Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

October 22, 2008

Drona

Drona
Part-1
Part-2

Please wait it is Loading… or click “more”

(more…)

October 2, 2006

कोरियामा दशैं तिहार -२

आश्विन /१६ गतें/विजया दशमी/टिका,

नेपालीहरुको महान चाड बडा दशैंको अवसर पारेर कोरिया स्थित विभिन्न संघ सस्थाहरु द्वारा आन्याङमा आयोजना गरिएको ” दशैं र तिहार उत्सव ” हिजो अक्टुबर १ तारिख गरिएको थियो । बिभिन्न कार्यक्रम सहित आयोजना भएको सो ऊत्सवमा नेपालीहरुको साथैं कोरियनहरुको पनि सहभागिता थियो । त्यहाँका केहि झलक म तल भिडियोमा राखेको छु, हेर्नुहोला ।


(more…)

September 3, 2006

राष्ट्रपति हत्याको टीवी ‘ड्रामा’

भाद्र १८,

ब्रिटेनको एक टीवी चैनल ‘चैनल फोर’लें अमरीकाको राष्ट्रपति जॉर्ज बुशको हत्या गरिएको एउटा टीवी ड्रामा बनाएको छ । टीवी ड्रामाको नाम ‘डेथ ऑफ ए प्रेसीडेन्ट’ हो । यस ड्रामामा राष्ट्रपति जॉर्ज बुशलाई गोली हानेर हत्या गरिएको देखाइएको छ । आतंकवाद विरुद्ध युद्धको प्रभावलाई देखाउन बनाइएको उक्त ड्रामा ९० मिनेटको छ र सन् २००७मा शिकागो भ्रमणको बेला हत्या गरिएको देखाइएको छ । आगामी महिना टोरन्टोमा यस फिल्मको ‘प्रीमियर-सो’ हुनेछ र त्यस पछि ब्रिटेनकै अर्को चैनल ‘चैनल मोर फोर’मा पनि देखाइने छ, तर टेक्ससमा रिपब्लिकन पार्टीले यस ड्रामाको कडा विरोध गरेको छ । यस ड्रामाको कारणले राष्ट्रपतिको हत्याको प्रयास हुन् सक्ने पनि सम्भावना बताइएको छ । राष्ट्रपतिको विरुद्ध भावना बोकेका मानिसहरुको कमि नरहेको र यस ड्रामाले तिनीहरुलाई प्रोत्साहन दिने तत्व हुन् सक्ने बताउदै यस ड्रामाको प्रसारणमा रोक लगाइने भनिएको छ , तर ‘चैनल मोर फोर’का प्रमुख पिटर डेल यो ड्रामा ‘डेथ ऑफ ए प्रेसीडेन्ट’को पुरा भाग हेरेपछि मात्र यसलाई एउटा राम्रो कामको नाम दिइने कुरामा विश्वास गर्नुहुन्छ । हामीले उक्त ड्रामा हेर्ने मौका त पाउँछौ/पाउँदैनौ तर यो त हेर्न सकिन्छ नि !! (more…)

August 27, 2006

‘पोइल जान पाम्’को भिडियो

भाद्र ११,

गृह जिल्ला दाङवाटै गायिका एवं समाचार वाचिका कोमल ओलीको ‘पोइल जान पाम्’ नामक गीति एल्वम प्रतिवन्ध लगाउन माग गर्दै महिला पत्रकार मंच दाङले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी उक्त एल्वम सार्वजनिक रुपमा वहिष्कार गर्न आम जनसमुदायमा अपिल गरेको थियो । यो आवाज उठेपछि उनको एल्वम सर्बाधिक विवादमा फ़सेको छ । चाड पर्वलाई हतियार बनाएर पैसाका लागि महिलाहरुलाई होच्याउने, अपहेलित गर्ने, आत्मसम्मान र स्वाभिमानमा चोट पुराउने तथा किशोरीहरुको बालमस्तिष्कमा विकृत सन्देश भरिदिने गीतलाई प्रतिवन्ध लगाउन जोडदार माग भएको थियो । महिला अस्मितामाथि प्रहार गर्ने गीतको निन्दा गर्दै उक्त गीतको प्रचारप्रसार, विक्री वितरण नगरीदिनुहुन आम जनसमुदाय, संचार संस्था, व्यापारी लगायत सबैमा मंचले अनुरोध गरेको छ ।

