Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

June 7, 2006

‘सबैले एकढिका भई राष्ट्र निर्माणमा योगदान दिनुपर्छ’ गगन थापा

7th June,

युवा नेता गगन थापा ३ जूनमा जर्मनीको बोन शहरमा आयोजित दोस्रो गैरआवासीय क्षेत्रीय सम्मेलन भएको थियो। सम्मेलनको दोश्रो दिनको तेश्रो चरणको सभामा नेपालबाट निम्त्याइएका युवा नेता गगन थापाले ‘नेपालका युवाहरुले एन.आर.एन.बाट के अपेक्षा राख्दछन्’ शिर्षकमा अभिव्यक्ति दिएका थिए । सभामा सहभागी मध्ये गायीका आनी छोयाङ्क डोल्माले प्रतिक्रिया दिने क्रममा आफू उनका विचारबाट अत्यन्त प्रभावित भई आँसु थाम्न नसकेकी बताइन् । उनले प्रतिक्रियाकै क्रममा भनिन् ‘गगन भाई तपाइँलाई हाम्रो देशको प्रधानमन्त्री बन्ने आशिरबाद दिन्छु’, भन्ने उनको प्रस्तावलाई सभाको मन्चमा बसीरहेका गगनले आशिर्वाद स्वरुप ग्रहण गर्दै दुई हात जोडेर हार्दिकताका साथ स्वीकारेका थिए । त्यसो त त्यहाँ आनी मात्र रोएका थिएनन्, अरु सहभागीहरुको पनि गहभरी आँसु टिल्पिएका थिए । आनी मात्र होइन अन्य दुई एन.आर.एन.का प्रतिनिधिले पनि त्यहीँ आशय दोहोर्‍याएका थिए । जनआन्दोलनले ल्याएको परिवर्तनपछिको राजनैतिक विकाशक्रम, लोकतन्त्रको संस्थागत विकाश, दीगो शान्ति र देशको पुनर्निर्माणमा एन.आर.एन.को भूमीकाको विषयमा युवा नेता गगनले मन्तब्य दिए पछि सबै सहभागीहरु अत्यन्त गम्भीर भएका थिए । दलीय राजनीति भन्दा एक तहमाथि उठी राष्ट्रियताको सवालमा व्यक्त गरेका गगनका विचारले सबैलाई एक ढिका भई राष्ट्र निर्माणमा योगदान दिनु पर्दछ भन्ने गतीलो सन्देश दिएको थियो ।

June 6, 2006

विश्‍व कप फुटबल एक चर्चा :

जेठ १९ गते,

दुनियाको खेल जगतमा सबभन्दा महत्वपूर्ण प्रतियोगिता मध्ये एक पर्ने अति लोकप्रिय खेल फुटबल र हाल केहि दिन पछि जर्मनीमा शुरु हुन् गैं रहेको ‘विश्‍व कप फुटबल २००६’ को प्रतिक्षा सायद कसैलाई नहोला भन्न मिल्दैन। ३२ वर्ष पछि पुन: एकचोटी आयोजक देश बनेको जर्मनी चार चोटी विश्‍व कप फुटबलको फाइनलमा र तीन चोटी विश्‍व कप विजेता भैं सकेको जर्मनी यस पाली पनि घरेलु मैदान र अघिल्लो पटकको पराजयले दाबेदार टिम मध्ये एक छ । आउनुहोस् एकछिन (FIFA) फेडरेशन इंटरनेशनल डी फ़ुटबल एसोसिएशनको बारे केहि चर्चा गरौ । FIFA को गठन १९०४मा पेरिसमा भए पनि विश्‍व कप फुटबलको शुरुवातको लागी १९२९मा मात्र प्रस्ताव पारित भएको थियो । १९३० देखि अहिले सम्म भएको १६ वटा विश्‍व कप खेलमा मात्र ७ देशको टिम ( ब्राजील पाँच पटक, जर्मनी र इटली तीन-तीन पटक, अर्जन्टीना र उरुग्वे दुई-दुई पटक र फ्राँस एक पटक) विजेता भएको छ । विश्‍व कप फुटबलको एक इतिहास नैं छ, आउनुहोस् एक नजर विश्‍व कप फुटबलको इतिहास लगाऔं :

