Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

July 8, 2006

एभरेस्ट जुवाघरमा छापा

Filed under: समाचार

कठमाण्डौ/२४ अषाढ,

हिजो राजधानीको नयाँ बानेश्वर स्थित एभरेस्ट जुवाघरमा जुवा खेलिरहेको अवस्थामा दस नेपाली जुवाडेलाई राती दस बजेतिर नेपाल प्रहरीका डीएसपी राजेन्द्र रोमखानीको नेतृत्वमा गएको प्रहरीको टोलीले तलाशी लिँदा पक्राउ परेका खबर छ । उनीहरुमध्ये केही भाग्ने तरखर गर्दागर्दै क्वाइनसँगै पक्राउ परेको बुझिएको छ ।साथैं हिजो प्रहरीले राजधानीका अन्य जुवाघरमा पनि छापा हानेको थियो तर एभरेस्ट बाहेक अन्य जुवाघरमा नेपाली जुवाडे भेटिएनन् ।

नेपालीकै कारण संचालित एभरेस्ट जुवाघरमा जुवाको भन्दा पनि तरुणीको प्यास मेट्न अधिकांश नेपालीको मात्रै नभएर भारतीयहरुको समेत भीड लाग्ने गरेको बताइन्छ । नियमित ग्राहकहरुलाई एभरेस्ट जुवाघरले ग्राहकको मागबमोजिम तोकिएकै ठाउँमा सोही क्यासिनोमा जीआरओ गेस्टरिलेसन अफिसरका रुपमा कार्यरत महिला कर्मचारी तरुणीको व्यवस्था गर्दै आएको बताइन्छ । मार्केटिङ डाइरेक्टर ती जीआरओलाई ग्राहकसँग झर्कने चर्कने अथवा रेस्पोन्स नगरेको जस्तो व्यवहार देखाएको खण्डमा हाम्रा ग्राहक भड्कन्छन् यस्तो भयो भने हामीले तिमीहरुलाई चाहेर पनि रोजगारी दिन सक्दैनौं भनेर सेक्स धन्दामा लाग्न अप्रत्यक्ष धम्की दिने गरिन्छ र यौन शिकार भएको गुनासो लिएर जुवाघरका उच्चपदस्थ व्यक्तिसँग गुनासो गर्न जाँदा पीडितलाई निर्देशनअनुसार काम गर्ने इच्छा भए गर्नु अन्यथा केही गर्न नसकिने जवाफ फर्काउने गरेको बुझिएको छ । नेपाली मात्रै नभएर भारतीयहरुको समेत जुवाघरतिर मन लोभ्याउन नेपाली चेलीको देहव्यापारमा पोख्त एभरेस्ट जुवाघरको नियतबारे तत्काल छानबिन हुनु आवश्यक देखिएको छ ।

July 7, 2006

आफ्नो टाउकोको हड्डी हातमा

२३ अषाढ,

Sambhu Roy
इण्डियाको कोलकतामा शम्भु राय नामक एक व्यक्तिलें आफ्नो टाउकोको एक भाग हड्डी बाहिर निकालेर देखाउदा त्यहाँ रमिता नैं बनेको छ । टाढा टाढा बाट शम्भु रायको टाउको हेर्न मान्छेहरुको अस्पतालमा भिड हुन्छ । एउटा जिवित मान्छेको टाउकोको एक भाग हड्डी बाहिर आएको देख्दा त के सुन्दा पनि आङ सिरिङ्ग हुन्छ । रायको अघिल्लो साल बिजुलीको झट्का लागेको थियो जस्ले गर्दा रायको टाउको जलेको थियो , उपचार गर्दा गर्दै केहि महिना पछि टाउकोको हड्डीको सो भाग बाहिर आएको हो बनेर डाँक्टर भन्छन् । अहिले रायलाई कुनै किसिमको खतरा छैन, हड्डी निस्केको ठाँउ बाट अर्कै नयाँ हड्डी पलाउन लागेको छ । अहिले अस्पतालमा भएको शम्भु आफ्नो टाउकोको हड्डी हातमा लिएर ‘ यसलें मलाई चर्चामा ल्यायो , मेरो नाँउ कमायो , यसलाई म सधैं आँफु सँग राख्छु ।’ भन्दैं हिड्छन् ।

