Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

July 20, 2006

अजिंङ्गरले तार निल्दा

20th July,

अमेरिकामा एक घर-पालुवा अजिंङ्गर सर्पोले आफ्नो खाना सँग कम्बल र सो कम्बलभित्र तातो बनाउनलाई जोडिएको तार निलेपछि अजिंङ्गरको ज्यान बचाउनलाई अप्रेशन गरिएको खबर छ । २७ किलोग्राम ‘हाउदीनी’ नामक उक्त अजिंङ्गर १२ फिट लामो थियो र ६ फिटको तार सहितको कम्बल निल्नलाई कम्तिमा पनि ६ घण्टा लागेको थियो र अजिंङ्गरको मालिक कार्ल बेजनोस्कालाई यो कुरा थाहा भएपछि तुरन्त आपतकालिन सेवालाई बोलाएर ‘हाउदीनी’को अप्रेशन गरिएको थियो । १८ वर्षिय अजिंङ्गर आफ्नो मालिक कार्ल बेजनोस्काको साथमा १६ वर्ष देखि थियो । हाउदीनीको अप्रेशन गर्ने प्रमुख डाँ.कार्स्टन फोस्टवेड्टलें अप्रेशन अगाडी गरिएको एक्सरेमा बिजुलीको तार राम्ररी देखिन्थ्यो ।

एक्सरेमा देखिएको तार ……………………………………२७ किलोग्राम अजिंङ्गर

समाचार स्रोत: विविसी

July 19, 2006

The Hero

The Hero
मेरोनेपाल सिनेमाघरमा भव्यसाथ प्रदर्शन भै रहेछ हिन्दी फिल्म ‘THE HERO’

भा रु.९० करोडको लगानी भएको फिल्म

कलाकारहरु : सन्नी देवल , प्रिती जिन्टा, अमरिश पुरी
निर्देशक : अनिल कुमार शाह
निर्माता: धिरजलाल शाह……

हेर्दै गर्नु होला ।

Half Time पछि मलाई भेट्न भित्र आउनुहोस् म तपाईलाई बाँकि फिल्म पनि देखाउछुँ । (more…)

पूर्व कप्तानद्वारा आत्महत्या

19th July,

सन् १९९३मा छिमेकी राष्ट्र भारतको सर्वश्रेष्ठ फुटबल खिलाडीको पुरस्कार पाएको भारतीय फुटबल टीमको पूर्व कप्तान वी.पी. सत्यनलें हिजो चेन्नाईमा तीव्र गतिमा आइरहेको रेलगाडीको अगाडी हामफाली आत्महत्या गरेको खबर थाहा हुन् आएको छ । उनको छेउमा पाएको एक अग्रेजी पत्र अनुसार धेरै जुवा-तास खेल्नें र रक्सी पिउनें गरेकोले आफ्नो पैसा, इज्जत र आत्मसम्मान गुमाएकोले आत्महत्या गर्नु परेको लेखिएको थियो । एक स्थानिय बैंकमा सहायक म्यानेजरको काम गरिरहेको सत्यनको श्रीमति र छोरा-छोरीसमेत छन् ।

July 17, 2006

Golf खेल्ने हो ??

Filed under: अन्‍य

17 July,

विश्वमैं सबैभन्दा महंगो खेल मानिने ‘गोल्फ’ हाम्रो देश नेपालमा मेरो विचारमा काठमाण्डौको एयरपोर्ट छेउमा छ, अन्त भएपनि मलाई थाहा छैन । एयरपोर्ट छेउमा भएपनि खेलेको चाँहि कहिल्यै पनि देखेको थिइन, शायद मेरो त्यो साइड तिर आवत-जावत धेरै नभएर होला । गरिब देश भनेर चिनिने हाम्रो देश नेपालमा धेरै ठाँउहरुमा दिनभरी काम गर्‍यो भनें मात्र बेलुका मुखमा चारो पर्छ । गोल्फ जस्तो महंगो खेल कहाँ बाट खेल्ने !? हुन् त देशमा धनिहरुको पनि कमी त छैन तैपनि सत्य सत्यनै हुन्छ । आउनुहोस् यहाँ म तपाईहरुलाई ” गोल्फ” खेलाउन लैजादै छुँ । यो साइट मैलें भर्खरै (२ महिना जति) फेला पारेको हो । विश्वको कुनै पनि कुना बाट एकपल्ट ID बनाएपछि सधैलाई नि:शुल्क अनलाइन गेम हो यो । पैसा हालेर यही गेम खेल्नेहरुको पनि कमी छैनन् तर फ्रिमा पाएपछि किन पैसा तिर्ने,..होइन ?