विश्‍व कप १९३०: सन् १९३०मा पहिलो विश्‍व कप फुटबलको आयोजक गर्ने सुवर्ण अवसर उरुग्वेलाई प्राप्त भएको थियो । पहिलो विश्‍व कप भएकोले क्वालीफाइंग राउण्ड नखेलिकन् सिधैं प्रवेशको आमन्त्रण भए पनि खर्चिलो भएकोले मात्र १३ देशको टिमले खेलमा भाग लिएका थिए भनें फाइनलमा आयोजक राष्ट्र उरुग्वेले अर्जेन्टीनालाई पराजित गरी पहिलो विश्‍व कप फुटबलको विजेता घोषित भएको थियो।

विश्‍व कप १९३४ : इटलीमा भएको १९३४को विश्‍व कपमा १६ देशको टिमले भाग लिएका थिए भनें यसपल्ट विश्‍व कपको लागी क्वालीफाइंग राउण्ड खेल्न परेको थियो र यस खेलमा पुर्व विजेता उरुग्वेले भाग लिएको थिएन र फाइनलमा चेकोस्लोवाकियाको टिमलाई आयोजक टिम इटलीले पराजय गरेर विश्‍व कप हात पारेको थियो ।

विश्‍व कप १९३८ : दोस्रो विश्व युद्धको छाया परेको बेला फ्राँसमा भएको तेस्रो विश्‍व कपमा १५ राष्ट्रको सहभागिता थियो र फाइनलमा हंगरीलाई पराजित गरेर इटलीले लगातार दोस्रो पटक विश्‍व कप विजेता भएको थियो भनें लगभग एक वर्ष पछि दोस्रो विश्‍व युद्ध शुरु भएकोले १२ वर्ष पछि मात्र अर्को विश्‍व कप प्रतियोगिता भएको थियो ।

विश्‍व कप १९५० : दोस्रो विश्‍व युद्धको कारण १२ वर्ष पछि पुन: ब्राजीलमा भएको खेलमा छिमेकी राष्ट्र भारत क्वालीफाई भएर पनि नांगो खुट्टाको कारणले गर्दा FIFAले खेल्न दिएको थिएन र फाइनलमा आयोजक राष्ट्र ब्राजीललाई २-१ ले हराएर उरुग्वे दोस्रो पटक विश्‍व कपको विजेता भएको थियो ।

विश्‍व कप १९५४: विश्‍व कपको ५०औं वर्षिकउत्सवको अवसरमा स्विट्जरलैण्डमा भएको १९५४को विश्‍व कपमा दोस्रो पटक फाइनलमा पुगेको हंगरीलाई जर्मनीले विजय प्राप्‍त गरेको थियो ।

विश्‍व कप १९५८ : ब्राजीलको स्टार खेलाडी पेलेको फुटबल दुनियामा प्रवेश गरेको विश्‍व कप १९५८ स्वीडनमा भएको खेलमा १६ टिमको सहभागिता थियो र पहिलो पटक विश्‍व कप मैंचको प्रसारण T.V.मा गरिएको थियो । फाइनलमा आयोजक टिम स्वीडनलाई पेलेको उत्कृष्ट खेलले ब्राजिललाई प्रथम पटक विश्‍व कपको विजेता बनाएको थियो ।

विश्‍व कप १९६२: चिलीमा भएको १९६२को विश्‍व कप खेलमा ब्राजिलका स्टार खेलाडी पेले पहिलो मैंचमा नैं घाइते भई खेल्न नसकेपनि ‘ह्वाइट पेले’को नाम पाएको एमारिल्डो र गरिंचाको उत्कृष्ट खेलले ब्राजिलले चेकोस्लोवाकियालाई ३-१ले पराजित गरि लगातार दोस्रो पल्ट विश्‍व कप हात पारेको थिए ।

