Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

November 6, 2006

इराकी राष्ट्रपति सद्दाम हुसैनलाई फाँसीको सजाय

Filed under: समाचार

कार्तिक २० गतें,

सद्दाम हुसैन एक परिचित नाम सद्दाम हुसैन, भुतपुर्व इराकी राष्ट्रपति, एक तानशाह एंव क्रुर शासक जसलाई मानवता विरोधी अपराधमा दोषी ठहर गरिएपछि बग्दादस्थित अदालतले फांसीको सजाय सुनाईएको छ । १३ महिनासम्म चलेको यो मुद्दामा अदालतले सद्दाम हुसैनका भुतपूर्व गुप्तचर प्रमुख, बर्जन इब्राहिम अल टिक्रिटी र भूतपूर्व मुख्य न्यायाधिश अवाद हमिद अल बन्दरलाई पनि मृत्युदण्डको सजायं सुनाएको छ।

उनीहरूको मुद्दा सन् १९८२ मा १४८ जना गाउंलेहरू मारिएका घटनासंग सम्बन्धीत छ । सद्दाम हुसेन, उनका सौतेनी भाई र भुतपूर्व न्यायाधिशलाई फांसीको सजायं सुनाईएको छ भने भूतपूर्व उपराष्ट्रपति ताहा यासिन रमादानलाई आजीवन कारावासको सजाय सुनाइएको छ। तीनजना भूतपूर्व पार्टी अधिकारीहरू -अब्दुल्लाह काजिम रूवाइद, उनका छोरा मिजार अब्दुल्लाह रूवाइद र अली दाइह अलीलाई पन्ध्र बर्षको सजायं दिइएको छ। अर्का अधिकारी मोहम्मद आजावी अलीलाई भने प्रमाणको अभावमा मुक्त गरिएको छ। सद्दाम हुसैनलाई सजाय सुनाउने जज

अदालतमा आउँदा उनको हातमा ‘कुरान’ थियो र सजा सुनाउने बेलामा “अल्लाहु अकबर, इराक जिन्दाबाद, इराकी जनता जिन्दाबाद ‘’ भन्दै कराईरहेका थिए र सजा सुनाए पछि उनले अदालत, जज र इराकमा भएको अमेरिकी सेनालाई गाली गर्दै थिए भनें अदालत बाहिर ल्याउँदा चुपचाप थिए र अनुहारमा हल्का मुस्कान पनि थियो ।

सजायं सुनाईए पछि बग्दादमा दुइवटा सुन्नी बाहुल्य भएको क्षेत्रमा अमेरीकी सैन्य र बन्दूकधारीहरूबीच भिडन्त भएको थियो। सद्दाम हुसेनको गृह नगर टिक्रिटमा पनि विरोध प्रदर्शन भएका छन्। फैसला पछि कहिं समर्थनमा त कहिं विरोधमा प्रदर्शनहरु भएका छन् तर इराकका बहुसंख्यक शियाहरूले भने सडकहरूमा बाहिर निस्केर खुशियाली मनाएका थिए।

October 29, 2006

हाँस्नुस् र हसाँउनुहोस् !

Filed under: Jokes

कार्तिक १२ गते,

(गफाडीहरुको गफ गर्दै)
पहिलो : मैलें उमलिरहेको चिया गिलासमा हाल्न साथ पिएर सिध्याउछु ।
दोस्रो : ह्या !! त्यो त के तातो, मैले त चिया पकाएको भाडाबाट सिधैं मुखमा खन्याउँछु । तेस्रो पनि कम थिएन भन्छ :
मैलें जति तातो त तिमीहरुले खानै सक्दैन । मैले त चिया-पत्ती, चिनी पानी सबै मुखमा हाल्छु र आफैं चुल्हामा(गैस) बस्छु ।

************************

दुई बच्चाहरु झगडा गरिरहेका थिए । एक जना भलाड्मी मान्छेलें तिनीहरुलाई नछुट्याएर उल्टो भन्दै थिए ,’ दाँतमा हान, दाँतमा !!’ । वास्तवमा ति भलाड्मी मान्छे दाँतको डाँक्टर रहेछ ।