अहँ ! यो साइटमा गएर सबैभन्दा अगाडी रजिष्टर गरि ID बनाउनु पर्छ । ID बनाएपछि डाउनलोड गर्नेको लागि तपाईको कमप्युटर ‘Window 98 ‘ छ भनें केहि गाह्रो होला अरु प्राय सबैमा सजिलै (१०-१५) मिनेटमा हुन्छ । डाउनलोड भएपछि खेल्नें तरिकाहरु सबै त्यही सिकाउछ । अब यदि तपाईहरुलें यो खेलमा आउनु भयो भने मेरो ID पनि नबिर्सनु होला किनकी त्यहाँ chat गर्न पनि मिल्छ । मेरो ID ‘meronepal’ र ‘mero_nepal’ हो । फुर्सदको समयलाई yahoo room गएर हल्ला गर्नु भन्दा यो गेम राम्रो लाग्यो मलाई । यदि तपाईलें राम्रो ‘सट’ हान्नु भयो भनें “Pangya” भन्नें शब्द पनि आउछ । ल ! त साथिहरु तपाई गेम डाउनलोड गरेर आउदै गर्नु म त लागें “Pangya” गर्न , उतै भेटौला । chat गर्न चाँहि नबिर्सनु होला ल ! तपाईहरुलाई यो जानकारी गराउदै तल केहि यो खेलको भिडियो अनि फोटोहरु राखेको छुँ । गेमको साइटको लागि यहाँ क्लिक गर्नुहोस् ।

रजिष्टरको लागी यहाँ क्लिक गर्नुहोस् :

रजिष्टर गरेपछि गेम डाउनलोडको लागी क्लिक गर्नुहोस् :

खेलको भिडियोको लागी यहाँ क्लिक गर्नुहोस् ।

Pangya

फोटो ^

गेम कस्तो लाग्यो मलाई भन्नु हुन्छ कि ??

बाँकि फोटो भित्र: >> (more…)

July 16, 2006

द.कोरियामा अविरल वर्षा

सउल/१६ जुलाई,

द.कोरियामा शुक्रवार देखि आज आइतवार सम्म परेको अविरल वर्षाको कारण गएको बाढि-पहिरोमा परी लगभग ३१ जनाको मृत्यु हुनको साथै १८ जना बेपत्ता भएको समाचार छ । वर्षाको सबभन्दा बढि प्रभावित परेको द.कोरियाको उत्तरी भेगमा पर्ने ‘गाङ्गवन’ भन्ने क्षेत्रमा गएको तीन दिनमा ५००मि./मि. (२० इन्च भित्र) भन्दा बढि पानी परेको समाचार त्यहाँका समाचार स्रोतलें जनाएको छ । कोरिया टेलिभिजनको मुख्य समाचारमा रहेको त्यहाँको बाढि-पहिरोलें अनेकौ घरहरु, गाँउका खेत र सडक बगाएपछि बाटो अवरुद्ध हुनको साथैं दुई हजार भन्दा बढि नागरिकहरु घरविहिन भएका छन् । कम्तिमा पनि १०० वटा भन्दा बढि कार पहिरोलें क्षतिग्रस्त भएको छ भनें लगभग पँचास हजार मानिसहरुको घरको बिजुली, खाने-पानी, टलिफोन सेवा र इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ । पुलिस,सेना र उद्धार टोलीले बाढि-पहिरोबाट घाइतेहरुलाई निकाली सुरक्षित स्थानमा पुर्‍याइरहेका छन् भने उद्धारको लागी हेलिकप्टर समेत प्रयोग गरिएको छ । राजधानीमा नदी छेउमा रहेको सडकहरु सुरक्षाको लागी बन्द गरिएको छ । स्थानिय मौसम विभाग अनुसार बिहिवार सम्म पानी पर्ने सम्भावना बताइएको छ ।

