Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

May 14, 2006

इन्डोनेशियामा ज्वालामुखी विस्फोट

Filed under: समाचार

इन्डोनेशिया/३१ वैशाख,

इन्डोनेशियाको राजधानी जकार्ता देखि २५० माइल पुर्वको जावा भन्ने ठाँउमा मेरापी नामक पहाडमा ज्वालामुखी विस्फोट भएको खबर छ। शनिवार भएको सो ज्वालामुखी पुर्ण रुपमा विस्फोट हुने आशंमा सरकारले त्याँहा भएको ५००० भन्दा बढि आवादी भएको बस्ती तुरन्त खाली गर्ने आदेशमा धेरैले ठाँउ छोडे पनि अनेकौले सो ठाँउ छोड्न मानेका छैनन् । सुरक्षा अधिकारीहरुको आदेशको बेवास्ता गरि वापस फर्कनेहरुले आफ्नो गाई वस्तु र खेती बालीको हेरचाह गर्ने कोहि नभएको कुरा बताउदै यसपाली त ज्वालामुखी नफट्ने दाबी गर्नुको साथै आँफु सधै चनाखो भएको र मोटरसाइकल तैयार अवस्थामा राखेको कुरा बताउछन् ।

सो पहाडको वरपर रहेको ११ गाँउहरुमा ज्वालामुखी बाट निस्केको धुवाँले दिउँसो पनि अन्धकार फैलेको छ र ज्वालामुखीको मुख बाट लगातार आगोको लपेटा , सानो सानो ढुंगाहरु र लावा निस्कनुको साथै सानो-तिनो धमाकाहरु भै रहेको अधिकारीहरुको भनाई छ र गएको शनिवार सो ज्वालामुखी बाट २७ चोटी धमाका भएको वैज्ञानिकहरुले भनेका छन् तर पनि वैज्ञानिकहरुले सो ज्वालामुखीको विस्फोटले कति असर पार्छ भन्ने कुराको पुष्टी गर्न सकेको छैनन् । सो ज्वालामुखी इन्डोनेशियाको लगभग १०० ओटा सक्रिय ज्वालामुखी मध्ये एक हो र गएको सन् १९९४ मा पनि सो ज्वालामुखी विस्फोट भएको थियो र त्यस बाट ६६ जनाको मृत्यु भएको थियो ।

विविसीको भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोस् Volcano of Indonesia
र अन्य फोटो हेर्नलाई भित्र आउनुहोस् :- (more…)

May 13, 2006

Beauty Tips

Filed under: अन्‍य

1> For attractive lips, speak words of kindness.
2> For lovely eyes, seek out the good in people.
3> For a slim figure, share your food with the hungry.
4 > For beautiful hair, let a child run his or her fingers through it once a day.
5> For poise, walk with the knowledge that you never walk alone.
6> People, even more than things, have to be restored, renewed, revived, reclaimed and redeemed; never throw out anyone.
&> Remember, if you ever need a helping hand, you’ll find one at the end of each of your arms. (more…)

May 12, 2006

पाँच भूतपूर्व मन्त्री गिरफ्तार

काठमाण्डौं/12th May,

जनआन्दोलनलाई आफ्नो अधिकारको दुरूपयोग गरि दबाउने अधिकारीहरूको भूमिकाका बारे छानविन शुरू भएको तेस्रो दिन,शुक्रवार पांचजना भूतपूर्व मन्त्रीहरूमा गृहमन्त्री कमल थापा, परराष्ट्र मन्त्री रमेश नाथ पाण्डे, स्थानीय विकास मन्त्री टंक ढकाल, सूचना तथा संचार राज्यमन्त्री श्रीश सम्सेर राणा र स्वास्थ्य सहायक मन्त्री नीक्ष सम्शेर राणालाई गिरफ्तार गरिएको छ। पक्राउ परेका यि मन्त्रीहरूले राजतन्त्र विरोधी जनआन्दोलन दमन गर्न ठूलो भूमिका खेलेका भनी कुरा उठेको थियो।