तीज आउनुअघि नै तीजगीतका नाममा बजारमा आएको त्यो एउटा उत्ताउलो गीतको शब्द रत्यौलीको जस्तो छ, जुन खुला समाजले पचाउन गाह्रो पर्छ । कोमल वलीको कोकिल स्वरले भिजेको त्यो गीतले तीजको मौलिक पहिचानमाथि घोडा चढेको छ, उसले तीजगीतमार्फ् भगवान् शिवसँग ‘यसपालि त पोइला जान पाम्’ भनेर रोइकराइ गरेकी छ । गीतमा जसरी पनि यसपालि त पोइला जान पाऊँ भन्ने शब्दलाई दोहोर्‍याई-तेहेर्‍याई पाम् पाम् पाम् भनेर थपडी मार्दै प्रस्तुत गरिएको छ । फुर्सद डट कम बाट लिएको यो ‘पोइल जान पाम्’ भन्ने भिडियो हेर्नलाई भित्र आउनुहोला । (more…)

डायनासोर.. एउटा कथामा मात्र सिमित

भाद्र ११,

‘डायनासोर’ भन्न साथ एक विशाल जनावर भन्ने बुझिन्छ जुन वैज्ञानिकहरुको खोज अनुसार आज भन्दा ६, ७ करोड वर्ष अगाडी सम्म पृथ्वीमा रहेको पुष्टी गरिएको छ । वैज्ञानिकहरुको अनुसन्धान अनुसार अरबौ वर्ष अगाडी सौर्यमण्डलमा कुनै उल्का पिंडको पृथ्वीसँग ठोकिएर डायनासोर यति ठुलो भएको अनुमान गरिएको छ । त्यस्तै उल्का पिंड पछि पनि पृथ्वीसँग ठोकिएको थियो जसले डायनासोर लोप भएको पनि अनुमान गरिएको छ । १३ करोड वर्ष अगाडी डायनासोर खाने त्यस्तै किसिमको अर्को बिशान जनावर ‘सिताकोरोस’पनि भएको वैज्ञानिकहरुले चिनमा पाएको डायनासोरको अवशेषबाटको परिक्षणबाट अनुमान गर्छन् । अमरीकाको वैज्ञानिकहरुको खोज अनुसार डायनासोर जस्तो बिशाल जनावर पनि उड्ने कुरा पनि अनुमान गरिएको र आफ्नो बिशाल पखेटाले एउटा रुख देखि अर्कोमा जाँदा उड्ने अभ्यास भएको अनुमान वैज्ञानिकहरु गर्छन् । बिबिसी बाट पाएको डायनासोरको खाने , पिउने, बस्ने वा अन्य कृयाकलापको भिडियो तल मैले तीन भागमा टुक्राएर राखेको छु हेर्नुहोला….

भिडियो भाग १ :

बाँकि भित्र (more…)

August 22, 2006

भैसी जात्रा- २०६३

भाद्र ६,

सर्वप्रथम ३, ४ दिन देखि व्यक्तिगत समस्याले ब्लग लेख्‍न पाएन , त्यो कथा म सकेसम्म फुर्सदमा पछि लेखौला , आज म तपाईहरुलाई देखाउदै छु “भैसी जात्रा” । अब भन्नुहोला यो ‘गाई जात्रा’ त सुनेको थिए तर यो ‘भैसी जात्रा’ भनेको के नि ?? त्यो जान्नलाई हेर्नुस् न, यसपालीको “भैसी जात्रा” ।

भैसी जात्रा -१

बाँकि भित्र छ …… (more…)