विश्‍व कप १९६६ : इंग्लैंण्डमा भएको १९६६को विश्‍व कपमा स्टार खेलाडी पेलेलाई फाउल र घाइते भएको कारणले खेल बाहिर भए र पेलेले फुटबल नखेल्ने कसम खाएका थिए। खेलको अन्तिममा घरेलु टिम इंग्लैंण्डले जर्मनीलाई पछारेर कप जितेका थिए । (more…)

June 3, 2006

माओवादीको खुलामञ्चमा ऐतिहासिक आमसभा

काठमाडौं/जेठ २०,

दस वर्षदेखि सशस्त्र संघर्ष गर्दै आएको माओवादीले शुक्रबार पहिलो पटक राजधानीको खुलामंञ्चमा माओवादीका १२ भन्दा वढी केन्द्रीय नेताहरूको सहभागितामा अत्यन्तै व्यवस्थित र संयम भएर शान्तिपूर्ण ढंगले विशाल जनसभा गर्‍यो । बेथान, प्रताप र वासु स्मृति बिग्रेडमा कार्यरत प्रायः जनमुक्ति सेना तथा कमान्डहरू उपस्थित थिए । उनीहरूको परिचालन विशेष कमान्डका इन्चार्ज अनन्तले गरिरहेका थिए । केही सञ्चारकर्मी बाहेकले सार्वजनिक रूपमा अनन्तलाई अरूले अनुमान गर्नै सकेनन् । महराले भाषण गरिसक्दा पनि अरू वक्ता छन् भन्दा कोही थप ठूला नेता आउँछन् कि भन्ने शंकामा माओवादी अध्यक्ष प्रचण्ड सभामा आउँछन् कि भन्ने भान धेरैलाई भयो । प्रचण्डको फोटो अंकित राजधानी छाएको पोस्टरले गर्दा धेरैको अनुमानमा यही थियो, प्रचण्ड त आएनन् तर प्रचण्डका बुवा मुक्तिराम दाहाल मञ्चमा आएका थिए । (more…)

May 31, 2006

काठमाण्डौमा लगातार चौंथो दिन लुटपाट

काठमाण्डौ/जेठ १७ गते,

काठमाण्डौमा आज लगातार चौथो दिन लुटपाट मच्चिएको छ । ६-७ जनाको अज्ञात हतियारधारी लुटेराहरु माइक्रोबसमा आएर करिव ११ बजे जोरपाटीस्थित नेबिल बैंकको एक शाखामा पसी लुट्न खोज्दा प्रहरी र लुटेराबीच भएको दोहोरो भिडन्तमा ३ जनाको मृत्यु भएको छ। हतियार सहित बैंकभित्र प्रवेश गरेका लुटेराहरुले सुरक्षा गार्डलाई कब्जामा लिई लुटपाट भैरहेको बेला वडा प्रहरी कार्यालय बौद्धको भ्यान आएपछि हतियारधारी लुटेराहरुले अन्धाधुन्ध गोली चलाइ भाग्न खोज्दा भएको गोली हानाहानमा बैंक सुरक्षा गार्ड टेकबहादुर थापा, प्रेमबहादुर तामाङ र माइक्रोबसका चालक छेवाङ लामा घाइते भई काठमाण्डौंको बिभिन्न अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा लुटेराहरु मध्यें २ जना लुटेराहरु अजय राई (माओवादी बाट भागेका) र देवराज भट्टराई (सशस्त्र प्रहरी बाट भागेका)बाट करिव २५ लाख नगद, तीन थान पेस्तोल, ४३ राउण्ड गोली र तीन थान खुकुरी सहित पक्राउ गरी बौध्द प्रहरी कार्यालयमा राखिएको छ।

यस भन्दा अघि आइतबार क्षेत्रपाटीको नेबिल बैंक बाटनैं २५ लाख लुटिएको थियो र लुटेराहरु अझैं बेपत्ता छन् । त्यस्तैं सोमबार कमलपोखरीमा बैकं बाट साढे एक लाख निकालेर अफिस जाँदै गरेको एक कर्मचारीलाई लुटिएको थियो भनें शान्तिनगरमा मंगलबार बिहानैं लुटेराहरु पसेर एउटा घरबाट लगभग २० लाख लुटिएको थियो।