जनआन्दोलनका क्रममा सुरक्षाकर्मीहरूको लाठी,अश्रुग्यास र गोली प्रहारबाट बीस जना प्रदर्शनकारीहरू सहिद भएका थिए, अरू सयौं घाइते र हजारौं गिरफ्तार भएका थिए र आन्दोलन दबाउन ज्यादती गरेको बारे छानविन गर्न गठन गरिएको उच्च स्तरीय आयोगले सेना, प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई निलम्बन गर्न सरकार समक्ष सिफारिस गरको मध्ये सेना बाहेक अन्य तीन सुरक्षा निकायलाई निलम्बन गरिएको भनिए पनि यो बारे आधिकारीक भनाई सार्वजनिक भएको छैन। दुइ महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी सर्वोच्च अदालतका भूतपूर्व न्यायाधिश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठन गरिएको जांचबुझ आयोगमा पांचजना सदस्य छन् भने गिरिफ्तार गरिएका मन्त्रीहरूलाई सशस्त्र प्रहरी गण महाराजगञ्जमा राखिएको जनाईएको छ।

May 11, 2006

नयाँ राष्ट्रिय झण्डामा सगरमाथा…

11th May,

विश्वका सबै देशका झण्डाहरुले आ-आफ्नो देशको इज्जत, अस्थित्व, प्रकृति आदिहरु दर्शाएको हुन्छ । देशको राष्ट्रिय झण्डाले जुनसुकै बेला सिंगो देशको प्रतिनिधित्व गरिरहेको हुन्छ । झण्डा सबैको भित्रि मनले नै स्वीकार गर्ने प्रकारको हुनु पर्छ । जनताले जब झण्डा देख्छन्, छुन्छन्, बोक्छन् त्यसबेला उनीहरुमा आत्मा गौरव हुनु पर्दछ । विश्वको झण्डाको बनावट र अर्थ हेर्दा मुख्य रुपमा उनीहरुको ऐतिहासिक, भौगोलिक, धार्मिक र राष्ट्रिय एकता दर्शाएको पाईन्छ । इस्लाम धर्म मान्ने कट्टर देशहरु साउदी अरब, इराक, अफगानिस्तानको झण्डामा झण्डै शतप्रतिशत एकै धर्म सम्मत झण्डा रहेका पाइन्छ । विश्वमा अस्थित्वमा रहेका झण्डै २ सय मुलुक मध्ये लगभग ८५ प्रतिशत देशका झण्डाहरु भौगोलिक र ऐतिहासिक अर्थका छन् तर्सथ भौगोलिक र ऐतिहासिक अर्थ बोक्ने झण्डाहरु विश्वमा लोकप्रिय छन् ।

हाम्रो देशको झण्डा पनि राम्रै छ। हामी हाम्रो देशको झण्डालाई अत्यन्तै माया र श्रद्धा गछौ। हामी नेपाली हौ भनेर झण्डा बोकेर गौरव गछौ। हामीले राष्ट्रप्रति, झण्डाप्रति दायित्व पुरा गदै आएका छौ । अन्तराष्ट्रिय भाषामा लेखिएका विभिन्न पुस्तकहरुमा हाम्रो देशको झण्डाको ब्याख्या यस प्रकार गरिएको छ :- (more…)

May 9, 2006

कोरियाका लागि कामदारको माग तर..