July 19, 2006

The Hero

The Hero
मेरोनेपाल सिनेमाघरमा भव्यसाथ प्रदर्शन भै रहेछ हिन्दी फिल्म ‘THE HERO’

भा रु.९० करोडको लगानी भएको फिल्म

कलाकारहरु : सन्नी देवल , प्रिती जिन्टा, अमरिश पुरी
निर्देशक : अनिल कुमार शाह
निर्माता: धिरजलाल शाह……

हेर्दै गर्नु होला ।

Half Time पछि मलाई भेट्न भित्र आउनुहोस् म तपाईलाई बाँकि फिल्म पनि देखाउछुँ । (more…)

July 13, 2006

एक सन्देश

अषाढ २९,

SLC फेल हुनेहरुलाई एक सन्देश दिनको लागी मह जोडीको यो प्रस्तुति मैलें आफ्नैं समयको अभावलें ढिलैं भएपनि यहाँ प्रस्तुत गरेको छुँ । प्रत्येक वर्ष SLC रिजल्टमा फेल भएपछि आफ्नो जिवनको नाश गर्ने खबर सुनिन् आउदा मन नै खिन्न भएर आउछ । आखिर किन यति कमजोर हुन्छ SLC सम्म पढे लेखेकाहरु ?आखिर कहिले सम्म ?

अबको दिनहरुमा यस्तो नहोस् भन्दै आगामी वर्षमा SLC दिनेंहरु एंव यसैको लागी लडिरहनु भएकाहरुको लागि विशेष यो ‘SLC भिडियो ब्लग’ तपाइहरु समक्ष राख्दै छुँ ।

भाग १ :

बाँकि भित्र … (more…)

June 20, 2006

विश्‍वकप फुटबल ‘झलझली आँखामा’

20 June,


म्युजिक भिडियोमा आजको पालो सिन्धु मल्लको ‘झलझली आँखामा…’ हेर्दै गर्नु होला।

विश्‍व कप फुटबलको आजसम्मको नतिजा तल , आज समूह ‘ए’ र ‘बी’ का अन्तिम लीग चरणका खेल हुँदैछन्। समूह ‘ए’को पहिलो खेल इक्वेडर र आयोजक जर्मनी अनि सोहि समयमा समूह ‘ए’ कैं कोस्टारिका र पोल्यान्ड बीच पहिलो खेल हुनेछ त्यस्तैं समुह ‘बि’को इंगल्यान्ड र स्वीडेन बीच र ट्रिनिडाड एन्ड टोबागो र पाराग्वे बीचको हुनेछ। विस्तृत जानकारीको लागी यहाँ क्लिक गर्नुहोस् ।

जुन १९ सम्मको खेलको नतिजा

टोगो ० : स्विस २
साउदी ० : युक्रेन ४
स्पेन ३ : ट्युनिसिया १

जुन १८ को खेल नतिजा

जापान ० : क्रोसिया ०
ब्राजिल २ : अस्ट्रेलिया ०
फ्रान्स १ : कोरीया १

जुन १७ को खेल नतिजा

इटाली १ : यु.एस.ए. १
चेक ० : घाना २
पोर्चुगल २ : इरान ०

खेलको Highlights भिडियो तपाई यहाँ हेर्न सक्नु हुन्छ । त्यसको लागी यहाँ क्लिक गर्नुहोस् (more…)

June 18, 2006

लाठी चार्ज सँगैं विश्‍व कप फुटबलको नतिजा

आज जुन १८ तारिखको खेल ब्राजिल र अस्ट्रेलिया , जापान र क्रोसिया र कोरिया र फ्राँस बीच हुने छ ।