************************ (more…)

October 24, 2006

‘भाई टिका’को त्यो क्षण

कार्तिक ७ गते,

मुर्चुङ्गा डट कमको देउसी-भैलोको गीतको लागी यहाँ क्लिक गर्नुहोस् । फेरी यसपाली पनि म ‘भाई टिका’ मा दिदीलाई भेट्न पाईन । यो मेरो बाध्यता भनौं वा के भनौं । प्रवासी भुमिमा परिश्रम गर्न आएका हामी नेपालीको वास्तविकता यही हो । सधैं काम र काम मात्र !! मेरो टिकाको दिन यसरी गयो ।

हिजो सुत्‍ने बेलामा ‘ओहो ! भोली त ‘भाई टिका’ भोली सायद केहि नौलो महसुस हुन्छ नै होला भन्ने सोचेको थिए। तर ‘नाई’ केहि भएन सदा झैं बिहानको आलर्मले निद्रा खुल्यो अनि उहि काम । बिहान देखि खाना खानें बेला सम्म एकदमै व्यस्त, खाना खाएर हतार हतार टिकाको साईत हेर्न कम्प्युटर खोले । मन झन् अत्यास लाग्दो भयो । खाना खाने र आरामको लागीको १ घण्टा सकियो । फेरी काम ,दिनभरी तिहारको बारेमा सम्झें , गाँउ घर सम्झे, साथीहरु सँगको ‘देउसी भैलो’ सम्झें, मादलुको ताल , त्यैं तालमा नाचेको साथीहरु सम्झें, पर बारीमा हालेको ‘लिङ्गे-पिङ्ग’ सम्झें, सेल रोटी, त्यो रङ्गी-चङ्गी माला अनि निधारको त्यो सप्तरङ्गी टिका सम्झे, नयाँ-नयाँ लुगामा रमाउदै गरेको त्यो छिमेकीहरुको केटा-केटी सम्झें, दिदीको त्यो हँसिलो मुहार सम्झें, भाईको चम्किलो अनुहार सम्झें !!………. ऊफ !! मेशिन रोकिएछ ! भोटेले खाँउला झैं गरी हेरिरहेको रहेछ । (more…)

आज ‘भाई टिका’

Filed under: अन्‍य

कार्तिक ७ गते,

आज नेपालको दोस्रो ठुलो चाड तिहारको अन्तिम दिन ‘भाई टिका’ देशभरी दिदी-बहिनीहरुलें आफ्ना दाजु-भाईहरुलाई निधारमा सप्तरङ्गी टिका र विभिन्न फुलको माला लगाएर मनाईदै छ । यसपालीको ‘टिका’को साइत बिहान ११:१५ देखी ११:३५ सम्म रहेको पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

काठमाण्डौमा तिहारको बेला बिक्री बितरणको लागि फुलको माला:

October 17, 2006

यो के भए म ?

यो के भए म ?

मागे जति सबै दिए, खाली भए म ,
कस्ले गर्यो बेइमान् यहाँ, जाली भए म ।

कुरा गर्छन् सबै साथी उन्नतीका,
दर्शक माझ फगत यौटा, ताली भए म ।

माटो संग कर्म गर्छु, धर्म गर्छु,
आफैं भित्र खिईरहने, फाली भए म ।

कुरो हुन्छ चार जात र छत्तीस् बर्ण,
बिना फूल बगैचाको, माली भए म ।

मैले थापें, मैले ख्वाँए अन्न पानी ,
खाए पछि फालिएको, थाली भए म ।

घुर्क्याउने, फक्याउने यस्तै हुन्छ माया ,
मायालुको ओंठमा सधैं, लाली भए म ।

स्वभिमानको छानो फाट्छ किन यहाँ ।
बर्खामास चुहिरहने, पाली भए म ।

********************************

‘अम्रिकाको ग्रिन’काल (कार्ड)

आदरनीये पीर्येबुढी
सादर ‘स्यालूट’ छ,
मलाई लाग्छ हाम्रो माया-प्रीति
अझै ‘भ्यालिड’ छ।।

धेरै वर्षपछि,
‘बोष्टन सीटी’बाट यौटा
चिठी लेख्दैछु,
तिमी विना भुङ्रो जस्तो
रन्किएको मेरो मन,
हरिया डलरले अझै सेक्दैछु।। (more…)

October 16, 2006

अझैं पनि राजतन्त्र र हतियार….मै सिमित !