Filed under: समाचार

काठमाडौं/9th May,

कोरिया साना तथा मझौला उद्योग संघबाट प्राविधिक प्रशिक्षार्थीका लागि ६ सय ५० पुरुष र ४५ महिलाका लागि मुनड्रप्स ओभरसिजमा कोटा आएको सूचना छ । वैशाख १६ मा छापिएको सूचनामा १७ गते बिहान १० देखि बेलुकी ५ सम्ममा प्रारम्भिक छनोटका लागि अन्तर्वार्ता हुने उल्लेख थियो तर सो कोटाको सुचना भनें मुनड्रप्सले राष्ट्रिय दैनिकको पगडी पाएको हिमालय टाइम्समा छपाएर सबै प्रति आफैंले खरिद गरेर सबै पत्रिका नष्ट गरि गोप्य रुपमा कोरिया पठाउने तयारी गरेको कुरा पनि खुल्न आएको छ । उक्त पत्रिका यस दिन नियमित ग्राहकले पनि पाएका थिएनन्। अभिलेखका लागि नियमित पुग्ने सूचना विभागमा समेत १६ गतेको उक्त पत्रिका उपलब्ध छैन । उक्त दिन सो पत्रिकामा अन्य विभिन्न ओभरसिजहरुको पनि मलेशिया,कटार,मकाउ, यु ए ई र सउदी अरेबियाको माग गर्दै विज्ञापन छापिएका थिए । (more…)

May 8, 2006

युद्धविराम पछि देशमा परिवर्तन

Filed under: अन्‍य

8th May,

नयाँ वर्ष २०६३ सालको आगमनको साथैं नेपालको राजनीतिक गतिविधीहरुले कोल्टे फेर्दै छ। शान्तीको देश नेपाल फेरी शान्तीको बाटो तर्फ लमकदै गैं रहेको नेपाली जनताहरुले अनुभव गर्न थालेका छन् । चारै तिर बाट शान्तिको आभास भै रहेको छ । नेपाली जनताको ठुलो जन-आन्दोलनले ल्याएको यो अवस्थालाई अब सात दल अनि जनता मिलेर देशलाई अगाडी बढाउनु पर्छ । माओवादीको अगाडी बढेको थामिसकेको हात गएका दिनहरु जस्तै छोड्नु हुदैन । आशा गरौं अनेकौ पल्ट प्रधानमन्त्रीको पदमा बस्नु भएका ८५ वर्षिय गिरिजा प्रसाद कोइरालाको पदावधिमा यस पल्ट देशले नयाँ पथमा अगाडी बढ्ने छ ।

दुबै पक्ष बाट भएको युद्ध विराम बाट नै नेपाली जनताहरुले राहत महसुस गरिरहेका छन् । माओवादी विद्रोहका कारण भैरहेको द्वन्दको चपेटामा परी बन्दप्राय भएका रात्रीबसहरू झण्डै ४ वर्षपछि चल्न थाले पछि अहिले हजारौं यात्री लाभान्वित भएका छन्। युद्धविराम अघिसम्म बसहरू निर्धारित समयमै गन्तब्यमा पुग्छन् भनेर ढुक्क हुन नसक्ने अवस्था थियो भने आधा रातमा बीच बाटाको बास पनि यात्रुहरूका लागि निकै कष्टप्रद थियो। सरकार माओवादी युद्धविराम शुरु भए देखि नेपालका ग्रामीण क्षेत्रहरू स्थित माओवादी नियन्त्रणका कतिपय गाउँहरूमा विद्रोहीहरूको गतिविधी कम हुँदै गैरहेको छ। माओवादीहरूले निर्माण गरेका भनिएका आधार इलाकाहरूमा समेत माओवादी छापामारहरूको उपस्थिति देखिएको थिएन। विगतमा विद्रोहीहरूले आश्रय र खानेकुरा मागेर सताउने गरेकोमा युद्धविरामपछि उनिहरू देखा नै नपरेको बताउँदै गाउँलेहरूले प्रसन्नता व्यक्त गरेका छन्।माओवादी अध्यक्ष प्रचण्डको Latest फोटो

नयाँ राजनीतिक घटनाक्रम पछि पहिले भूमिगत रहेका विद्रोही नेता माओवादी अध्यक्ष प्रचण्ड साथै अन्य कार्यकर्ताहरू पनि सार्वजनिक कार्यक्रमहरूमा देखा पर्न थालेका छन्।