July 6, 2006

परीक्षामा फेल भएपछि आत्महत्या

२२ अषाढ,

सप्तरीको राजविराजकी १६ वषिर्या सुनिता चौधरी र सुनसरीकी १७ वषिर्या निलम दंगालले विधार्थी जिवनको Iron Gate एसएलसी परीक्षामा फेल भएपछि आज आत्महत्या गरेका छन् । सुनिता चौधरीले किटनाशक औषधि सेवन गरेर र निलम दंगालले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको खबर छ ।

पोखराको अमर सिंह माविबाट एसएलसी दिएका १७ जना दृष्टिविहीन विद्यार्थी मध्येबाट १६ जना प्रथम र एक जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन् र पाल्पाको जमघडा माविबाट ३ दृष्टिविहीन विद्यार्थी पनि प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । २०६२ सालको नियमित तर्फ जम्मा १ लाख ४ सय ५४ जना विद्यार्थी जम्मा ४६.५१% प्रतिशत उत्तिर्ण भएका छन् । यस वर्ष विशिष्ट श्रेणीमा ४ हजार जना परेका छन् भने प्रथम श्रेणीमा ४१ हजार नौ सय ८३ जना उत्तीर्ण भएका छन् । यसैगरी दोस्रो श्रेणीमा ५३ हजार सात सय ७७ जना र तृतीय श्रेणीमा ४ हजार ८ सय ९४ जना विद्यार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्ष देखि एसएलसीको बोर्ड प्रथा हटाइएको छ ।

SLC Result मध्यरातमा मात्र

Filed under: समाचार

भक्तपुर/२२ अषाढ,

सानो ठिमी भक्तपुर परीक्षा नियन्त्रण कार्यालयले जनाए अनुसार एस.एल.सी. परीक्षाको नतिजा बुधबार सांझ ६ बजे पछि प्रकाशित गरिने भनें पनि सदा झैं मध्यरातमा प्रकाशित गरेको छ । बैंठक ढिला बसेको र इन्टरनेटमा राख्दा ढिला भएकोलें त्यसो भएको रहेछ । परिक्षाफलको लागि भित्र आउनुहोस् >> (more…)

July 5, 2006

SLC को नतिजा आज

अषाढ २१ गतें,

सानो ठिमी भक्तपुर परीक्षा नियन्त्रण कार्यालयले जनाए अनुसार एस.एल.सी. परीक्षाको नतिजा आज बुधबार सांझ ६ बजे पछि प्रकाशित गरिने भएको छ। यस पटकको परीक्षामा ३ लाख ३२ हजार भन्दा बढि बिद्यार्थीहरु सामेल रहेका छन्। बिद्यार्थीहरुको सुविधाको लागि राति १२ बजेमात्र प्रकाशित गरिदैं आएको परीक्षाको परिणाम यसपल्ट बेलुकी ६ बजे पछि गर्न लागिएको जनाएको छ। चैत १४ गते देखि भएको परिक्षाको परिक्षाफल गएको वर्षहरु झैं चाँडै प्रकाशन गरिने भनिएपनि यसपल्ट आन्दोलनका कारण ढिला भएको हो भनिएको छ । परीक्षाफल गोरखापत्र, www.moe.gov.npwww.doe.gov.np वेब साइटहरू र दुरसंञ्चार, टेलिफोन एवं मोवाईलवाट पनि परीक्षाफल थाहा पाउन सकिने छ।