May 28, 2006

इण्डोनेशियामा विनाशकारी भुकम्प

Sunday/28th May,

इण्डोनेशियाको राजधानी जाकार्ताबाट ४सय ४०किलोमिटर टाढा रहेको योगजाकार्ता शहरमा केन्द्रित परी ६दशमलव ३रेक्टर स्केलको आमविनाशकारी भूकम्पले ४हजार भन्दा बढीको ज्यान लिएको छ भने २०हजार भन्दा बढी घाइते भएको छन् र १० हजार भन्दा बढी घरबार विहिन भएको समाचार छ। सुनामी पछिको अर्को विनाशकारी भुकम्प मानिएको सो भूकम्पले इण्डोनेशियाको जनजिवन अस्त व्यस्त पारेको छ । स्थानिय समयअनुसार शनिवार बिहान लगभग ६ बजे गएको सो भुकम्पले त्यहाँ भएको हरेक चिजलाई असर पुर्‍याएको छ । लगातार भैरहेको कम्पनले गर्दा घाइतेहरुलाई अस्पताल बाहिरै राख्न बाध्य भएको अस्पताल कर्मचारीहरु बताउछन् । भुकम्पले बानतुल शहरको ८० प्रतिसत घरहरु नष्ट गरेको छ भनें सो शहरको ३ हजार भन्दा बढीले ज्यान गुमाएका छन् र खेती-बाली सबै नष्ट भएको छ भनें अमेरिका, ब्रिटेन, फ्राँस, क्यानाडा, चीन, द.कोरिया, मलेशिया, सिंगापुर, पाकिस्तान र सउदी अरब लगायत विश्वका अन्य देशहरु बाट खरबौं डलर सहयोग आईरहेको छ ।

May 26, 2006

प्रथम चरणको वार्ता सफलतापुर्वक

Filed under: समाचार

जेठ १२ गते,

दुबैं पक्षका वार्ता टोली (दायाँ माओवादी र बायाँ सरकारी)
फोटोमा दुबै तिर बीचमा दाँया माओवादी संयोजक कृष्ण महरा र बायाँ सरकारी संयोजक कृष्ण प्रसाद सिटौला र सदस्यहरु अनि फोटो लिदै पत्रकारहरु :

नेपाल सरकारको वार्ता टोली गठन हुन् साथ आजैं माओवादी र सरकारी वार्ता टोली बिच आज गोकर्णको एउटा रिसोर्टको (त्यो रिसोर्ट राजाको सम्पत्ति हो रें) एउटा बन्द कोठामा सफलतापुर्वक वार्ता भयो । यस पल्ट समेत गरी तीन चोटि वार्तामा आउनुहुने कृष्ण महरा सहित तीन जनाको वार्ता टोली र साथमा केही अंगरक्षक/ कार्यकर्त्ता सहित बिना हतियार ४ बजे हुनें भनिएको वार्ताको लागी व्यक्तिगत गाडीमा ३:५५ बजें आई पुग्नुभएको थियो भनें सरकारी टोली तर्फका भनें ३:३० बजेंनै सरकारी गाडीमा आईसकेका थिए । उक्त स्थानमा मन्त्रीहरुको सुरक्षा गार्ड बाहेक टन्नैं स्वदेशी र विदेशी पत्रकारहरु पनि हातमा मुवी क्यामरा र स्टिल क्यामरा लिएका देखिन्थे । आजको मुल एजेण्डा आचार संहिता बनाउनमा केन्द्रित रहेको दुवै टोलीहरु एकअर्का बिच विश्वस्त हुने वातावरण तैयार भएको र २५ बुदैँ युद्ध-विराम आचारसंहितामा (बन्द, चक्का-जाम, चन्दा असुली, प्रदर्शन आदि) नगर्ने सहमती भएको छ । प्रथम चरणको वार्ता ९ बजें सकिएको थियो र पत्रकार सम्मेलन पछि दुबै वार्ता टोलीहरु राती १० बजें पछि मात्र आ-आफ्नो गन्तव्य तिर लागेका थिए भनें आगामी वार्ता कहाँ र कहिले हुने हो बताईएको छैन ।