राजदूतहरु फिर्ता बोलाउने

8th May,

नेपालमा मन्त्री परिषदको आइतवारको बैठकले १२ देश भारत, चीन,अमेरिका र ब्रिटेन लगायत जापान, फ्रान्स, रुस, कतार, म्यानमार, साउदी अरब, पाकिस्तन र थाइलैण्डमा रहेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

त्यस्तैं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको नयां सरकारले २०५९ असोज १८ गते पछि भएका सबै राजनितीक नियुक्तिहरु, गएको माघ महिनामा सम्पन्न नगर निर्वाचन समेत खारेज गर्ने निर्णय पनि गरि सकेको छ र हालैको जन आन्दोलन दमन गर्नमा सकृयहरुलाई कारवाही गरीनु पर्छ भनि दवाब बढिरहेका बेला सर्वोच्च अदालतका पूर्व न्यायाधिश कृष्णजङ्ग रायमाझीको अध्यक्षतामा एउटा उच्च स्तरीय छानविन आयोग गठन गरेको थियो। सरकारले माओवादीहरूलाई वार्तामा आउन औपचारिक आह्वान गरेको छ, जसलाई माओवादीहरुले स्विकार गरेका छन्।

May 6, 2006

जन-आन्दोलनका फोटोहरु

Filed under: Photos

6th May,
२०४६ सालको जन-आन्दोलनको बारेमा त खासैं थाहाँ छैन मलाई, त्यसबेला म सायद सानैं थिए र इण्डियाको कुनैं विधालयमा अध्यनरत थिए , तर जे-जति कुरा सुनेको थिए लाग्थ्यो त्यस बेला पनि आन्दोलन निकै चर्केको थियो रे , तर कस्तो अभाग्य यस पल्ट पनि म आफ्नो देशमा छैन, तर पनि इनर्टरनेट मिडिया मार्फत सुने देखें र प्रत्यक्ष अनुभव गरें । निंरकुश शासकहरुको हिंसक दमन र नेपाली जनताको स्वंतन्त्रता प्राप्‍तिको जोश , निंरकुश शासकहरुलाई जडैं देखि उखलेर फाल्नें जोश । ति दमन अनि जोशहरुलाई म यस ब्लग मार्फत फोटोको रुपमा ढिलैं भएपनि राख्‍न गैं रहेको छु । जुन् फोटोहरु भविष्यको लागि सुरक्षित हुनेछ । यहाँ राख्‍न लागेका यि फोटोहरु मैलें Yahoo, chitwan.com, merosansar, hknepal अनि अन्य साइट एंव ब्लग बाट कपी पेस्ट गरेको हुँ , ति विभिन्न साइट बाट निकालेको हुँदा म ति साइट प्रति आभार प्रकट गर्नका साथै क्षमा चाहान्छु । फोटोहरु हेर्नलाई भित्र आउनुहोस्:- (more…)

May 2, 2006

जॉर्ज बुशको डबल फेस

2nd May,

हामीहरु फिल्ममा एउटै अनुहार भएको नायक, नयिकाहरु देख्न सकिन्छ । तर यहाँ साँचै नै डबल फेस (दुई जनाको एउटै अनुहार) भएको थाहा भएको छ , त्यो पनि अमेरिकी राष्ट्रपती जॉर्ज बुशको । स्टीव ब्रिजेस नाम गरेको एक व्यक्तिको अनुहार राष्ट्रपती जॉर्ज बुशको अनुहार सँग एकदमै मिलेको छ , देख्नेहरु भन्छन् । मंञ्चमा एकातिर स्टीव थिए भने अर्को तिर जॉर्ज बुश थिए । स्टीव लाई व्हाइट हाउसमा प्रत्येक वर्ष हुने वार्षिक सम्मेलनमा जॉर्ज बुशले नै आमन्त्रण गरेका थिए ।

फोटोमा स्टीव ब्रिजेस……र…… जॉर्ज बुश

डबल रोलको भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोस्

नेपाल… (छोटकरीमा)