जुन १७ सम्मको को खेल नतिजा

इटाली १ : यु.एस.ए. १
चेक ० : घाना २
पोर्चुगल २ : इरान ०

जुन १६ को खेल नतिजा

अर्जेन्टिना ६ : मोन्टेनेग्रो ०
नेदरल्यान्ड २ : अइभोरी १
मेक्सिको ० : एन्गोला ०

जुन १५ को खेल नतिजा

इक्वेडर ३ : कोस्टारिका ०
इङल्यान्ड २ : ट्रिनिडार्ड ०
स्वेडेन १ : पाराग्वे ०

खेलको Highlights भिडियो तपाई यहाँ हेर्न सक्नु हुन्छ । त्यसको लागी यहाँ क्लिक गर्नुहोस्

म्युजिक भिडियो पनि छ हेर्नको लागी भित्र आउनुहोला - (more…)

June 12, 2006

विश्‍वकप फुटबल २००६को तेस्रो दिन

12 June,

हिजो ११ तारिखमा भएको खेलमा सेर्बिया-मोन्टेनेग्रोलाई नेदरलैण्डले ०-१ ले हरायो, मेक्सिकोले ईरानलाई ३-१ ले अनि अंगोलालाई पोर्चुगलले ०-१ ले जितेको छ । आजको खेलमा जापान र अस्ट्रेलिया , इटाली र घाना र USA र Czech Republic (कस्तो अप्ठय्यारो नाम ल जा ! अंग्रेजीमा) बिच हुने छ । म चाँहि खेल हेर्न तर्फ लागे तपाई यो म्युजिक भिडियो हेर्दै गर्नुहोला, तर होसियार एक महिना अगाडी यो गीत सुनेर आत्महत्या गरेको खबर सुनिन आएको थियो , त्यसैंले Love tragedy परेकाहरुले प्लिज नहेर्नु होला ।


जापान र अस्ट्रेलिया बिच भैंरहेको खेलमा जापानका खेलाडीले भर्खरै अस्ट्रेलियालाई एक गोल हानेको छ । बाँकि पछि…. update खेलको अन्त सम्ममा अस्ट्रेलियाले ३ गोल हानि ३-१ ले जितेको छ ।

May 19, 2006

ध्यान पुर्‍याउनुहोस् !

जेष्ठ/५गते,

गर्मीको बेला , नेपालका विभिन्न Swimming Pool हरु Pack हुन्छ पौडी खेल्नेहरुको भिड हुन्छ । हामी पौडी खेल्नको लागि उपत्यकाको विभिन्न ठाँउहरु जस्तै दशरथ रंगशाला, बालाजु, त्रिपुरेश्वरको कसमस, जावलाखेल र इशानी क्लब आदि ठाँउहरुमा जान् सकिन्छ । तर हामीले पौडी खेल्दा विभिन्न कुराहरुको ध्यान पुर्‍याउनु पर्ने हुन्छ । ध्यान पुर्‍याउनु पर्ने धेरै तरिकाहरु त त्यती थाहाँ छैन तर एउटा तरिका चाँहि तल भिडियोमा हेर्नुहोला धन्यबाद ! :


सहयोगी साथी नारायण श्रेष्ठ बाट….

May 2, 2006

जॉर्ज बुशको डबल फेस

2nd May,

हामीहरु फिल्ममा एउटै अनुहार भएको नायक, नयिकाहरु देख्न सकिन्छ । तर यहाँ साँचै नै डबल फेस (दुई जनाको एउटै अनुहार) भएको थाहा भएको छ , त्यो पनि अमेरिकी राष्ट्रपती जॉर्ज बुशको । स्टीव ब्रिजेस नाम गरेको एक व्यक्तिको अनुहार राष्ट्रपती जॉर्ज बुशको अनुहार सँग एकदमै मिलेको छ , देख्नेहरु भन्छन् । मंञ्चमा एकातिर स्टीव थिए भने अर्को तिर जॉर्ज बुश थिए । स्टीव लाई व्हाइट हाउसमा प्रत्येक वर्ष हुने वार्षिक सम्मेलनमा जॉर्ज बुशले नै आमन्त्रण गरेका थिए ।

फोटोमा स्टीव ब्रिजेस……र…… जॉर्ज बुश

डबल रोलको भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोस्

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users