जर्मनी खेल बाहिर

Filed under: अन्‍य

5th July,

९० मिनेटको खेल बराबरीमा टुङ्गिए पछि आयोजक राष्ट्र जर्मनी र इटालीको खेलमा थप ३०मिनटको खेलमा इटालीले ११९औं मिनेट र १२१औ मिनेटमा २ गोल गरि जर्मनीलाई खेल बाहिर गर्दैं फाइनलमा प्रवेश गरेको छ । अब भन्नु होला कि ९० मिनेटको खेलमा ३० मिनेट थपेर खेलाइएको खेलको ११९औं मिनेटमा र १२१औं मिनेटमा गरि दुई गोल इटालीलें गर्‍यो, यहाँ ९०+३०मिनेट गरेर=१२०मिनेट मात्र हुन्छ तर १२१औं मिनेट कहाँ बाट आयो, १२१औं मिनेटको गोल चाँहि प्लस टाइममा (थप समयमा) भएको थियो । यस खेलमा दुबैं टोलीका समर्थकहरुलाई अचानक खुशी र दु:खी बनाएको थियो । आजको खेलमा पोर्चुगल र फ्राँस बिच हुनें छ भनें यस पालीको विश्वकप खेलमा यसैंले जित्छ भनि अनुमान गर्न गाह्रो छ ।

July 4, 2006

मेट्रो ट्रेन दुर्घटना

4th July,

घाइतेलाई अस्पताल लैजादैं हिजो स्पेनको वैलेन्सिया शहरमा एउटा मेट्रो ट्रेन दुर्घटनामाग कम्तिमा पनि ४१ जनाको मृत्य हुनको साथैं ५० जना घाइते भएको समाचार छ। वैलेन्सिया शहरको जीसस स्टेशनमा उक्त ट्रेनको दुई वटा डिब्बा पटरी बाट बाहिर झरेको थियो भनें अझसम्म दुर्घटनाको कारण थाहा हुन् सकेको छैंन । तैं पनि सुरंगको पर्खाल भत्केकों, उच्च गति वा ट्रेनको चक्का फुटेर दुर्घटना भएको अनुमान गरिएको छ । लगभग १५० जनालाई सुरक्षित निकालिएको छ भनें सो ठाँउलाई चारैं तिर बाट पुलिसले घेरा हालेको छ। गएको सितंबर महिनामा पनि यहि लाइनमा दुई ट्रेनको दुर्घटनामा ३० जना घाईते भएका थिए ।

प्रधानमन्त्री आईसीयुमा

4th July,

भर्खरैं मात्र थाइल्याण्डको बैंककमा उपचार गराएर आउनुभएको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई अहिले गंगालाल हृदय रोग केन्द्रको आईसीयुमा राखिएको छ । प्रधानमन्त्री कोइराला सोमबार साँझ अचानक अस्वस्थ हुनु भएपछि उहाँकैं निजि चिकित्सक मधु घिमिरेलें निवासमैं केहि समय उपचार पछि अस्पतालमा भर्ना गरिएको थियो र पछि केही स्वस्थ हुनु भएको थियो । आज प्रधानमन्त्री कोइरालाले प्रतिनिधिसभामा नेपाल सरकारको वाषिर्क नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ त्यसमा कोइरालाको अस्वस्थको कारण अन्यौलमा छ । साथै प्रधानमन्त्री कोइराला र मन्त्रिपरिषदका सदस्यहरुले समेत मंगलबार नै सपथ लिने कार्यक्रम थियो । यसअघि प्रतिनिधिसभाको घोषणाअनुसार सपथ खाने कार्यक्रममा समेत उहाँ अस्वस्थताकै कारण उपस्थित हुन सक्नु भएको थिएन ।