Filed under: इतिहास

2nd May,

१७६८- गोर्खाका शासक र आधुनिक नेपालका निर्माता पृथ्वी नारायण शाहले काठमाण्डौलाई जितेर एकिकृत नेपालको स्थापना ।
१७९२- तिब्बतमा चीन सँग पराजय पछि नेपाल विस्तारमा रोक ।
१८१४-१६- ब्रिटिसहरु सँग युद्ध र सो को समाप्ती पछि संन्धिमा वर्तमान नेपालको सिमा क्षेत्र निर्धारण ।
१८४६- नेपालमा राणा शासनकालको शुरुवात ।
१९५१- राणा शासनकालको समाप्ती र नेपाली कांग्रेस पार्टी द्वारा सरकार गठन ।
१९५३-२९ मई- न्युजीलैडका एडमंड हिलेरी र नेपालका तेन्जिंग शेर्पा द्वारा सगरमाथामा पहिलो पाइला ।
१९५५- नेपाल संयुक्त राष्ट्रसंघको सदस्य ।
१९५९ - नेपालमा बहुदलिय संविधान अपनाइयो ।
१९६०- नेपाली कांग्रेस पार्टीका बी.पी. कोइरालाको चुनावमा जीत तर श्री ५ महेन्द्रले सत्ता नियन्त्रणमा लिएर पार्टी आधारित राजनीति, संसद और संविधानलाई स्थगित ।
१९६२- श्री ५ महेन्द्रको सत्तामा नियन्त्रण र गैर दलिय पंचायतको गठन ।
१९६३- राष्ट्रिय पंचायतको पहिलो चुनाव ।
१९७२- श्री ५ महेन्द्रको निधन पछि श्री ५ बिरेन्द्रको राज्याभिषेक ।
१९८०- बहुदलिय व्यवस्थाको लागि आन्दोलन , कम बहुमतले गर्दा पंचायत व्यवस्था जारी ।
१९८५- नेपाली कांग्रेस पार्टी द्वारा फेरी बहुदलिय व्यवस्थाको लागि आन्दोलन र नयाँ चुनाव बहिष्कार ।
१९९०- प्रजातंत्रको समर्थनमा नेपाली कांग्रेस पार्टी र वामपंथी दलहरुले आन्दोलनको शुरुआत, धेरैं प्रदर्शनकारीहरु पक्राउ र मृत्यु ,अन्तमा जनताको जीत र प्रजातांत्रिक संविधानको स्थापना ।बाँकी भित्र :- (more…)

