Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

September 8, 2006

पाठकको प्रश्न र प्रचण्डको उत्तर..

काठमाण्डौं/भाद्र २३ ,

आज विविसी नेपाली सेवाको कार्यक्रममा संसारका विभिन्न ठाँउहरुबाट नेपालीहरुले सोधिएका प्रश्नको उत्तर माओवादी अध्यक्ष प्रचण्डले दिनुभएको थियो । सो कार्यक्रम नेपाली समयानुसार आज साँझ ९:०० बजे देखि १०:०० बजे सम्म देशको बिभिन्न रेडियो FM ले प्रत्यक्ष प्रसारण गरेको थियो र कान्तिपुर टेलिभिजनले पनि प्रसारण गरेको थियो । रेडियो सगरमाथाको त्यस कार्यक्रममा नेपालीहरुले सोधिएका प्रश्न र प्रचण्डले दिनुभएको उत्तर सुन्नलाई यहाँ क्लिक गर्नुहोस् ।

April 27, 2006

माओवादीको तीन महिने युद्धविराम र खुलामञ्चमा आमसभाको घोषणा

काठमाडौ/२७ अप्रिल,

बुधबार मध्यरातमा एकतर्फी रुपमा तीन महिने युद्धविरामको घोषणा गरे लगत्तै भोली पुनर्स्थापित संसदको पहिलो बैठक बस्ने दिन पारेर नेकपा माओवादीले काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ। माओवादी स्रोतका अनुसार आमसभालाई भूमिगत दलका भातृ संगठनका नेताहरुले सम्बोधन गर्नुहुनेछ। दलका नेताहरुलाई निशर्त संविधानसभाको निर्वाचनका लागि दबाब दिने उद्देश्यले माओवादीले सो खुला कार्यक्रम गर्न लागेको बुझिएको छ। तर प्रचण्डले पुनर्स्थापीत संसदको शुक्रवार बस्ने पहिलो बैठकले नै सम्बिधान सभाको घोषणा नगरे नाकाबन्दी फेरी लगाइने चेतावनी दिनुभएको छ र उहांले प्रदर्शन, सभा र जनकार्वाही लगायतका विरोध कार्यक्रमहरू यथावत रहने बताउनुभयो।

अस्ति २५ अप्रिलका दिन डा.बाबुराम भट्टराई सँगको अन्तवार्ता सुन्नलाई यहाँ क्लिक गर्नुहोस् (more…)

April 24, 2006

प्रतिनिधिसभाको पुर्नस्थापनाको घोषणा

काठमाडौ/२४ अप्रिल,

व्यापक र गहन बन्दै गएको सात राजनीतिक दलहरुको राजा विरोधी आन्दोलनले बढ्दो रुपमा गणतन्त्रात्मक आन्दोलनको रुप लिइरहँदा सोमवार राति ११.३० बजे सरकारी संचार माध्यमहरुद्वारा प्रसारीत सन्देशमा संसद पुर्नस्थापना सात आन्दोलनरत दलहरुको मूख्य माग अनुसार राजा ज्ञानेन्द्रबाट विघटित संसद पुर्नस्थापनाको घोषणा भएको छ । पुनर्स्थापित प्रतिनिधि सभाको बैठक शुक्रवार दिनको एक बजे संसद भवन सिंहदरबारमा बस्न राजाबाट आह्वान भएको छ ।

राजाबाट भएको घोषणा सुन्नलाई यहाँ क्लिक गर्नुहोस्। र पढ्नलाई भित्र आउनुहुस् :- (more…)

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users