सरकारी वार्ता टोलीको घोषणा

Filed under: समाचार

जेठ १२ ,

जनआन्दोलन सफल भएको ठिक एक महिनामा मन्त्रीपरिषदको बैठकले गरेको निर्णय अनुसार माओवादीहरू संग वार्ता गर्ने सरकारी टोलीको घोषणा भएको छ। गृहमन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेस प्रजातान्त्रिकका रमेश लेखक पनि टोलीमा हुनुहुन्छ। वार्ताका निम्ति माओवादीहरूले राखेको एउटा प्रमुख शर्त पुरा गर्ने क्रममा बन्दी बनाइएका सबै माओवादीहरूलाई रिहा गरिने भएको छ र धेरैं जसोलाई रिहा गरिसकिएको छ । सरकारी वार्ता टोलीको यो घोषणा र माओवादी प्रवक्ता कृष्ण बहादुर महराको नेतृत्वको तीन सदस्यीय टोली काठमाण्डौमैं भएकाले वार्ता छिट्टैं (आज-भोली नैं) हुन् सक्ने बताईएको भएपनि मिति र स्थानको घोषणा हुन वाँकि रहेको छ। प्रथम चरणको यो वार्ताले शीर्षस्थ तहमा निर्णायक वार्ताको वातावरण तैयार गर्ने छ र शीर्षस्थ तहको वार्तामा आफैले नेतृत्व गर्ने माओवादी अध्यक्ष प्रचण्डले बताइसक्नु भएको छ भनें सरकारी टोलीको नेतृत्व भने प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले गर्नु हुने सम्भावना छ ।

May 25, 2006

प्रकाश ओझा जेल मुक्त हुने

प्रकाश ओझा जेल मुक्त भए
अपडेट
2 June,

डेढ वर्ष पछि पुनरावेदन अदालत विराटनगरको आदेशमा गायक प्रकाश ओझालाई ४ हजार ५ सय ५० रुपैयाँ धरौटी र ५ हजार रुपैयाँ जरिवाना लिएर ३१ मईमा तारिखमा छोडेको छ । ओझाले आफूमाथि लगाइएका सबै आरोप झुठा रहेको दावी गर्दै आएका छन्। अब ओझाले आँफुमाथि लागेको आरोप मेट्नुको साथैं आफ्नो पुरानो स्थान प्राप्‍त गर्न तर्फ लाग्नेछन् भन्ने आशा छ ।

११ जेठ,

हाँस्य कलाकार प्रकाश ओझा यौन दुराचारको अभियोगमा झण्डै साढे १ बर्षदेखि विराटनगर स्थित मोरङ कारागारमा सजा काट्दै गरेको गायक तथा हाँस्य कलाकार प्रकाश ओझा चाँडै जेल मुक्त हुने भएका छन्। ओझालाई हिजो इनरुवाको जिल्ला अदालतले सफाई दिए पछि उनी जेल मुक्त हुने भएका छन् ।

अतिनैं चर्चित पप गीत ‘भत्काइ दिन्छु बाख्राको खोर’, ‘ए बाँउ भात खान आँउ..’, ‘ इटहरी बजारैंमा ‘ अनि ‘जाउं कि क्या हो म पनि जिमखाना’ जस्ता चर्चित गीतका गायक जिमखाना त खैं कुन्नि पैसाको लोभले मति बिग्रेर यौन दुराचारको अभियोगमा झण्डै साढे १ बर्ष अघि विराटनगर स्थित मोरङ जेलखानामा गएका थिए । टेलिश्रृङखला तीते करेलीका हाँस्य कलाकार प्रकाश ओझा माथि बालिकासहित ४ जनालाई यौन दुराचार गरेको अभियोग लगाइएको थियो। ओझालाई अश्लिल तस्वीर खिचेर जिउ मास्ने बेच्ने कार्यमा संलग्न भएको, वेश्यावृत्ति गराइएको र बालबालिका सम्बन्धि गरी ३ वटा मुद्दा लागेको थियो।