बाढिले प्रभावित क्षेत्रहरु :

korea 1

राजधानी सउलको केन्द्रमा रहेको ‘हान’ नदीको बाढिको प्रभाव

‘हान’ नदिमा पर्ने टोङ्बु हाईवेमा बाढि प्रभाव …बाँकि फोटो भित्र >> (more…)

July 15, 2006

‘मेरो पिडा !’

अषाढ ३१,

[”प्रस्तुत तलको सामाग्री मलाई कोरियाबाट भिषा सिद्धिएर नेपाल फर्केका एक जना साथीले जिमेल मार्फत ‘मेरो पिडा’ भनेर ब्लगमा राखिदिनु भन्नु भएकोले पोष्टका रुपमा यहाँ राखिदिएको छुँ । आज मात्र आएको यो ‘मेरो पिडा’ सायद उहाँको वास्तविक जिवनमा घटेको कुरा हो, जसलाई पोख्‍ने भाडो नभएपछि ‘मेरो नेपाल’को साहारा लिनु भयो । त्यसको लागी धन्यवाद! र तपाई पनि केहि मनका कुराहरु, लेख रचनाहरु, चुट्किला (कम्तिमा २ वटा) र कविताहरु छ भनें आवश्य पठाई सहयोग गर्नुहोला । धन्यवाद ” ।]

“म भर्खर विदेश बाट फर्केको, पजेरोमा आफ्नो प्रेमिकालाई घुमाएर फर्केपछि घर भित्र छिर्छु, फ्रिजबाट चिसो निकालेर खान खोज्दा अचानक बिजुलीको लाइन काटिन्छ । मेरी प्रेमिका डराएर म सँग टाँसिन् आइपुग्छिन्, ठिक त्यसैं बेला फोनको घण्टी बज्दछ् ‘टिरिङ्ग टिरिङ्ग’ ‘टिरिङ्ग टिरिङ्ग’ (more…)

पहिरोले गाँउनै सखाप पार्‍यो

कास्की/अषाढ ३१,

आजको समाचारको हेडलाइनमा रहेको कास्की जिल्लाको दाङसिङ गा.वि.स.(म्याग्दी-मुस्ताङ जाने बाटोमा रहेको गाउँ) मा गएको पहिरोलें ९ वटा घर पुरेर त्यसमा वसोबास गर्दै आएका परिवार मध्ये १७ जनालाई पुरेको( मृत फेला पारेको) र लगभग १५ जना बेपत्ता भएको खबर छ । हिजो राती आएको अबिरल वर्षापछि दाङसिङ गा.वि.स.को उल्लेरी नेपाने गाउंमा गएको पहिरोले ९ वटा घर पुर्ण रुपले बगाएको थियो भनें २० भन्दा बढि घरलाई क्षतिग्रस्त बनाएको थियो । पोखरादेखि लगभग ५० कि.मी. पश्चिम उत्तरमा पर्ने सो गाँउमा गएको पहिरोले त्यस गाँउको दर्जनौ चौपायाहरु पनि बगाएको छ । उद्धार कार्यको लागी पोखरा, छिमेकी जिल्ला पर्वतबाट उद्धार टोली, सुरक्षाकर्मीहरू, रेडक्रसका टोली, कास्कीबाट माओवादीको एक टोली र नजिकका स्थानीय बासिन्दाहरू समेतको सहयोग रहेको छ।