July 3, 2006

बागमतीको रिसलें

Filed under: समाचार

काठमाडौं,/असार १९,

क्षतिग्रष्त घर मध्यराति ब्राजिल र फ्राँन्सबीचको फुटबल हेरिरहेका पशुपति क्षेत्रका एक स्थानीय युवाले पानी घरभित्र पसेको थाहा पाएपछि बाहिर निस्केर हेर्दा वाग्मती नदीको बाढीले घर जलमग्न भएको र अन्य घर अनि पसलहरु बगाएको थाहा पाएपछि सबै घरका सामानहरू सुरक्षित गर्न पट्टि लागेका थिए । आइतबार बिहानको वाग्मती नदीको बाढीले तिलगंगादेखि उत्तर र नदीबाट पूर्वतर्फको बस्तीका पाँचवटा घर तथा पसल बगाएको थियो। चार घर क्षतिग्रस्त तिनमा आश्रति ६० परिवार विस्थापित भएका छन् । करोडौंको भौतिक सम्पत्ति र धनमाल नष्ट भएको छ ।

पशुपति क्षेत्रस्थित वाग्मती नदीको पानी आर्यघाटमा संकलन गर्न झन्डै दुई सय मिटर दक्षिणमा ढोका लगाउन र खोल्न मिल्ने बनाएको बाँधको ढोका समयमै नखोल्दा शिवपुरी जलाशय क्षेत्र, मूलपानी, साँखु र सुन्दरीजल क्षेत्रमा शनिबार राति अत्यधिक वर्षा भई वाग्मतीमा आएको रातिदेखिको बाढीले जग्गा कटान गदैर घरहरू बगाएको थियो ।शनिबार साँझ नै पानी बढ्नेआशंकामा कोषका सुरक्षाकर्मीले बाँधको ढोका खोल्ने प्रयास गरेका थिए तर नसकी उनीहरू फर्किएका थिए । सम्बद्ध पदाधिकारीका अनुसार बाँधको ढोका वर्षायाम र महाशिवरात्रिमा वर्षको दुई पटक खोल्ने भनिए पनि तीन वर्षदेखि खोलिएका थिएनन् । घटना सुरु भएको करिब ३ घन्टा ढिलो बिहान ६ बजे मात्र क्रेनको सहायताले बाँधका ढोका खोलिएको थियो । जतिखेर वाग्मती पूर्वपट्टि कटान गर्दै बाढी बगिरहेको थियो ।

क्षतिग्रष्त घर

पूर्वपट्ट कटान गर्दै बगेको खोलाको प्रवाहलाई रोक्न स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र, सेना र जनसमुदाय दिनभरि नै खटिएका थिए । साँझ अबेरसम्म पनि जाली, बोरा र बालुवा ल्याएर बस्तीतर्फको बहाव नियन्त्रण गर्ने काम भइरहेको थियो ।

समयमै ढोका नखोलेको आक्रोशमा घरबास उठेकाहरूले कोषको मूलद्वार अगाडि आइतबार बिहानैदेखि गाडी तेस्र्याएर चक्काजाम गर्दा त्यस क्षेत्रको आवागमन दिनभरि नै अवरुद्ध भयो । गौशाला भएर गुडने सवारी साधन र सर्वसाधारणले हैरानी पाएका थिए । विरोधका कारण कोषको कार्यालय आइतबार बन्द रह्यो । क्षतिपूर्ति नपाए कोष परिसर नै जलाउने पीडितहरूले चेतावनी दिन थालेका थिए र धर्मशालामा बास बस्न दिने र क्षतिको मूल्यांकन गरी रकमको माग गरेका थिए ।यो सब बागमतीको रिसलें भएको हो । सबैंले त्यसलाई फोहोर मात्र गर्छन् । के गर्ने !!??फोहोर पखाल्दा सबैं पखालिन्छ । होइन त !? Sorry its a joke ! Take it easy. Don’t mind.