आशा गरौं ओझा बाट यस्तो कुकार्य आइन्दा नहोस् ।

May 24, 2006

टर्कीको विमास्थलमा आगलागी

Turkey/Istanbul/ 24th May,

टर्कीको इस्टाबुल स्थित ‘अटाटुर्क अनतर्राष्ट्रिय विमास्थल ‘मा आगलागी भएको खबर भर्खर थाहा हुन् आएको छ । विमास्थलको कार्गो बिभागमा लागेको सो आगलागी बाट तीन जना घाइते भएका छन् । आगलागी वैधुतिक प्रवाहको गडबडी (short-circuit) बाट लागेको अनुमान गरिएको छ । आगलागी बाट निस्केको कालो मुस्लो धुवाँ १०० फिट भन्दा माथि गएको छ र नियमित हुने राष्ट्रिय र अनतर्राष्ट्रिय उडान पनि बन्द भएको छ । आगो नियन्त्रण टोलीले आकाश र जमिन दुबैतिर बाट पानी फ्याँकि आगो नियन्त्रणमा लिएका छन् ।

टर्कीको विमास्थलमा आगलागी

आगो नियन्त्रणमा लिदैं एक जेट-दमकल
अन्य फोटो हेर्नको लागी भित्र आउनुहोस् । (more…)

May 23, 2006

World cup 2006

फुटबल प्रेमीहरुका लागी जर्मनीमा आउने जुन महिनाको ९ तारिख देखि शुरु हुन् गैंरहेको ‘विश्वकप फुटबल २००६’ खेल्ने जर्मनीका विभिन्न रंगशालाका फोटोहरु तल : विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

world cup 2006
बर्लिन स्थित यो स्टेडियममा फाइनल मैच हुनेछ ।

world cup 2006
फ्रैंकफर्ट स्थित यो स्टेडियम को क्षमता ४३,५०० जनाको छ । अन्य फोटो भित्र छ ल ! (more…)

यसरी त भएन नि!!

जेठ ९ गते,

विश्वमा इतिहासमा बेलायत पछि नेपालमा प्रथम पटक संसदको पुर्नस्थापना भएपछि देशमा दुई दशक देखि भै रहेको गृहयुद्घ समाप्‍तीको लागी सरकार पक्ष र माओवादी पक्ष दुबैतिर बाट युद्घ विराम भएपनि वार्ता अझैं हुन् सकेको छैन् । त्यसका लागी दुबै पक्ष दोषी देखिएका छन् । नेपाली जनताले सक्दो चाँडो देशमा शान्ति स्थापना भएको हेर्न चाहान्छन्, किनकी गएका दिनहरुमा भएको वार्ता भङ्ग पछिको देशको नाजुक अवस्थालाई सबैंले सम्झे-बुझेका छन् , दुबै पक्ष तिर बाट युद्घ विराम भएपनि माओवादी द्वारा सोमबार रौताहतमा भएको बम विष्फोटको घटनाले पुन: विचार गर्नुपर्ने अवस्था आएको छ । रौताहत ने.का.का सदस्य जोगन्द्र सहनीको घरमा भएको उक्त बम विष्फोटमा सहनीकी श्रीमति घाइते भएकी थिइन भनें दुबै छोरालाई अपहरण गरि भोलिपल्ट बिहानैं छाडेका थिए । एकातिर युद्घ विरामको घोषणा, वार्ताको तैयारी अवस्था अर्को तिर जथाभावी बम विस्फोट, इच्छा अनुसार चन्दा दिए लिने भन्ने अनि बे-लगाम चन्दा माग्दै हिड्ने , माओवादी तर्फले यस्तो गर्नु त भएन नि ! यस्ता घटनाहरु थपिदैं गएभनें र वार्तामा ढिलाई भएमा अबको नेपालको बारेमा साँचिक्कैं सोच्नुपर्ने हुन्छ । माओवादी तर्फ बाट भएको माग सरकारले पुरा गर्दै गएको र एक पछि अर्को माग बढ्दै गएको कुरा सबैलाई अवगात नैं छ , तर्सथ माओवादीले यदि साँचिक्कैं वार्ताको टेबलमा आउने हो भनें बिना शर्त प्रमुख नेताको नेतृत्वमा वार्तामा आउने र दुबै पक्ष इमानदार एंव लचिलो भई वार्ता सफल बनाउनको लागी जोड दिनुपर्छ भनें माओवादीको वार्ता टोली गठन भएको यत्तिका दिन भैं सक्दा पनि सरकार पक्ष कुर्सीको मोहमा पछि नलागेर, अगाडी नेपाली जनताको चाहाना ‘शान्ती’को लागी वार्तामा ढिलाई नगरी तुरन्त वार्ता टोली गठन गरी टेबलमा आउनुपर्ने देखिन्छ ।

May 19, 2006

ध्यान पुर्‍याउनुहोस् !