आश्विन ३०,

देश र देशवासीको चिन्ता नगरी हतियार व्यवस्थापन र राजतन्त्रलाई नै लिएर महिनौ देखिको शिखर वार्ता फेरी पनि विना निष्कर्ष भएको छ । अझ यसपाली त सधैं झै अर्को वार्ता कहिले हुने हो त्यो पनि घोषणा भएको छैन । भनौ!! वार्ता विना निष्कर्ष अनिश्चितकालसम्मको अर्को सुचना नआएसम्मको लागि स्थगित भएको छ र वार्ता पछि पत्रकार सम्मेलनको आयोजना पनि भएन । (more…)

IM SORRY !!

Filed under: अन्‍य

सर्वप्रथम यत्तिका दिनसम्म गायब रहेकोमा यो ब्लग हेर्नुहुने सबैंलाई मेरो तर्फ देखि ‘Sorry’ भन्दै धेरै धेरै धन्यबाद छ ! के गर्ने नेपालको महान चाड दशैं र कोरियली चाड ‘छुसक’ ले साह्रै चुस्यो ….. भन्छन् नि ‘दशै होइन दशा हो दशा’ हो त्यस्तै भयो यसपालीको दशैं र चुस्नु चुस्यो ‘छुसक’ लें पनि , तर के गर्ने ? भन्छन विचार नपुर्‍याए जे पनि हुन् सक्छ ,हो मैले पनि अलिकत विचार पुरार्‍याउन सकिन यसपाली खैंर ! जे हुन थियो भै सक्यो किन पछुताउनु । फेरी पनि मनको कुरा केहि समाचार , चुट्किला र अन्य सामाग्री लिएर आएको छु । एक दुई वटा स्तम्भ पनि थप्ने विचारमा छु, तर स्तम्भको बारेमा अहिले नभनौ । थपे पछि मात्र भनौला ! मैले आफैं आफ्नो ब्लग नहेरेको १ साता जति भयो, जे भएपनि तपाईहरुले हेर्नु भएको छ त्सको लागी धेरै धेरै धन्यबाद छ !! अनि शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना छ ।

October 2, 2006

कोरियामा दशैं तिहार -२

आश्विन /१६ गतें/विजया दशमी/टिका,

नेपालीहरुको महान चाड बडा दशैंको अवसर पारेर कोरिया स्थित विभिन्न संघ सस्थाहरु द्वारा आन्याङमा आयोजना गरिएको ” दशैं र तिहार उत्सव ” हिजो अक्टुबर १ तारिख गरिएको थियो । बिभिन्न कार्यक्रम सहित आयोजना भएको सो ऊत्सवमा नेपालीहरुको साथैं कोरियनहरुको पनि सहभागिता थियो । त्यहाँका केहि झलक म तल भिडियोमा राखेको छु, हेर्नुहोला ।


(more…)

September 30, 2006

कोरियामा दशैं तिहार- १

आश्विन/१४ गतें (कालरात्री),

नेपालीहरुको महान चाड बडा दशैंले घर-घरको दैलो टेकेको छ । प्रत्येक नेपालीहरुको मुखबाट मात्र दशैंको कुरा सुन्न सकिन्छ , स्वदेशमा होस् वा विदेशमा । कोरियाको प्रवासी भुमिमा रहेरपनि सकृय नेपालीहरुद्वारा सगंठित विभिन्न संघ-सस्थालें प्रत्येक वर्ष झैं यस वर्षपनि दशैं धुमधामले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ । दशैंको नवमीको दिन अक्टुबर १ तारिखमा आन्याङको प्रवासी मजदुर गृह (जन जिन सेन्टर)मा “दशैं र तिहार” उत्सव कोरिया स्थित बिभिन्न संघ-सस्थले आयोजना गरेको छ । त्यस्तै बडा दशैं र कोरियाली चाड “छुसक” को अवसर पारेर अक्टुबरकै ५ , ६ र ७ तारिख क्रमश: स्याङ्जा प्रदेशी युवा क्लबका “आँधी खोला साँझ” , मगर समाजका “रमाईलो सांस्कृतिक सौगात” र लमजुङ्ग परिवारका “मह अभिन्नदन” को आयोजना गर्ने भएको छ ।