July 2, 2006

रियोतारो हासिमोतोको निधन

टोक्यो/१ जुलाई,

रियोतारो हासिमोतो हिजो शनिबार जापानको राजधानी टोक्योको ‘अन्तर्राष्ट्रिय मेडिकल सेन्टर’मा उपचार गराउँदा गराउदैं सन् १९९६ देखि १९९८ सम्म जापानको प्रधानमन्त्री हुनुभएको पूर्व प्रधानमन्त्री रियोतारो हासिमोतोको ६८ वर्षको उमेरमा निधन भएको छ। पेटसम्बन्धी रोगबाट थला पर्नु भएका हासिमोतोलाई गत जुन महिनाको सुरुमा शल्यक्रिया गरिए पनि स्वास्थ्यमा सुधार आएको थिएन । उहाँ पहिलो पटक सन् १९६० मा जापानी सांसदको सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँलाई सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका नीतिविद मानिन्थ्यो । उहाँको कार्याकालमा मन्त्रिमण्डलका सदस्यमाथि भ्रष्टाचारमा संलग्न भएको आरोप लगाइएको थियो । हासिमोतो नेपालका अत्यन्त असल मित्रका रुपमा रहँदै आउनुभएको थियो ।

July 1, 2006

अब त फर्की आउनुहोस् दाजु !

आदरणिय दाजु ,

ढोग छ, साथैं धेरैं-धेरैं सम्झाना पनि । तपाई जहाँ भएपनि आशा छ आराम कुशल नैं हुनु हुन्छ होला। हामी स-परिवार पनि आरामैं भन्नुपर्‍यो । दुई दशक पनि नाघि सक्यो , वन पसेकाहरु पनि घर फर्किन लागिसकें तर तपाईको अझैं आत्तो-पत्तो छैंन, किन यस्तो ? गर्भमा छाडेर जानु भएको छोरा २० वर्षे लक्का जवान भै सक्यो । प्रत्यक्ष नदेखेको छोराले फोटो समाई ‘मेरो बुबा’ भनेंर भन्दा मेरो मुटु धेरैं चोटी नटुक्रिएको होइन, अघि-पछि मलाई नैं बुबा मानेर एक-दुई कुरा राख्दा मेरो मन गर्वलें नफुलेको पनि होइन र कसैंले औंला उँठाउदा उ चुपचाप मनको पिडा मनमा लुकाएर एकान्तमा धरधरी रोएको मैंले नदेखेको पनि होइन, धन्य ! त्यो छोरा र धन्य ति तपाईको जिवन साथी ! तपाईको आशैं-आशामा आफ्नो अमुल्य जिवन त्यसैं बिताई रहनु भएको छ । तपाईको वापसीको लागि व्रत-तिर्थ कुनैं पनि छोड्नु हुन्न, अजा-पुजा कहिल्यैं छोड्नु भएन , स्वास्थानी व्रतमा भोक-भोकैं बसेको ‘मात्र र मात्र’ तपाईको पर्खाईमा । तपाईको आशैं-आशामा बुबा त धेरैं अगाडी संसार छाड्नु भयो, बुबालाई आफ्नो सास रहुन्जेल सम्म त ‘मेरो छोरो आवश्य आउछ’ भन्ने चाहाना त पुरा भएन भएन तर कठैं मेरी आमैं ! ‘मेरो छोरा एक दिन आउँछ-आउँछ’ भन्नु हुन्छ । तपाई घर छोडेर गए देखि बाट अहिले सम्म तपाइलाई खोज्दा-खोज्दा नपाए पनि अझैं हार मान्नु भएको छैंन , ज्योतिषहरु देख्‍नैं हुन्न, झोलामा लिएर हिडेको तपाईको ‘चिना’ निकाली हाल्नु हुन्छ । कसैंले ‘मैंले तपाईको छोरालाई फलानो ठाँउमा देखेको थिए’ भन्नैं हुन्न उसैंलाई लिएर त्यो ठाँउमा तुरन्त पुग्नु हन्छ तर तपाईको केहि अत्तो-पत्तो हुदैंन । बुढेसकालमा तपाईलाई खोग्दैं हिड्नु हुन्छ । फोटोमा तपाईलाई हेर्दै हातलें छुएर आखाँ भरीको आँशु लुकाउदैं नपुछेको मैंले नदेखेको पनि होइन, बुबा बित्‍नु अघि तपाईले पठाएको पत्र पढ्दा बुबाको आँखामा पहलो पटक आँशु नदेखेको पनि होइन। पत्रमा ‘एक चोटि आवश्य आउछु’ भन्नें हरफहरु मैंले पढ्दा सबैंको मुहारमा खुशी छाएको क्षण अझैं बिर्सेको पनि छुँइन, उक्त पत्रमा इण्डियाको हुलाकको छाप भएकोलें धेरैं चोटी तपाइलाई खोज्न बाबा-आमा इण्डिया नजानु भएको पनि होइन, मेची-महाकाली नधाएको पनि होइन, तर सबैं व्यर्थ, पैसाको त के मुल्य, आफ्नो सुख-चैंनको पनि वेवास्ता गरि दिन रात नभनी तपाईलाई खोज्दा अहिलेको समयमा तपाईलाई नपाउँदा हाम्रो मनमा, हाम्रो जिवनमा के बितिरहेको छ होला भन्नें जो कसैंले पनि अनुभव गर्न सक्छ । दुई वर्ष अगाडी तपाईलाई गाँउको कसैंले मलेशियामा देखेको खबर पाए पछि मैंले सम्पर्क नम्बर खोजी कयौं पटक फोन गर्दा तपाई अन्तै गएको सुन्दा मेरो मन छिया-छिया नभएको पनि होइन, तर के गर्नु हाम्रो परिवारलें तपाईलाई नबिर्से पनि तपाईलें बिर्से पछि कसको के लाग्छ र !?