आधुनिकरणले गर्दा वन जंगल विनाश भएपछि अषाढ-श्रावण महिनामा प्रत्येक वर्ष अनेकौले ज्यान गुमाउनुको साथै लाखौको सम्पत्ति नाश हुदै आईरहेकोलें सबैको ध्यान वृक्षारोपण तिर पनि लागे यो समस्या अलिकत भएपनि हल हुनें थियो होला । “एउटा रुख काटौ तर त्यसको बदलामा दुई वटा रुख रोपौ ।”

July 14, 2006

‘कोरिया प्रकरण’ सरकारलाई नैं जिम्मेबारी

Filed under: समाचार

काठमाडौं/अषाढ ३०,

विगतदेखि नै कोरियामा प्रशिक्षार्थी कामदार आपुर्तिको कोटा गुम्ने नाममा म्यानपावर कम्पनीहरूको मनोमानीप्रति आँखा चिम्लदै आएको सरकारले आगामी वर्षदेखि स्वंय पठाउने भएको छ । २००६ को ६९५ जना प्रशिक्षार्थी कामदार कोटामा मुनड्रप्स म्यानपावरले सरकार विहिन अवस्थामा असिमित पैसा असुलेर गोप्यरुपमा कामदार पठाउनें कार्य पर्दाफास भएपछिको विवादमा परेपछि सरकारलेनैं पठाउने कुरामा कोरिया सरकारलें ‘निजी क्षेत्रबाट निजी क्षेत्रमा नै गरिएको सम्झौता भएकाले’ भन्दै अस्विकार गरी अन्तिम पटक मुनड्रप्स म्यानपावरले पठाउन पाएको थियो र आगामी वर्षदेखि कोरिया सरकारले नेपाल सरकारमार्फत् नै कामदार लिने प्रक्रिया सुरु गरेको जानकारी थाहा हुन् आएको छ ।

नेपालसहित ८ देशबाट कोरिया साना तथा मझौला उद्योग संघ (KFSB) ले निजी क्षेत्रबाट प्रशिक्षार्थी कामदार लैजाने प्रचलनलाई कोरिया सरकारले यसै वर्ष नयाँ प्रणालीबाट प्रतिस्थापित गर्दै आगामी वर्षदेखि कोरियाले रोजगार अनुमति प्रणाली (EPS) मार्फत् कामदार माग गर्नेकुरा बिहीबार प्रतिनिधिसभाको परराष्ट्र सम्बन्ध तथा मानव अधिकार समितिलाई दिएको छ। लुम्बिनी म्यानपावरलें अवैध रुपमा कामदार पठाउने प्रक्रियाको पर्दाफास भएर बन्द भएपछि दरबारको आडमा फाइदा उठाउदै मनोखुशी पैसा उठाई एकलौटी कामदार पठाउदै आएको मुनड्रप्स म्यानपावर कोरिया सरकारको पछिल्लो निर्णयले नराम्ररी थला परेको छ भनें EPS System लागु भएपछि कोरियामा भएको नेपाली कामदारहरुलाई केहि राहत हुनेकुरामा त्यहाँ रहेका नेपालीहरु विश्वस्त छन् ।

July 13, 2006

एक सन्देश

अषाढ २९,

SLC फेल हुनेहरुलाई एक सन्देश दिनको लागी मह जोडीको यो प्रस्तुति मैलें आफ्नैं समयको अभावलें ढिलैं भएपनि यहाँ प्रस्तुत गरेको छुँ । प्रत्येक वर्ष SLC रिजल्टमा फेल भएपछि आफ्नो जिवनको नाश गर्ने खबर सुनिन् आउदा मन नै खिन्न भएर आउछ । आखिर किन यति कमजोर हुन्छ SLC सम्म पढे लेखेकाहरु ?आखिर कहिले सम्म ?

