ! यस्ता घटनाहरु थपिदैं गएभनें र वार्तामा ढिलाई भएमा अबको नेपालको बारेमा साँचिक्कैं सोच्नुपर्ने हुन्छ । माओवादी तर्फ बाट भएको माग सरकारले पुरा गर्दै गएको र एक पछि अर्को माग बढ्दै गएको कुरा सबैलाई अवगात नैं छ , तर्सथ माओवादीले यदि साँचिक्कैं वार्ताको टेबलमा आउने हो भनें बिना शर्त प्रमुख नेताको नेतृत्वमा वार्तामा आउने र दुबै पक्ष इमानदार एंव लचिलो भई वार्ता सफल बनाउनको लागी जोड दिनुपर्छ भनें माओवादीको वार्ता टोली गठन भएको यत्तिका दिन भैं सक्दा पनि सरकार पक्ष कुर्सीको मोहमा पछि नलागेर, अगाडी नेपाली जनताको चाहाना ‘शान्ती’को लागी वार्तामा ढिलाई नगरी तुरन्त वार्ता टोली गठन गरी टेबलमा आउनुपर्ने देखिन्छ ।

March 11, 2006

लिटिल बुद्घको अत्तोपत्तो छैन

बारा जिल्लाको रतनपुरीमा विगत २९९ दिन देखि निराहार तपस्‍यामा रहेका भनिएका रामबहादुर बोम्जोम शनिवार बिहान कतिब ३/४ बजे तिर तपस्‍या स्थलबाट एकाएक गायब भए पछि धेरै शंका उपशंका गर्न थालिएको छ। अहिले रतनपुरी जंगलमा रामबहादुरको खोजी ठूलो सुरक्षाफौजका साथ भैं रहेको छ । त्‍यस्‍तैं तपश्विको साथमा साइला भनिने साइला तमाङ्ग पनि एकाएक गायब भएका छन ।
little buddha
‘Littel Buddha’को ध्‍यानस्‍थल अहिले शुन्‍य छ ।

राजधानीबाट प्रकासित हुने केही इन्टरनेट सस्कंरणहरुले तपश्विको अपहरण माओवादीले गरेको हुन सक्ने तर्क सहित समाचार सम्प्रेषण गरे पनि अहिले सम्म माओवादी पक्ष बाट त्यसको खण्डन या प्रतिकृया आएको छैन ।माओवादीहरु केही समय पहिला तपश्विको फोटो तथा सिडिहरु वेच विखनमा प्रतिवन्घ लगाएको थियो ।

यसमा धेरै तर्क वितर्क छन्‌ : किशोर तपश्विले आफ्‍नो तपस्‍या भंग गर्नु भएको पनि हुनसक्‍छ । , या कसैले अपहरण गर्न पनि सक्‍छ । , या तपश्विको लागि नयाँ प्रचार-प्रसार शैली हुन्‌ पनि सक्‍छ । अनि अन्‍य कतै नयाँ ठाँउमा तपस्‍या गर्न लाग्‍नु पो भा’ छ कि ?

लिटिल बुद्घको अन्‍तर्राष्‍ट्रिय उपनाम पाएको रामबहादुर बोम्जोमको स्‍तिथि अझैं सम्‍म अज्ञात नैं छ ।

January 29, 2006

त्रिवि बन्द

काठमाडौं, माघ १५ - त्रिभुवन विश्वविद्यालय प्रशासनले अकस्मात ‘हिउँदे बिदा’ थपेको छ । शनिबार साँझ त्रिवि सूचना शाखाले ‘उपत्यकाभित्रका आंगिक क्याम्पसको हिउँदे बिदा माघ १६ सम्म रहेकोमा विशेष कारणबस माघ २७ गतेसम्म थप गरिएको’ सूचना जारी गरेको छ ।
‘मैले टेलिभिजनमा सुनें,’ विश्वविद्यालय क्याम्पसका पि्रन्सिपल डा. हीराबहादुर महर्जनले भन्नुभयो- ‘बिदा थप्नुको कारण थाहा भएन ।’

कीर्तिपुर क्याम्पसका ३५ विभागसहित शंकरदेव, पद्मकन्या, आरआर, ल, सरस्वती, भक्तपुर, पाटन, महेन्द्ररत्न, मीनभवन, अस्कल, त्रिचन्द्र, इन्जिनियरिङ, मेडिसिनसहितका झन्डै चार दर्जन क्याम्पसमा ५० हजारभन्दा बढी विद्यार्थी छन् । काठमाडौं शिक्षा क्याम्पसका प्रमुख हरिविनोद अधिकारीका अनुसार ५० भन्दा बढी निजीसमेत प्रभावित हुनेछन् ।

‘विश्वविद्यालय क्यालेन्डरअनुसार चल्न सकेको छैन,’ त्रिवि नेविसंघ समितिका अध्यक्ष प्रणयसिंह मुन्नाले भन्नुभयो- ‘यो राजनीतीकरणको हामी खुलेर विरोध गर्नेछौं ।’ अर्का विद्यार्थी नेता प्रदीप पौडेलले विश्वविद्यालय निरंकुशताको ‘मतियार’ बनेको प्रतिक्रिया दिँदै ‘कालो निर्णयविरुद्ध’ आन्दोलनमा उत्रने बताउनुभयो । ‘विश्वविद्यालयमा समेत राजनीतिक पूर्वाग्रह र प्रभाव सहन सकिँदैन,’ प्र्राध्यापक संघका अध्यक्ष भूपति ढकाल ‘कमल’ ले भन्नुभयो ।