जेष्ठ/५गते,

गर्मीको बेला , नेपालका विभिन्न Swimming Pool हरु Pack हुन्छ पौडी खेल्नेहरुको भिड हुन्छ । हामी पौडी खेल्नको लागि उपत्यकाको विभिन्न ठाँउहरु जस्तै दशरथ रंगशाला, बालाजु, त्रिपुरेश्वरको कसमस, जावलाखेल र इशानी क्लब आदि ठाँउहरुमा जान् सकिन्छ । तर हामीले पौडी खेल्दा विभिन्न कुराहरुको ध्यान पुर्‍याउनु पर्ने हुन्छ । ध्यान पुर्‍याउनु पर्ने धेरै तरिकाहरु त त्यती थाहाँ छैन तर एउटा तरिका चाँहि तल भिडियोमा हेर्नुहोला धन्यबाद ! :


सहयोगी साथी नारायण श्रेष्ठ बाट….

May 18, 2006

घोषणा-पत्र २०६३ सर्वसम्मतिले पारित

Filed under: समाचार

२०६३/जेठ ४ गते विहिबार ,
2006/May 19th Thursday,

नेपालको राजनितिक इतिहासमा आजको दिन २०६३/जेठ ४ गते विहिबार थपिएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रस्तुत गर्नुभएको घोषणापत्र २०६३, स्वास्थ्य खराब रहेकोले सभामुख सुभाष नेम्वाङले पढेर सुनाए पछि घोषणापत्र २०६३ सर्वसम्मतिले पारित भएको छ । नेपाल अब हिन्दु राष्ट्र मात्र नभई धर्म निरपेक्ष राष्ट्र भएको छ । साथै नेपालको हरेक क्षेत्रमा श्री ५ को सरकार भन्ने शब्द हटाई नेपाल सरकार राख्‍ने निर्णय गर्नुको साथै शाही नेपाली सेना नेपाली सेना भएको छ र उक्त सेना संसदको मातहत रहनेछ । राजपरिषद् खारेज हुनको साथै राजगद्दीको उत्तराधिकारी , राजाको तलब तथा अन्य राजकिय सुविधाहरु पनि संसदको निर्णयमा हुनेछ । राजाको निजी सर-सम्पत्तीमा र आय माथि पनि कर लाग्नेछ र नेपालको राष्ट्रिय गान पनि परिवर्तन हुनेछ । यसरी राजा ज्ञानेन्द्र नेपाली इतिहासमै सबैभन्दा कमजोर राजा साबित भएका छन्। सभामा प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला , सभामुख सुभाष नेम्वाङले , माधव कुमार नेपाल ,सुशिल कोइराला, शेर बहादुर देउबा, सुर्य बहादुर थापा,पशुपति शमशेर,यज्ञजित शाह, चित्र बहादुर केसी, नारायणमान बिजुक्छे , हृदयेश त्रिपाठी अनि परि थापाले पनि बोलेका थिए । शेर बहादुर देउबाले अगाडीनैं ‘जुन् दिन राजा हट्नेछ त्यो दिन म सबैभन्दा खुशी हुने छुँ’ भनेकोमा आज शेर बहादुर देउबाको सबैभन्दा बढि खुशीको दिन होला भन्न नकार्न सकिन्न । (more…)

May 17, 2006

नहाँस्नु ल !