विस्तृत जानकारी ( कार्यक्रमको समय, ठाँउ,कलाकारहरु, टिकट दर र सम्पर्क आदि)को लागी सम्बन्धित फोटोहरुमा क्लिक गर्नुहोस् ।

(more…)

September 27, 2006

‘यसपाली त आमा, जमारा अलि धेरै राख्‍नुहोस् ।’

आश्विन ११ गतें,

‘यसपाली त आमा, जमारा अलि धेरै राख्‍नुहोस् ।’ छिमेकको ठुली काकीलाई छोराहरुलें पठाएको पत्रमा मैले भुल्न नसक्ने एउटा वाक्य यो पनि थियो । हो , यसपाली साँच्चैनै जमारा अलि धेरै राख्‍नु पर्ने हुन्छ, किनकी काकीका सबै छोराहरु यसपाली घर आउने रे । १० वर्ष अघि जङ्गल पसेका जेठा छोरा , नेपाली सेनामा रहेका माईला र खाडी मुलुक काम गरिरहेका कान्छो छोरा सबै दशैमा घर आउने भएका छन् । दस वर्ष देखि एक-अर्कासँग नचाहेर पनि शत्रु बन्दै आएको दाजु-भाई यसपाली बिना कुनै रोकटोक, बिना कुनै डर त्रास, निश्चित भएर आमा बुबाको आशिक थाप्न घर आँउदै छन् । हतियार काँधमा बोकेर जङ्गल-जङ्गल चाहार्दै मृत्युको भयमा बाँचिरहेका माओवादी , कतिबेला एम्बुसमा पारिने हो भनि त्रासमा बँसिरहेका नेपाली सेना अहिलेको उधारै शान्तिमा भएपनि निश्चित छन् , धुक्क छन् ।

हो ! यसपालीको दशैंमा साँच्चै नयाँ जोश ,जाँगर नयाँ उमङ्ग छ । देशको कुना कुनामा दशैं छाएको छ । कसैलाई फुर्सद छैन । देशको कुना-कुनामा खसी, भेडा,च्याङ्ग्रा, टिका जमारा, सेल रोटीका मनमोहक सुगन्धले माहौल मादक र मनोरञ्जनपूर्ण बनाएको छ । गाँउ र शहरको कुना कुनामा रोटे पिङ्ग, लिङ्गे पिङ्गमा केटा केटी देखि लिएर बुढा पाकाहरु समेत देखिएका छन् । बजारै भरि नयाँ-नयाँ फेसनका लुगाफाटाहरु ‘दशैं Discount’ मा किनबेच गर्नेहरुको हातमा नेपाल राष्ट्र बैंकका नयाँ नोट, गल्ली गल्लिमा ” झण्डी बुर्जा”का खेलहरु , ठाँउ-ठाँउमा नयाँ नयाँ भाग्यशाली चिट्ठा उपहारका टिकटहरुको किनबेच , शहर देखि गाँउ जानेको भिड, गाँउfदेखि शहर आउँनेको घुईचो, व्यस्त सडकहरु….. प्रत्येक पाईला पाईलामा खुशीको सन्देश लिएर गाँउ-गाँउ पसेको छ दशैं, शहर-शहर पसेको छ दशैं । (more…)

September 25, 2006

यसपाली पनि दशैंको नराम्रो साइत…

Filed under: समाचार

आश्विन ९ गतें,

एकातिर देशमा दशैंको रमझम , पुरै देश दशैंको तैयारीमा तर अर्को तिर कस्तो अभाग्य, तीन दिन अघि शनिबार ‘घटस्थापना’को दिन ताप्लेजुङको घुन्साबाट वन तथा भू-संरक्षण राज्यमन्त्री गोपाल राई, नेपालका लागि फिनल्याण्डका कार्यबाहक राजदूत पाउली मस्टोनेन लगायत चौबीस जना सवार हेलिकप्टर सदरमुकाम फर्किने क्रममा श्री एयरवेजको हेलिकप्टर उडेको केही बेरपछि सम्पर्क विहिन भएको र आज दिउँसो सवा १ बजेतिर घुन्सादेखि एक माइल दक्षिण पश्चिमस्थित जंगलको खोँचमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
(more…)