April 30, 2006

अध्यक्ष प्रचण्ड दुई दशक पछि यसै साता सार्वजनिक हुनें

Filed under: समाचार

काठमाण्डौ/ ३० अप्रिल,

२०६३ साल ….. अर्ताथ नेपाल र नेपालीहरुको नयाँ वर्षको शुरुवात ….. नेपाल होस् या फेरि विश्वको जुनसुकै देश ….नयाँ वर्षको शुखद उपलक्ष्यमा देशको शान्तिको कामना गर्नु कुनै नौलो कुरा होइन । फेरी हामी त अशान्तिको चपेटामा परेका बेला यस्तो कामना गर्नु सामन्य हो । देशको परिवर्तित राजनीतिक स्थितिमा आउनु त्यही कामनाको फल हो । नयाँ वर्ष लाग्नु अघिनै केहि ज्योतिषहरुले गरेको भविष्यवाणी अनुसार यो वर्ष देशमा शान्ति र मेलमिलापको स्थिति सृजना हुन्छ भन्ने भनाईलाई अहिलेको वर्तमान स्थितिमा नकार्न सकिन्न । भैं रहेको गृहयुद्धमा शान्ति र माओवादीको एकतर्फि युद्ध विराम गरि खुलाआमसभाको आयोजनाले यी कुराहरुरको पुष्टी हुन्छ । अबको यस्तो स्थितिमा थप पहलहरु हुदै छ - कम्युनिस्ट आन्दोलनलाई जीवनमा ढालेका माओवादीका अध्यक्ष प्रचण्ड दुई दशक लामो भूमिगत जीवन तोड्दै पहिलोपटक यसै साता सार्वजनिक हुने कुरा माओवादी श्रोत बाट थाहा हुन् आएको छ । जनआन्दोलन बाट संसद् पुनर्स्थापना भएपछि बाह्रबुँदे समझदारीमा आधारित संविधानसभा चुनाव गर्ने मार्गचित्रमा माओवादी प्रतिबद्ध रहेको प्रस्ट पार्न अध्यक्ष प्रचण्ड अस्ति खुलामञ्चमा भएको माओवादीको आमसभामा नै डा. बाबुराम भट्टराई सँग सार्वजनिक हुने कुरा थियो तर अचानक अस्वस्थ भएकाले यसै साताभित्र गर्नेगरी कार्यक्रम बदलिएको हो । आमजनताका लागि भनें प्रचण्डको स्वरूप चाँहि अहिले सम्मका लागि तस्वीर मैं सीमित छ ।

नेपाली जनताको कठोर जनआन्दोलन पछि आएको यो स्थितिलाई सबैंपक्ष बाट सकरात्मक भुमिका निर्वाह गरेमा मात्र यो देशले अरु सँग शिर ठाडो पार्न सक्ला । आजलाई यहि कामना गरौं ।

April 27, 2006

माओवादीको तीन महिने युद्धविराम र खुलामञ्चमा आमसभाको घोषणा

काठमाडौ/२७ अप्रिल,

बुधबार मध्यरातमा एकतर्फी रुपमा तीन महिने युद्धविरामको घोषणा गरे लगत्तै भोली पुनर्स्थापित संसदको पहिलो बैठक बस्ने दिन पारेर नेकपा माओवादीले काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ। माओवादी स्रोतका अनुसार आमसभालाई भूमिगत दलका भातृ संगठनका नेताहरुले सम्बोधन गर्नुहुनेछ। दलका नेताहरुलाई निशर्त संविधानसभाको निर्वाचनका लागि दबाब दिने उद्देश्यले माओवादीले सो खुला कार्यक्रम गर्न लागेको बुझिएको छ। तर प्रचण्डले पुनर्स्थापीत संसदको शुक्रवार बस्ने पहिलो बैठकले नै सम्बिधान सभाको घोषणा नगरे नाकाबन्दी फेरी लगाइने चेतावनी दिनुभएको छ र उहांले प्रदर्शन, सभा र जनकार्वाही लगायतका विरोध कार्यक्रमहरू यथावत रहने बताउनुभयो।

अस्ति २५ अप्रिलका दिन डा.बाबुराम भट्टराई सँगको अन्तवार्ता सुन्नलाई यहाँ क्लिक गर्नुहोस् (more…)

April 25, 2006

कोइरालालाई प्रधानमन्त्री बनाउने निर्णय

Filed under: समाचार

काठमाडौ/२५ अप्रिल,

राजा बाट हिजो राती भएको प्रतिनिधी सभाको पुर्नस्थापनाको घोषणा पछि नेपाली जनताहरु हिजैं राती सडकमा ‘ यो जीत कसको जनताको ‘ भन्दै खुशीले उफ्रेका थिए। आज राजधानीका विभिन्न स्थानमा शाही घोषणाको समर्थनमा व्यापक प्रदर्शन भइरहेका छ । तर पनि प्रदर्शनका क्रममा राजाविरुद्ध आपत्तिजनक नारा लगाउने कार्य भने रोकिएको छैंन ।