अबको दिनहरुमा यस्तो नहोस् भन्दै आगामी वर्षमा SLC दिनेंहरु एंव यसैको लागी लडिरहनु भएकाहरुको लागि विशेष यो ‘SLC भिडियो ब्लग’ तपाइहरु समक्ष राख्दै छुँ ।

भाग १ :

बाँकि भित्र … (more…)

यसपालीको बजेट १ खर्ब ४४ अर्ब रुपैयाँ

Filed under: समाचार

काठमाडौं/ अषाढ २९,

अर्थमन्त्री रामशरण महतले बुधवार प्रतिनिधिसभामा आर्थीक वर्ष २०६३/६४ को लागि एक खर्ब ४४ अर्ब रुपीयाँको बजेट प्रस्तुत गर्नुभएको छ। आउने आर्थिक वर्ष संविधानसभाको निर्वाचन हुन्छ भन्ने आधारमा निर्वाचनका लागि बजेटमा १ अर्ब २५ करोड रकम विनियोजन गरिएको छ ।राजाको प्रत्यक्ष शासनकालमा ह्वात्तै वढाइएको राजदरबारको खर्चमा ४५% कटौती गरिएको छ भने सेनामा नयाँ भर्ना नगरिने जनाइएको छ। दरबार खर्च आगामी वर्षका लागि २० करोड ९७ लाखमा सीमित भएको छ । दरबारले आगामी वर्षका लागि करिब २९ करोड माग गरेको थियो ।

यसअ‌घि प्रत्येक गाउँ विकास समितिलाई दिइँदै आएको पाँच लाख रुपीयाँको अनुदानलाई दोब्बर बनाई १० लाख पुर्‍याइ ग्रामीण क्षेत्रलाई प्रथामिकता दिइएको छ । यो रकम अर्थ मन्त्रालयबाट सोझै गाउँ विकास समितिमा पठाइनेछ । यसअघि स्थानीय विकास मन्त्रालय र जिविस हुँदै रकम जान्थ्यो । २०५४ सालपछि गाविसमा प्रत्यक्ष जाने रकम वृद्धि भएको यो पहिलो पटक हो । गाविस अनुदानमा झन्डै ४ अर्ब खर्च हुनेछ । त्यस्तै वृद्ध र विधवा भत्ता पनि वृद्धि भएको छ । त्यस्तै कृषि अनुसन्धानमा केही समयअघि कटौति गरिएकोमा बजेटमा कृषि विकासको लागि झण्डै चार करोड रूपीयाँ विनियोजन गरिएको छ।

July 12, 2006

मुम्बईमा बम बिस्फोट

12th July,

छिमेकी इण्डियाको मुम्बई शहरमा हिजो मंगलबार साँझ सातवटा लोकल ट्रेनहरुमा अज्ञात आंतकवादी समूहले श्रृंखलाबद्ध एकपछि अर्को गरी ७ वटा ठूला ठूला बम बिस्फोट गराउंदा १ सय ७४ जनाको मृत्यु भइसकेको छ भने मृतकको संख्या बढ्न सक्ने बताएका छन्। साँझ ६:२४ देखि सुरुभएको बम धमका ११ मिनेटभित्र ७ वटा लोकल स्टेशन खार, माहिम, माटुंगा, मीरा रोड, जागेश्वरी, बोरीबली र बान्द्रास्थित स्टेशन तथा रेलहरूमा लगात्तर विस्फोट भएका थिए। प्रहरी अधिकारीले दिएको पछिल्लो जानकारी अनुसार १ सय ७४ जनाको मृत्यु भएको छ भने करिव ४ सय भन्दा बढी घाइते भएको बताइएको छ। घटनापछि मुम्बई शहर आतंकित र त्रासित बनेको थियो र केही क्षेत्रहरूमा टेलिफोन सेवाहरुसमेत अबरूद्घ भएका थिए।