Filed under: Jokes

सपना
(दुई साथीहरु राम अनि श्याम…एक आपसम सधै जिस्किरहन्थें …एका बिहानै)

राम; थाहा छ मैले आज एक सपना देखे..
श्याम : के सपना ? कस्तो सपना ?? भन् न ।
राम: सपनामा तँ र म हिड्दै थियौं कि हामी दुबै चिप्लेर लड्यौ तर तँ चाहिँ गोबरको पोखरीमा र म चाँहि दुधको पोखरीमा खस्यौं।
श्याम: थाहा छ मैले पनि सपना देखे ।
राम: के ? कस्तो सपनामा??
श्याम: मैले पनि ठ्याक्कै त्यैं तेरो सपना देखे तर मेरो सपना अलि लामो थियो । के भने नि तँ र म पोखरीमा खसे पछि बाहिर निस्केर मैंले तलाई चाट्न थाले भने तँ चाहिँ मलाई चाट्न थालिस् ।

क्याम्पसका दिनहरु

(क्याम्पसमा एक अर्कालाई जिस्काउने, खसाल्ने अनि छड्के कुरा गर्नु साधारण कुरा हुन् । यहाँ त्यस्तै एउटा कुरा म चुट्किलामा पेश गर्न लागेको छु :)

तीन चार जना केटी विधार्थीहरु बसी रहकी थिइन् । उता बाट तीन चार जना केटा विधार्थीहरु आउँदै थिए कि अचानक एउटा केटा त्यही भएको एउटा कुकुरको अगाडी लड्छ । केटीहरु हाँस्छन् र एउटीले भन्छिन् : बल्ल आफ्नो दाईलाई ढोग्यो ।
त्यो केटा मुस्काउदै केटीहरु को अगाडी आएर भन्छ : भाउजुलाई पनि ढोगौ कि ??

सगरमाथा एक कीर्तिमान अनेक

17th May,

कृत्रिम खुट्टाको भरमा सगरमाथामा विजय Mark नेपालको सर्वोच्च शिखर सगरमाथामा एडमंड हिलेरी अनि तेन्जीङग् शेर्पाले सन् १९५३को २९ मईमा प्रथम पटक विजय प्राप्‍ती पछि सगरमाथामा नयाँ-नयाँ कीर्तिमानहरु कायाम गर्ने होडबाजीको एक लहर नै चलेको छ । सबैभन्दा कम समयमा सगरमाथा शिखरमा पुग्ने कीर्तिमान,सबैभन्दा धेरै चोटी सगरमाथामा विजयको कीर्तिमान, कम धेरै उमेरमा सगरमाथामा विजयको कीर्तिमान, सगरमाथा शिखरमा विवाहको कीर्तिमान, हात नभएको मान्छे पनि सगरमाथामा विजयको चाहाना त्यस्तैं-त्यस्तैं, अनेकौ कीर्तिमानहरु छ सगरमाथा विजयको ।

त्यस्तै एक नयाँ कीर्तिमान अझ थपिएको छ । कृत्रिम खुट्टाको सहायतामा सगरमाथामा विजय । हो , न्यूजीलैंडको मार्क इंगलिस आफ्नो कृत्रिम खुट्टाको भरमा सगरमाथामा विजय प्राप्‍त गरेको समाचारमा आएको छ । ४७ वर्षिय मार्क इंगलिस आफ्नो दुबै खुट्टा (घुडा देखि तल ) १९८२ मा आफ्नै देश न्यूजीलैंडको सबैभन्दा अग्लो शिखर माउंट कुकमा चढ्ने बेलामा गुमाएका थिए । मार्क कृत्रिम खुट्टाको भरमा सगरमाथामा चढ्ने प्रथम व्यक्ति घोषित भएका छन् । आफ्नो सम्पुर्ण जिवन पहाड चढ्नमा नै बिताएका मार्क सगरमाथामा चढ्नु एक विषेश उपलब्धि एंव लक्ष्य प्राप्‍त भएकोमा सन्तोष व्यक्त गर्दछन् । यस्तो कार्यले नाम कमाउनु भन्दा पनि अरु अपांगहरुलाई हौसला बढ्ने कुरा मार्क बताउछन् ।

मार्क इंगलिसको उक्त सफलतालाई प्रधानमन्त्री हेलेन क्लार्कले शुभकामना व्यक्त गर्नु भएको थियो ।

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users