म यस ब्लग मार्फत तपाईलाई धेरैं त भन्दैंन तपाईलें एकचोटी बस् तपाईलाई हाम्रो परिवार बीच सम्झिमात्र दिनु , तपाईलें कर्तव्य पुरा गर्नुपर्ने ठाँउहरुलाई जिम्मेवारी तवरलें हेरी दिनु, बुढी भएकी जन्म दिनें आमाको त्यो आशलाग्दो अनुहार सम्झिदिनु, हामी भाई-बहिनीहरुको सम्झाना नआएपनि त्यो तपाईको मुहार त कें तपाईको छाँया सम्मको अनुभव नगरेको छोराको न्यास्रो अनुहार सम्झि दिनु, गाँउ-घरको साथीहरुलाई नसम्झें पनि हुन्छ तर तपाईलाई सर्वस्श ठाँनेंर जन्म-घर र जन्म दिनें आमा-बुबा छाडी सातौं जुनि बिताउनें कसम खाई तपाई सँग भागेर आएकी तपाईकि श्रीमतिलाई सम्झिदिनु जसलें एउटा पत्रलाई आफ्नो सर्वस्श ठानि सिरानी मुनि राखेंर तपाई आउनें आशामा दिन काटिरेहेकी छिन् र अनि आफ्नो जन्मभुमि ‘नेपाल’लाई पनि सम्झनु जुन् देशको माटोमा तपाईखेलेर ठुलो हुनु भयो, जहाँ गएपनि तपाईको शरीरबाट अझैं पनि जन्मभुमि सुगन्ध ताजैं छ होला त्यसलाई सम्झनु, देश प्रतिको तपाईको कर्तव्य सम्झनु, तपाई सँगै वनवास भएका काकाको छोरा फर्केको पनि कत्ति भैं सक्यो, भगवान राम-लक्ष्मण पनि १४ वर्षमा फर्किनु भएको थियो तर तपाई !? वन पसेका नेपालका कठित माओवादी पनि अहिलें घरको खोजिमा फर्केका छन् भने तपाईको र मेरो मुटु पनि एउटैं रगतको हो यत्ति कठोर त नहुनु पर्ने !? ‘अब त फर्की आँउ छोरा’ भनि बसेको आमाको हृदयलाई छिया-छिया नबनाउनुहोस्, सबैं पाईन्छ तर आमा पाईदैंन भन्नें कुरा बुझि, अब साँचिक्कैं दाजु ‘प्लिज’ फर्कनुहोस् । संसारको जुनसुकैं कुनामा भएपनि, जस्तो स्थिति-परिस्थिति भएपनि सबैं बन्धन तोडेर घर आईदिनुस् । तपाईको प्रति हाम्रो परिवारमा अझैंपनि त्यँही ठाँउ छ, कुनैं शंका छैंन्, कुनैं रिस-राज छैंन्, तपाईलाई आउनमा केहि रुकावत छ भनें, कसैंलाई अप्ठाय्‍रो पर्छ भनें नि-संकोच हामीलाई भन्नु , घर-जाम गरेर बस्नु भएको छ भनें पनि स-परिवार आउनु, तपाईलाई स्वागत गर्ने हाम्रो इच्छा पुरा हुनेछ । आखिर कहिले सम्म तपाई आफैं-आफैं सँग लुक्नु हुन्छ ? यस्तो वनवास किन् ?