सातदलको आज बिहान ७ बजेदेखि बसेको बैठकमा एमाले महासचिव माधवकुमार नेपाल र नेका प्रजातान्त्रिक सभापति शेरबहादुर देउवाको प्रस्तावमा र ५ दलले समर्थनमा नेका सभापति गिरिजा प्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउंने सहमती कायम भएको छ। भने माओवादीलाई तत्काल युद्ध विराम गरी सात राजनीतिक दलसँग भएको १२ बुंदे समझदारीलाई कार्यान्वयन गर्न इमान्दार र गम्भीर भएर प्रस्तुत हुन पनि आह्वान गरेको छ । यसैगरी राजनीतिक दलहरुले मुलुकमा स्थायी शान्ति र सुनिश्चित लोकतन्त्रको दिशामा दृढताका साथ अगाडि बढ्न आग्रह गरेको छ ।

उता प्रतिनिधिसभा पर्नुस्थापना गर्ने सम्बन्धीराजाको घोषणालाई सात राजनीतिक दलले स्वागत गरेपनि विगत दश वर्षे देखि सशस्त्र संघर्ष गरिरहेको नेकपा माओवादीले अस्वीकार गरेको छ। घोषणालाई जनआन्दोलन बीचैमा टुङ्ग्याउने षडयन्त्रका रुपमा टिप्पणी गर्दै सो घोषणामार्फत निरंकुश सत्ता बचाउने चाल-खेल हो भनी माओवादीले टिप्पणी गरेको छ ।

April 24, 2006

प्रतिनिधिसभाको पुर्नस्थापनाको घोषणा

काठमाडौ/२४ अप्रिल,

व्यापक र गहन बन्दै गएको सात राजनीतिक दलहरुको राजा विरोधी आन्दोलनले बढ्दो रुपमा गणतन्त्रात्मक आन्दोलनको रुप लिइरहँदा सोमवार राति ११.३० बजे सरकारी संचार माध्यमहरुद्वारा प्रसारीत सन्देशमा संसद पुर्नस्थापना सात आन्दोलनरत दलहरुको मूख्य माग अनुसार राजा ज्ञानेन्द्रबाट विघटित संसद पुर्नस्थापनाको घोषणा भएको छ । पुनर्स्थापित प्रतिनिधि सभाको बैठक शुक्रवार दिनको एक बजे संसद भवन सिंहदरबारमा बस्न राजाबाट आह्वान भएको छ ।

राजाबाट भएको घोषणा सुन्नलाई यहाँ क्लिक गर्नुहोस्। र पढ्नलाई भित्र आउनुहुस् :- (more…)

प्रतिनिधिसभाको पुर्नस्थापना गर्न सक्ने

काठमाडौ/२४ अप्रिल,

आज जनआन्दोलको १९ औं दिन । देशको स्थिती आज भन्दा भोली झन् बिग्रदै गैंरहेको छ । राजाको दमनले तिव्र रुपलिई रहेको छ । राजाको दमनलाई ‘आगोमा घिउ’ झैं लिएर सात दल सँग हातेमालो गरेर नेपाली जनता आँधी-तुफान झैं राजालाई जडैं देखि उखाली फ्याँक्ने प्रण लिएका छन् । दिन-दिनैं नेपाली आमाका छोरा-छोरीहरु मरिरहेका छन् । देश र राजधानीको कुना कुनामा राजाको दमन भै रहेको छ । आन्दोलनको १८औ दिन भित्रमा १ सय ३० घण्टा कर्फ्यु लागाई सकेको छ । लाठी चार्ज , अश्रु ग्याँस , गोली , दुङ्गा-मुडा त कति हो कति ! कर्फ्युका समयमा प्रेस, विरामी बोक्ने एम्बुलेन्स, मानव अधिकारकर्मीलाई समेत कर्फ्यु पास नदिएर सर्वसाधारणलाई निकै अप्ठ्यारोमा पारेको छ। कयौं लाशहरु बेपत्ता छ गनेर साध्य छैन । गरिब एंव बेरोजगार राष्ट्र नेपाल यस्तो अवस्थामा दैनिक महंगाई खप्नु परेको छ । (more…)

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users