September 24, 2006

हाम्रो बाध्यता

आश्विन ८ गतें,

सर्वप्रथम विगत लगभग १ महिना देखि कंम्पनीमा लगातार कामको चाप बढेकोले ब्लगमा निरन्त्रता दिन नसकेको जानकारी गराउन चाहान्छु । प्रवासी भुमिमा पाइला टेकेको पनि ३ वर्ष पुरा हुन् लागेको र बस्ने मन हुँदा-हुँदै पनि स्वदेश फर्कनु पर्ने बाध्यता एउटा तितो सत्य हो । हामी नेपाली एक चोटी विदेश गएपछि स्वदेश फर्कने चाहाना सायदै कमैको होला भन्नेमा दुई मत छैन । मुखलें जे भनें पनि मनलें विदेशमै बसेर टन्न पैसा कमाउने र सकेसम्म उतै घरजाम गर्ने विचार धेरैको नहोला भन्न मिल्दैन , तर सबैमा यो कुरा लागु हुन्छ भन्ने पनि छैन ।

हामी नेपालीको यस्तो गर्नु बाध्यता पनि हो , तर यो बाध्यतामा हामी नेपाली आफ्नै कारणले गर्दा भएको हो । दु:ख कष्ट गरेर विदेश जान्छौ अलिकत पैसा कमाउँछौ , अलिकत सीप ज्ञान सिक्छौ र सोच्छौ “नेपाल जानें एउटा घर किन्ने ,एउटा राम्रो केटी हेरेर घरजाम गर्‍यो , बैंक ब्याँलेन्स , मोटर कार…….. आधा घर भाडामा दियो बस् त्यति भए हात मुख जोड्न पुगी हाल्छ ।” यहि नै सत्य हो ,…फेरी खोई त्यो विदेशमा सिकेको सीप ? त्यो दु:ख कष्ट ? आफ्नो घरमात्र सबथोक, देशको विकासको लागी केहि गर्नु पर्दैन । हामीले त दु:ख गर्‍यौ , अनि हाम्रो सन्ततिहरुलाई के नि ? उनिहरुलाई पनि फेरी उहि ‘विदेश’ , उहि दु:ख कष्ट, यहि सिकाउने ? होईन ! हामीहरुले यो चलन बढल्नु पर्छ , आखिर कहिलेसम्म हामी विदेश धाँउने , कति गर्ने अर्काको गुलामी ? त्यसैले हामीले यसबारे राम्ररी सोच्नु पर्छ । बस् आजलाई यत्ति भन्दै बडा दसैको फेरी पनि शुभकामना र यो राशिफलको फोटोहरु तल राख्दै छुँ । यो फोटो मलाई राम्रो लागेर मात्र राखेको हो ।

मेष राशि
मेष राशि ^

वृष राशि
वृष राशि ^

मिथुन राशि
मिथुन राशि ^

बाँकि फोटो भित्र (more…)

September 23, 2006

शुभकामना

आश्विन ६ गते,

सर्वप्रथम नेपालीहरुको महान चाड बडा दशै २०६३ सालको मेरोनेपालका सम्पुर्ण पाठकवर्गहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु । आज घटस्थापना अर्थात ‘जमारा राख्‍ने दिन’ बिहान १०:३९ मिनेटको शुभ साईत पारेर नेपाल भरी जमारा राखिएको छ । शुभकामना कार्डको लागी Play मा क्लिक गर्नुस् ।



(more…)