July 11, 2006

रुस र पाकिस्तानमा विमान दुर्घटना

Filed under: समाचार

मस्को /९ जुलाई,

रुसको राजधानी मस्कोबाट उडेको एक यात्रुबाहक ‘सिविर एयरको उक्त ए-३१०’ विमान दुर्घटना भएको छ । उक्त विमानमा १ सय ९२ जना यात्रु र चालक दलका ८ सदस्यरहेका मध्ये १ सय ५० जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरुले १ सय २० जनाको शव निकालिसकेको छ। रुसी समाचार संस्थाहरुका अनुसार मस्कोबाट उडेको सो विमान साइबेरियाको इरकुत्स्क विमानस्थलमा उत्रने क्रममा रनवेमा चिप्लिएर एक भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । अधिकारीहरुका अनुसार घटनामा ७० बढी घाइते छन् । दुर्घटनाको खास कारण खुलिसकेको छैन ।

पाकिस्तानमा

यता पाकिस्तानको मुल्तान देखि लाहौर उडेको विमान दुर्घटना हुँदा सबै यात्रुहरुको मृत्यु भएको छ । सो विमानमा चालक दलका ४ जना सहित ४१ जना यात्रुहरु थिए । विमान मुल्तान विमानस्थल देखि उडान भरेको तीन मिनेटमा नै विमानको इन्जनमा आगो लागेर असन्तुलन भएर बिजुलीको तारमा ठोक्किएर पछि खेतमा खस्न पुगेको थियो । दुर्घटनाको मुल कारण थाहा भएको छैन । बीबीसी अनुसार विमानमा लाहौर हाई कोर्टको दुई जज, पाकिस्तान अंतरराष्ट्रीय एयरलाइनको एक वरिष्ठ अधिकारी र पाकिस्तानी सेनाको दुई वरिष्ठ अधिकारी पनि सवार थिए ।फोटो हेर्न भित्र आउनुहोस् : (more…)

July 10, 2006

इटालीको सानदार जीत, जिदानेंलाई रेडकार्ड

Filed under: समाचार

जर्मनी /१०जुलाई,

बर्लिनमा भएको फाइनल खेल निकै रोचक र नाटकीयसमेत बनेको थियो । अतिरिक्त समयका बावजुद पनि १-१ को बराबरीमा रहेपछि पेनाल्टी सुटआउट खेलाइएको थियो ।इटलीले फ्राँन्सलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराएर चौथो पटक विश्वकप फुटबल प्रतियोगिता जितेको छ। तर, फाइनलको सबैभन्दा दुर्भाग्यपूर्ण घटना फ्राँन्सका स्टार खेलाडी जिनेदिन जिदानेलाई रेड कार्ड दिखाउनु भयो । एक सय १० मिनेटमा जिदानले मेतारात्सीलाई रिसले टाउकोद्वारा छातीमा प्रहार गर्दा रेडकार्डको सिकार भई मैदान बाहिरिँदा फ्रान्स १० खेलाडीमा मात्र सीमित भएको थियो । आफ्नो फुटबल जीवनको अन्तिम खेलमा फ्रान्सका कप्तान जिनेदिन जिदानले अनुशासन बाहिर गएर विपक्षी टिमका खेलाडीमाथि प्रहार गर्दा रातो कार्ड पाई मैदान छाड्नुपर्ने स्थिति आएपछि जिदानको अभावमा ट्राइबेकरमा फ्रान्सलाई घाटा लागेको थियो ।सहायक रेफ्रिसँगको सल्लाहपछि अर्जेन्टिनाका रेफ्रिले जिदानलाई मैदानबाट बाहिर निकाल्ने निर्णय गरेका थिए । यसअघि थियरी अनरी र पेटिरक विएरालाई पनि टीम बन्धन बाहिर बोलाइएको थियो । इटलीले सन् १९३४, १९३८ र १९८२ मा प्रतियोगिता जितेको थियो तर फ्राँन्सले सन् १९९८ मा एक पटक मात्र जितेको छ ।

यसपल्टको :

Winner : Italy
2nd winner: France
3rd winner: Germany
Golden shoe award: KLOSE Miroslav (GER)
Best young player : Lukas Podolski (GER)
Golden Ball Award Winner: ZIDANE Zinedine (FRA)
Silver Ball Award Winner: CANNAVARO Fabio (ITA)
Bronze Ball Award Winner: PIRLO Andrea (ITA)