बस् यो ब्लगको शब्दलाई तपाईलें कहि बाट हेर्नु भयो भनें वा कसै मार्फत थाहा पाउनु भयो भनें र तपाईको मन बदिलियो भनें हाम्रो यो अपुर्ण परिवार पुरा हुनें छ, यहि आशामा मेरो मनको भारी ‘मेरोनेपाल’को चौतारीमा बिसाउँदैं आजलाई विदा चाहान्छु । तपाई जहाँ भएपनि आमाको आशिष र हाम्रो मायाले कहिल्यैं न छोडोस्।

तपाईको भाई-टंक सेरचन
र सेरचन परिवार
***************************************************************
मेरो ठेगाना-

पात्लेखेत-५, म्याग्दी, धौलागिरी, नेपाल

उक्त ठेगानाको मेरो दाजु मन प्रसाद सेरचनलाई (वहाँको फोटो म पछि राख्‍नें छुँ ) कसैंले देखे सुनेंमा कृपया मेरो ई-मेल meronepal2@gmail.com वा मेरो फोन न. ८२-१०-५८११-२९३९ (कोरियाको)मा सम्पर्क गरि दुखित परिवारलाई सहयोग गरीदिनु हुन् विनम्र अनुरोध गर्दछु । धन्यवाद !

विश्वकप फुटबल २००६को सेमी-फाइनलमा

1st July,

आयोजक राष्ट्र जर्मनी, इटाली, पोर्चुगल र फ्राँस सेमी-फाइनलमा प्रवेश गरेका छन् । आज भएको इंग्लैंण्ड र पोर्चुगल बीच भएको क्वाटर्र-फाइनल खेलमा बराबरीमा टुङ्गिए पछि पेनाल्टी सुटआउटमा पोर्चुगलले इंग्लैंण्डलाई ३:१ लें पराजित गरेको थियो भनें पुर्व विश्वकप विजेता ब्राजिललाई फ्राँसको हेनरी थिरीलें ५७औं मिनेटमा जिदानेलें दिएको बललाई सद-उपयोग गर्दै मिठो निर्णायक गोल गरेका थिए । दुई दिनको विश्राम पछि जुलाईको ४ तारिख जर्मनी र इटाली बीच र ५ तारिखमा फ्राँस र पोर्चुगल फाइनल खेलको लागी भिड्ने छन् । खेल तालिका एंव अन्य जानकारीको लागी यहाँ क्लिक गर्नुहोस् ।