September 21, 2006

फोर ईन वन ‘मिबो ‘

आश्विन ५ गते,

आज धेरै दिन पछि ब्लग लेख्ने मौका पाएको छु । आज म तपाईहरुलाई एउटा नयाँ साइटको बारेमा बताउन् गैरहेको छु त्यो हो ‘मिबो’ (4 In 1) एउटा यस्तो साइट जसबाट तपाई एकै चोटी चार ओटा मेसेन्जर याहु , जिमेल, हटमेल र एओल-जब्बरमा लग इन भएर चाट गर्न सक्नुहुन्छ। त्यो पनि प्रोग्राम डाउनलोड नगरिकन् , हजुर प्रोग्राम डाउनलोड नगरिकन् । त्यसको लागी यहाँ क्लिक गर्नुहोस् ।

पचाँस भन्दा पनि बढि भाषामा भएको यो साइट युनिकोडमा पनि छिट्टै आउने प्रोसेसम छ । यसबाट धेरै फाइदाहरु पनि छ ति मेसेन्जरहरु डाउनलोड गर्दा कमप्युटरमा बढ्ने भार पनि कम हुने र कहिले काहि बाहिर साइबरमा गएर मेसेन्जर डाउनलोड गर्दा लाग्ने समयको पनि बचट हुने । फेरि यसलाई कोड बनाएर ब्लगमा पनि राख्न मिल्ने रहेछ जसले तपाईको ब्लगमा आउने पाठकहरुसँग चाट गर्न पनि मिल्ने र कति जनाले तपाईको ब्लग् हेरिरहेका छन् त्यो पनि थाहा हुने र मैले पनि आफ्नो ब्लगम राखेको छु , त्यसो भए ढिलो किन् लौ म त गए चाट गर्न तपाई पनि आउदै गर्नुस् । अनि यो साइट कस्तो लग्यो त ? कमेन्ट लेख्न नबिर्सनु होला ल !

September 15, 2006

ब्रिटनी स्पीयर्सको ‘दोस्रो बच्चा’

Filed under: अन्‍य

भाद्र ३० गते,

हलिउड पॉप गायिका ब्रिटनी स्पीयर्सलाई नचिन्ने सायद यस संसारमा कमै होलान् । सन् १९९९ मा रिलिज एल्बम “बेबी वन मोर टाइम” र सन् २००० को “ऊप्स… आई डिड इट अगेन” नामक एल्बम लगायत यस्तैं अनेकौ पॉप गीतबाट चर्चामा आएकी ब्रिटनी स्पीयर्सलें अहिले मात्र लॉस एंजल्सको एउटा अस्पतालमा Sep/5 मंगलवारका दिन बिहान आफ्नो दोस्रो बच्चालाई जन्म दिएकी छिन् ।

आफ्नो सुन्दर शरीर र ‘विवाह’को विवादलें पनि अलिकत चर्चामा आएकी ब्रिटनी स्पीयर्सको लवको कुरा गर्नुपर्दा जापानको एक व्यापारी मासाहिको शिजावाको पनि नाम आउँछ जसले ब्रिटनी स्पीयर्सलाई एकतर्फी माया गर्थ्यो , जसले गर्दा अदालतले शिजावालाई ब्रिटनी स्पीयर्सदेखि ३ वर्षसम्म टाढा बस्ने आदेश दिएको थियो । विवाहको कुरा गर्दा २२ वर्षको उमेरमा सन् २००४ को जनवरीमा आफ्नैं एउटा साथी जेसन अलेक्जेन्डरसँग मात्र ५५ घण्टाको लागी विवाह भएको थियो र विवाह र छुटापत्रको खबर पनि लगभग एकै चोटी आएको थियो । त्यस भन्दा अगाडी अदाकारा शार जैक्सनसँग पनि विवाह भएको कुरा खुलेको थियो र २ जना छोरीहरुपनि भएको कुरा थियो । धेरै कुरामा विवादमा परेकी ब्रिटनीले को-को सँग माया गाँसिन, विवाह गरिन् कुनै लेखा जोखा छैन तर सन् २००४को जुन महिनामा डांसर केविन फेडरलिनसँग विवाह गरेर यो दोस्रो बच्चा भएको हो ।

britney_spears_picture_013

ब्रिटनी स्पीयर्स आफ्नो श्रीमानसँग ^

ब्रिटनी स्पीयर्सको एक चर्चित म्युजिक भिडियो ” TOXIC ” Click Here (more…)

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users