‘कथित नगर निर्वाचनको बहानामा विद्यार्थीदेखि डराएर क्याम्पस बन्द गर्नु नालायकी हो,’ अनेरास्ववियुका महासचिव ठाकुर गैरेले भन्नुभयो- ‘निर्णय तत्काल फिर्ता नगरे हामी संयुक्त आन्दोलनमा जानेछौं ।’

नियमित पढाइ हुन नसकेर र पठनपाठनसमेत प्रभावकारी बन्न नसक्दा अत्यन्त न्यून उत्तीर्ण प्रतिशत रहेको विश्वविद्यालयले ‘अरू उपाय अपनाउनुपर्ने’ पूर्वउपकुलपति केदारभक्त माथेमाले बताउनुभयो । ‘विश्वविद्यालयसमेत राजनीतिक प्रभावमा पर्नु उपयुक्त होइन,’ उहाँले भन्नुभयो- ‘यो क्षतिपूर्ति कसले गर्ने जवाफ आउनुपर्छ ।’

January 20, 2006

आज यस्‍तो छ,भोलि कस्‍तो होला..??

माघ ६ गते,
सात दलले शुक्रबार राजधानीमा गर्ने विशाल प्रदर्शन रोक्न सरकारले एकाबिहानैदेखि साँझसम्म कर्फ्‍यु लगाएको छ । प्रदर्शन निस्तेज पार्न बिहीबार सयभन्दा बढी नेता कार्यकर्ता गिरफ्तार गरेको छ । दर्जनौं नेताका घर खानतलासी समेत गरेको छ ।
तीन दिनदेखि राति मात्रै कर्फ्‍यु लगाउँदै आएको सरकारले प्रदर्शनका दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्मका लागि कर्फ्‍यु जारी गरेको हो । नेता कार्यकर्ता पक्राउ र खानतलासी गर्नु अघि सरकारले बिहीबार सबेरैदेखि सबै प्रकारका सञ्चार सम्पर्क विच्छेद गराएको थियो । मोबाइल, यूटीएल टेलिफोन अझै विच्छेद छन् भने दूरसञ्चारको टेलिफोन बिहान सवा ८ बजेपछि खोलिएको थियो । पक्राउ पर्नेमा प्रभावशाली नेता, कार्यकर्ता, मानव अधिकारवादी र नागरिक आन्दोलनका अगुवा छन् । सुरक्षाकर्मीको सूचीमा परेका केही नेता तथा कार्यकर्ता भूमिगत छन् । पक्राउ बिहान ४ बजेदेखि साँझसम्म जारी थियो ।
शीर्ष नेताहरूलाई टेलिफोन सम्पर्क विच्छेद गराएर अनौपचारिक नजरबन्दमा राखिएको छ । नजरबन्द राखिएकामा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलगायत छन् । (more…)

January 12, 2006

समलिंगीसँगै बस्न नपाएको झोंकमा आत्महत्या

January 12th, 2006
एचकेनेपाल बाट, जनवरी १२ –
महिला समलिङ्गी साथीसँग बस्न नपाएकोमा दिक्दारी मान्दै कञ्चनपुरमा एक १४ वर्षकी किशोरीले आत्महत्या गरेकी छिन्।
स्वतन्त्र समाचार सेवाले जनाए अनुसार कृष्णपुर-२ वाणीस्थित मुक्त कमैया शिविरकी १४ वर्षकी अनिता डगौराले सोही ठाउँकी १७ वर्षकी रेवती परियारसँग बस्न नपाएकाले यसो गरेकी हुन्।
दुई जनाबीचको सम्बन्ध प्रगाढ भएपछि एक साता अघि सधैं भरी बस्ने गरी अनिता आफ्नो साथीको घरमा गएकी थिइन्। तर दुईवटै किशोरीका आफन्तहरुले त्यसरी समलिङ्गी किशोरीहरुले सधैं भरी एउटै घरमा बस्न नसक्ने भनी फिर्ता जान आग्रह गरेपछि दुई दिनअघि अनिताले आत्महत्या गरेकी थिइन्। आत्महत्याको घटनापछि गाउँलेहरुले उनकी सहपाठी रेवतीलाई नियन्त्रणमा लिएका छन्।
रेवतीले अनितासँग आफ्नो गहिरो प्रेम रहेको र सँगै बस्न नपाएपछि उनले आत्महत्या गरेको बताइन्।

January 11, 2006

चार घण्टाका लागि राजा राजधानीमा

जनवरी १० –
पूर्वाञ्चलको तीन साता लामो अनौपचारिक भ्रमणमा रहेका राजा सोमबार अकस्मात् चार घण्टाका लागि राजधानी आएर पुनः पूर्वतर्फ लागेका छन्।

राजा यसरी अकस्मात् आउनुको कारण चाहिँ मन्त्रिपरिषदका अध्यक्षको हैसियतले मन्त्रिपरिषदको बैठकको अध्यक्षता गर्नका लागि रहेछ। माघ १९ पछि देशमा प्रधानमन्त्रीको हैसियतको कामसमेत राजाले नै गरिरहेका हुनाले राजाको उपस्थिति जरुरी भएको हो।

माघ १ गते सरकारले अध्यादेशबाट पूरक बजेट ल्याउने तयारी गरिरहेको हुनाले बजेट पेश गर्नका लागि नै राजा राजधानी आउनु परेको हो। राजा हेलिकप्टरबाट काठमाडौं आई मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरी सोमबार नै पुनः हेलिकप्टरबाट पूर्व फर्केका थिए।

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users