अहिले सम्म विश्वकप विजेता :

ब्राजील : पाँच पटक
इटली : चार पटक
जर्मनी : तीन पटक
अर्जन्टीना : दुई पटक
उरुग्वे : दुई पटक
फ्राँस : एक पटक

July 9, 2006

विश्वकप फाइनल आज

9th July,

विश्वकप फुटबलको रहर पनि सिध्धिन लाग्यो । हिजो भएको तेस्रो स्थानको लागी भएको खेलमा आयोजक राष्ट्र जर्मनीले पोर्चुगललाई ३:१ लें पराजित गरी आफ्नो चित्त बुझाएको छ । २००२को कोरिया जापान विश्वकप फुटबलमा दोस्रो स्थान सम्ममा पुगेको जर्मनीले यस पल्ट आयोजक राष्ट्र हुनको फाइदा उठाउछ भन्नें धेरैले अनुमान गरेका थिए तर सेमिफाइनलमा इटाली सँगको खेलमा हारेपछि तेस्रो स्थानको लागी पोर्चुगल सँग भिडेको थियो । यसपालीको विश्वकपमा गएको वर्ष जस्तो नरहेपनि नयाँ राष्ट्रलें इतिहास रच्नें मौका पाएका छन् । तीन पल्ट विश्वकप हात पार्न सफल इटाली र १ विश्वकप हात पार्न सफल फ्राँस, आज केहि छिन पछि भिड्नें छन् । कोरिया समयानुसार जुलाई १० तारिखको बिहान तीन बजें मात्र शुरु हुनें विश्वकप २००६को फाइनल जर्मनीको बर्लिन स्थित स्टेडियममा हुनें छ । विस्तृत जानकारीको लागी यहाँ क्लिक गर्नुहोस् ।

फाइनल खेल हुनें स्टेडियम
फाइनल खेल हुनें स्टेडियम

विश्वकप २००६को Logo

खोई कस्लें जित्नेहो??

सुन्दरीलें कसलाई सपोर्ट गरेकाहुन् खेलाडीलाई?? होइन होला दर्शकलाई होला । हैं ?
सुन्दरीलें कसलाई सपोर्ट गरेकाहुन् खेलाडीलाई?? होइन होला दर्शकलाई होला । हैं ?

मलाई किन यस्तो घोरिएर हेरेकी कोरियन सुन्दरी??

दाँत देखाएको हो कि ?? अर्कैं??

केहि फोटोहरु भित्र पनि छ । (more…)

July 8, 2006

मनी ट्रान्सफरका म्यानेजर टाप

नेपालगन्ज/२४ अषाढ

एक प्रसिद्ध अन्तराष्ट्रिय मनी ट्रान्सफरका रुपमा चिनिने प्रभु मनी ट्रान्सफरका नेपालगन्जमा रहेको शाखा कार्यालयका म्यानेजर लेखबहादुर केसीले करिब २५ लाख रुपैयाँको पैसाको कुम्लो बोकेर फरार भएका छन् ।बागेश्वरी-५ मनकामनापुर गाउँ घर भई नेपालगन्ज बस्दै आएका केसी परिवारसहित बिहीबार बिहानै भागेको कार्यालयले जनाएको छ । म्यानेजरले गरेको अनियमिताका बारेमा प्रधान कार्यालयमा छानबिनकै लागि आफू काठमाण्डौं गएको मौका पारेर म्यानेजर पैसा लिएर भागेको नेपालगन्ज इन्चार्ज बिन्दु शेरचनले बताए । गत वर्ष केन्द्रबाट पठाइएको ६ लाखमध्ये ४ लाख रुपैयाँको तथ्यांक लेखापरीक्षणमा नदेखिएपछि त्यसको छानबिनका लागि इन्चार्ज शेरचन अषाढ १२ गते काठमाडौं जानुभएको थियो । बिहीबार इन्चार्ज फर्कने थाहा पाएपछि म्यानेजर केसी भागेको बताइएको छ ।

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users