श्रीलंका टापुको नदीमा डुंगा पल्टियो

1st July,

सुनसरीको श्रीलंका टापुको सप्तकोशी नदीमा प्रकाशपुर गा.वि.सबाट बेहुली सहित जन्ती लिएर महेन्द्रनगर गा.वि.सतर्फ जाँदै गर्दा एउटा डुंगा हिजो पल्टदा त्यसमा सवार २४ जना बेपत्ता रहेका छन् भनें बेहुला-बेहुली सहित ३६ जनालाई सकुशल उद्धार गरिएको बताइएको छ। डुंगामा करिब ६० जना रहेको बताइए पनि कति यात्रु सवार थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन । डुंगामा धेरैं मानिसहरुको भार भएकोले सन्तुलन न भएर सो दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनास्थलमा आज उद्धार कार्य भइरहेको र उद्धार कार्यमा नेपाली सेनाको बोट लगायत जवान र प्रहरी जवानहरु कार्यरत रहेका छन् । घटनाभएको भन्दा तीन कि.मि. तल दुर्घटनामा परेको डुंगा फेला परेको छ भनें २४ जनाकै मृत्यु भएको आशंका गरिएको छ।

June 29, 2006

असार पन्ध्र

Filed under: अन्‍य

असार १५,

आज असार १५ को दिन । गएका हरेक वर्षहरूमा आजका दिन आम नेपालीका आस्थाका केन्द्र मानिएका राजा-रानी धान रोप्न खेतमा जान्छन् भन्थे, दही च्यूरा खाएर विशेष खुसियाली मनाउछन् भन्थे । आजको दिन त राजा-रानी पनि खेतमा धान रोप्न आउछन् भन्ने उखान त अब उखानमा मात्र सिमित रह्यो, राजा-रानी त आउलान् नआउलान् केहि फरक पर्दैन तर पनि कृषि प्रधान देश नेपालको राजधानी लगायत सम्पुर्ण गाँउहरुमा आजको दिनलाई नेपाली संस्कृति र परम्परा बमोजिम एउटा विशेष दिन धान दिवस मान्ने चलन छ । झालेमाले गोरुहरूले जोतिरहेका हुन्छन् , बेठी लगाउने र प्याउरी चलाउनेहरूको उस्तै रमाइलो दृश्य, मिठामिठा लोक-भाकाका गीतहरूले गाँउघरको खेत-खलिहान गुन्जनमय हुन्छ । हाम्रा असार पन्ध्रे नेताहरूको कमाई, जनता ढाट्ने र देश लुट्ने धन्दामा विगतमा जस्तो नरहे पनि नेपालीको परम्परागत असार १५ भने रही रहनेमा दुईमत छैन । रमाइलो कस्तो हुन्छ होला तल भिडियोमा हेर्न सकिन्छ ।

June 27, 2006

विश्वकप २००६मा नयाँ विश्व रेकर्ड

अषाढ/१३गते,

विश्वकपको आईतबारको खेल कोरिया समयअनुसार सोमबार बिहान भएको खेलमा पोर्चुगलले नेदरल्यान्डलाई पराजित गर्दै क्वाटर फाइनल चरणमा प्रवेश गरेको छ । उक्त खेलमा १६ पहेंलो र ४ रातो कार्डको वर्षा नै भएकोले सबैंभन्दा बढि कार्ड देखाइएको उक्त खेलले विश्वकपमा नयाँ रेकर्ड बनाएको थियो । आज १६औं राउण्डको अन्तिम खेल ब्राजिल र घाना अनि स्पेन र फ्राँस बिच हुने छ । यसरी क्वाटर फाइनल चरणमा पुग्ने देशहरु : इटाली, युक्रेन, अर्जेन्टिना, जर्मनी, पोर्चुगल, इङल्यान्ड र बाँकी आजको विजेता….

update ब्राजिल : ३ घाना ०

खेलको Highlights भिडियोको लागी यहाँ क्लिक गर्नुहोस् ।

जुन २६ सम्मको खेलको नतिजा

इटाली १ : अस्ट्रेलिया ०
स्विस ० : युक्रेन ३

जुन २५ को खेल नतिजा

इङल्यान्ड १ : इक्वेडर ०
पोर्चुगल १ : नेडरल्यान्ड ०

जुन २४ को खेल नतिजा

जर्मनी २ : स्वेडेन ०
अर्जेन्टिना २ : मेक्सिको १

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users